माओवादीको भागमा दुई मध्ये एक उपमहानगर

काठमाडौं । सत्तारुढ गठबन्धनबीच ११ उपमहानगरपालिका बाँडफाँट हुँदा नेकपा माओवादी केन्द्रको भागमा २ परेको थियो । माओवादीको भागमा परेको दुवै उपमहानगरको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका र दाङको घोराही उपमहानगरपालिका माओवादीको भागमा परेको थियो । माओवादीको भागमा परेको दुई मध्ये एक जित्यो भने एक गुमायो । जितपुर सिमरामा गठबन्धनको तर्फबाट […]
कैलाली घोडाघोडी नगरपालिकामा एकीकृत समाजवादी निर्वाचित

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका खडकबहादुर रावत र उपमेयरमा नेपाली कांग्रेसकी गुलियादेवी चौधरी निर्वाचित भएका छन् । रावतले १३ हजार १२८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ममताप्रसाद चौधरीले ८ हजार २४१ मत ल्याए । उपमेयरमा निर्वाचित चौधरीले १२ हजार २७० मत पाउँदा उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी […]
काठमाडौं महानगरपालिकामा स्थापित दोब्बर मतले पछाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बर मतको अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले २१ हजार ३ सय २४ मत प्राप्त गरेका छन्। एमालेका केशव स्थापित १० हजार बढी मतले पछाडि परेका छन् । उनले ११ हजार २ सय १६ मत प्राप्त गरेका छन्। कांग्रेसकी सिर्जना सिंहको १० हजार ३ सय […]
जुम्लामा एमाले क्लीन स्वीप

काठमाडौं । जुम्लामा नेकपा एमाले क्लीन स्वीप भएको छ । विहीबार बिहान सकिएको मतगणना अनुसार एमालेले यहाँका कुनै पनि पालिकाको प्रमुख र उपप्रमुख जित्न सकेन । त्यति मात्रै होइन कुनै पनि पालिकामा एमाले उम्मेदवार निकटतम प्रतिद्वन्द्वीसमेत हुन सकेनन् । ८ पालिकामध्ये नेपाली कांग्रेसले ५ र नेकपा माओवादी केन्द्रले २ पालिकाको प्रमुख जितेका छन् । एउटामा […]
काठमाडौंमा बालेनको नौ हजार ५६३ मतान्तर अग्रता

काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् । केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले नौ हजार ५६३ मतान्तरका साथ आफ्नो अग्रता कायम राखेका छन् । उनले २० हजार २०१ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का केशव स्थापितले १० हजार ६३८ तथा […]
कैलाली टिकापुरको मेयरमा नागरिक उन्मुक्ति पार्टी निर्वाचित

काठमाडौं । कैलालीको टिकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डगौरा थारु निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी कांग्रेसका नवराज रावललाई तीन हजार मत अन्तरले पराजित गरेका हुन् । डगौराले ९ हजार ६ सय ४२ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार रावलले ६ हजार ६ सय ४२ मत पाएका थिए । […]
हलेसि नगरमा काँग्रेसकाे विजयी , प्रमुखमा राई उपप्रमुखमा राउत

खाेटाङ।खाेटाङकाे हलेसी तुवाचुङ नगरपालिकामा चारदलीय गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेस विजयी भएको छ। प्रमुखमा बिमला राई र उपप्रमुखमा रमेश राउत निर्वाचित भएका हुन्। बिमलाले ६ हजार ३१७ मत पाउँदा एमालेका खडेन्द्र राईले ५ हजार ९६६ मत ल्याए। राई नगरप्रमुखमा दोश्रो पटक पराजित भएका हुन्। बिमला यसअघि उपमेयरमा निर्वाचित भएकी थिइन्। खडेन्द्र यसअघि पनि कांग्रेसकै उम्मेदवार […]
धरानमा कांग्रेसलाई रोक्दै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता

काठमाडौैं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आउने क्रममा जारी छ । यो पटकको स्थानीय तह निर्वाचन स्वतन्त्र उम्मेदवारका कारण जनताले बढी चासोका साथ हेरेको पाइएको छ । काठमाडौंमा ठूला दलका हेबिवेट उम्मेदवारलाई हायलकायल पारिरहेको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको लौरोले धरान उपमहानगरपालिकामा समेत रुखलाई हान्न थालेको छ । कांग्रेसका मेयर उम्मेदवार […]
चितवनको भरतपुरमा झन्-झन् बढ्दै रेनुको अग्रता

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका प्रमुख पदमा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता झन बढाउँदै लगेकी छन् । अहिले महानगरअन्तर्गत वडा नम्बर ७ को मत गणना जारी छ । हालसम्म २८ हजार ६ सय ४३ मतगणना भइसकेको छ । रेनुले १० हजार ४ सय ४९ मत ल्याएकी छन् । नेकपा एमालेका विजय सुवेदीले ८ हजार ५ […]
घोराहीमा माओवादीविरुद्ध एमाले विशाल अग्रता

काठमाडौँ । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले ५ हजार ६७ मतको विशाल अग्रता लिएका छन् । मुख्य प्रतिस्पर्धी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार हेमराज शर्मालाई पछि पार्दै चौधरीले अग्रता लिएका हुन् । हालसम्म चौधरीले २७ हजार ६९६ मत प्राप्त गरेका छन् भने माओवादीका उम्मेदवार शर्माले २२ […]
