छिटाे आउनाेस न !

suchanachautari.com का लागि कार्टुनिष्ट ध्रुब अधिकारिकाे बयाङ्ग्य सहितकाे कार्टुन प्रसाारित हुने भएकाे छ। बिगदमा विभिन्न पत्रिकाहरु साथै म्यागेजिनहरुकाे लागि कार्टुन उपलभ्द गराउने अधिकारिकाे उक्त suchanachautari.com र सँगकाे सहमति भएकाे छ।
तीन नम्बर सीमा स्तम्भमा पुग्यो सुरक्षा गस्ती

हुम्ला। नाम्खा गाउँपालिका–५ को चिमला भञ्ज्याङमा रहेको नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारी नेतृत्वको टोली उक्त सीमा स्तम्भमा पुग्न सफल भएको हो । स्थापना भएदेखि जिल्लाबाट हालसम्म सरकारी स्तरमा उक्त सीमा स्तम्भको अनुगमन भएको […]
भोली बकर इद पर्वको अवसरमा सार्वजनिक विदा

काठमाडौं । भोली साउन ६ गते बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने पनि बैठकले निर्णय गरेको थियो । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भने,‘‘नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकीलगायत सबै मित्र राष्ट्रलाई नेपाल सरकारले धन्यवाद दिने निर्णय गरेको छ, अनुदान वा खरिदबाट थप खोप उपलब्ध गराउन खोप […]
विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । शनिबार बसेको मन्त्रीपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मंसिर ३० गते अध्यादेश जारी गरेकी थिइन् । उक्त अध्यादेशानुसार बहुमत सदस्यहरुले संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्नसक्ने प्रावधान रहेको थियो […]
सांसदमाथि ह्विपलगाउनाे लगतहाे- बामदेब गाैतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको बताएका छन् । उपाध्यक्ष गौतमले संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको बताएका छन् । ‘धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने […]
सर्वोच्चले गर्यो विघटित प्रतिनिधिसभा बदर

रघुनाथ बजगाईं – काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । इजलासको सुरुमै प्रधानन्यायाधीश जबराले माग बमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको जानकारी दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि […]
नारायणगढ–मुग्लिङ सडक ठप्प, सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध

काठमाण्डाै – पहिरोका कारण नारायणगढ–मुग्लिङ सडक ठप्प भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा बिहान साढे ४ बजे सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्य थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ५ बजेदेखि नै पहिरो पन्छाउने काम भइरहेको छ । अहिले दुई वटा डोजरमार्फत पहिरो पन्छाउने काम […]
जातीय विभेदविरुद्ध दलित संघर्ष समितिको प्रदर्शन

काठमाडौँ– देशभर दलित समुदायमाथि भइरहेका जातीय विभेदका घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले काठमाडौँमा प्रदर्शन गरेको छ । जातीय विभेद अन्त्य नभएका कारण विभिन्न घटनाहरु भइरहेको भन्दै उनीहरुले शनिबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले रुपा सुनार घटनाको निष्पक्ष छानविनको माग गरेका छन् भने शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले अख्तियार दुरुपयोग गरेको आरोप […]
नेपालमा आज १ हजार २ सय ८६ जना संक्रमणमुक्त भए

काठमाडौं । कोरोना संक्रमणबाट आज थप २९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ३ सय २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज नेपालमा कोरोना भाइरसका १ हजार ८ सय ७५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ५१ हजार ३ सय ८० पुगेको छ । […]
पर्खाल दाङमा भत्किँदा तीन महिने शिशुको मृत्यु

काठमाडौं, २४ असार । अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका– १७ की ३० वर्षीया मनिषा चौधरीकी तीन महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार चौधरीसहित उनकी नौ वर्षीया […]

