Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एकल इजलासको आदेशमाथि छलफल गर्न बार सल्लाहकार समितिको आकस्मिक बैठक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 3, 2021

सर्वोच्च अदालतले बिहीबार जारी गरेको अन्तरिम आदेशबारे कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले गम्भिर छलफल गर्ने भएको छ ।

बारले आइतबार (भदौ २०गते)का लागि सल्लाहकार समितिको आकस्मिक बैठक डाक्ने निर्णय गरेको हो । महत्वपूर्ण निर्णय लिनुअघि बारले यस्तो बैठक बोलाउने गर्छ । नेपाल बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले न्यायालयको विकृति विसंगतिबारे पछिल्लो प्रतिवेदन र समसामयिक विषयमा छलफल गर्न बैठक डाकिएको बताए । उनले भने, ‘प्रतिवेदन लगायत केही समसामयिक विषय छलफलको एजेण्डा बन्ने छन् ।’

बारका महासचिव लिलामणी पौड्यालका अनुसार, आइतबारलाई डाकिएको बैठकमा मुख्यतः तीनवटा एजेण्डा छन् ।

पहिलो, बिहीबार न्यायाधीश हरि फूयालले जारी गरेको आदेशवारे छलफल गर्ने ।

दोस्रो, अघिल्लो शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आफू इजलासमा नबस्ने भनी अलिखित रुपमा इजलासमा आएर बोलेको आदेशबारे छलफल गर्ने ।

र, तेस्रो, न्यायालयको विकृति विसंगति हटाउने प्रतिवेदन लगायतका विषय छन् ।

बारका एक पदाधिकारीका अनुसार, सर्वोच्च अदालतभित्र दुई समूहमा विभक्त भएको गुटको परिणाम स्वरुप बिहीबारको घटनाक्रम विकसित भएको निष्कर्ष पदाधिकारीहरुको छ । एउटा समूहले अर्कोलाई प्रतिवाद गर्न आफ्नो गुटका सदस्यहरु नै प्रयोग गर्ने गरेको भन्दै यसवारे गम्भिर रुपमा छलफल हुनुपर्ने आवाज उठेपछि सल्लाहकार समितिको बैठक डाकिएको हो ।

बारको सल्लाहकार समितिमा पूर्व अध्यक्षदेखि कोषाध्यक्षसम्मका पदाधिकारी, वरिष्ठ अधिवक्ता र पूर्वमहान्यायाधिवक्ताहरुलाई बोलाउने गरिन्छ । कोभिड महामारीको जोखिम नघटेकाले सीमित व्यक्तिलाई मात्रै डाक्ने तयारी छ ।

शुक्रबार न्यायाधीश हरि फुयालको इजलासले संवैधानिक इजलासको क्षेत्राधिकारमा प्रश्न उठाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विनाको इजलास नबस्न अन्तरिम आदेश जारी गरेको थियो । एकल इजलासले संवैधानिक इजलासको क्षेत्राधिकारमा हस्तक्षेप गरेको भनी उनको आदेशको कतिपयले आलोचना पनि शुरु गरेका छन् । बारका एक पदाधिकारीका अनुसार, आइतबारको बैठकको प्रमुख एजेण्डा बिहीबारको एकल इजलासको आदेश हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्रीब...

  • June 2, 2026

निक्षेप फिर्ता माग्दै आक्रोशित बचतकर्ताहरुले घेरे कर्णाली डेभल...

  • June 2, 2026

बुटवल–नारायणगढ सडकखण्डमा सवारी आवागमन अब सहज बन्दै

  • June 2, 2026

तीन करोड बराबरकाे सुनसहित व्यापारी अग्रवाल पक्राउ

  • June 2, 2026

नेपालमा लगानी र नवप्रवर्तनको ठूलो सम्भावना छ, अमेरिकी उपविदेशम...

  • June 2, 2026

बचत रकम फिर्ता गरिदिन माग गर्दै छ हजारभन्दा बढी बचतकर्ताकाे मह...

  • June 2, 2026

राष्ट्र बैंककाे सूचना अधिकारीमा सुधा श्रेष्ठ

  • June 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved