Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

झापा पिन्डलबारीलाई सरकारले वास्ता नगरेको स्थानीयको गुनासो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 3, 2021
153 shares

झापा जिल्लाकै विकट गाउँ भनेर परिचित पिन्डलबारीलाइ सरकारले वास्ता नगरेका कारण सास्ती झेल्नु परेको छ ।दक्षिणी झापाको कचनकवल गाउँपालिका–१ स्थित पिन्डलबारीका स्थानीयवासीले हरेक बर्खायाममा सास्ती झेल्नु परेको हो ।

भारतीय सीमावर्ती नाकासँग जोडिएको पिन्डलबारीवासीको पीडादायी समस्याबारे दशकौं बित्दा समेत कुनै पनि दल नेतृत्वको सरकारले सम्बोधन नगरेपछि उनीहरु समस्यमा पर्दै आइरहेका छन् । पिन्डलबारीलाई पश्चिम र दक्षिणतर्फ भारतीय सिमाना र पूर्वपट्टि बिरिङ खोलाले घेरेको छ । डुबानको समेत उच्च जोखिममा रहेका गाउँवासी बर्खाको बेला सामान्य औषधि उपचार, सरकारी सेवा वा अन्य काम विशेषले गाउँबाट बाहिर जानु परे भने बिरिङ खोलाबाट जोखिमपूर्ण यात्रा गर्दै आइरहेको स्थानीय भार्दुलाल राजवंशीले बाताए ।

निर्वाचनको बेला मात्र नेताहरु भोट माग्न पिन्डलबारी जाने गरेको राजवंशीको गुनासो छ । बर्खा याम सुरु भएपछि कोही पनि नेता समस्या बुझ्न गाउँ नआएको उनले आरोप लगाए । बर्खा याम सुरु भएपछि तीन महिना गाउँवासीलाई धेरै समस्या भोग्नु पर्ने भनाइ उनको छ । कतै जानु परे भारतीय बाटो भएर वा खोला तर्न स्थानीयले प्लाष्टिको ठूलो ड्रम र बाँसले बनाएको डुङ्गा चढेर जानुपर्ने उनले जानकारी दिए ।अहिले कोरोना कारण सीमा नाकामा पनि भारतीय एसएसबीले कडाइ गर्दा गाउँले थप समस्यामा परेको उनले गुनासो छ ।

सडक तथा पुलको विकल्प नहुँदा बर्खामा जोखिम मोलेर अस्थायी डुङ्गा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको डुङ्गा सञ्चालनगर्दै आएका मोहन मण्डलले बाताए । १२ वटा ड्रमको अस्थायी डुङ्गा बनाएर दुःख–सुख जसरी भए पनि गाउँवासीलाई तारिरहेको बताउँदै मण्डलले जनाउँनुभयो । झोलुङ्गे पुल बनाउने कुरा पटक पटक उठ्यो, तर अहिलेसम्म कुनै सुरसार नभएको उनको भनाइ छ । आदिवासी समुदायका बाहुल्यता रहेको पिन्डलबारीमा १४७ घरधुरी रहेका छन् ।बाह्रदशी गाउँपालिकासँग सीमा जोडिएको पिन्डलबारी गाउँसहित दक्षिणी भूभागका गाउँहरूमा बर्खा याममा खोलाले जमिन कटानसँगै डुबान पार्दा स्थानीयले सास्ती झेल्नु परेको बाह्रदशी गाउँपालिका–१ का वडा अध्यक्ष शम्भुसिंह राजवंशीले बाताए । मानिस बिरामी हुँदा सामान्य सिटामोल किन्न समेत जोखिम र सास्ती खेपेर जानु परेको उनले भने ।

पिन्डलबारीबासीको बर्खा यामको समस्या समाधान हुन नसकेको कचनकवल १ नम्बर वडा अध्यक्ष लक्ष्मीनारायण यादवले स्वीकारे । पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पिन्डलबारी जाने बिरिङ खोलामा २०७२ सालमा झोलुङ्गे पुलको शिलान्यास गरेका थिए । उनको पालामा त्यो झोलुङ्गे पुल बनेन । त्यसपछि राप्रपाका नेता राजेन्द्रप्रसाद लिङ्देनले यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेपछि फेरि झोलुङ्गे पुल बनाउने योजना अघि सारे। सङ्घीय सरकारले पुलको ठेक्का समेत लगाइसकेको छ ।पुलको ठेक्का लागेपछि २०७७ साल फागुनमा प्रतिनिधिसभा सदस्य लिङ्देन, स्थानीय जनप्रतिनिधि, कर्मचारी, निर्माण कम्पनीसहितको टोलीले पुल बनाउने ठाउँको पहिचान गरेका थिए । सिटौलाले शिलान्यास गरेको ठाउँभन्दा अलि पर सोरेर पुल बनाउने पोन्इटको पहिचान गरिएको वडा अध्यक्ष यादवले बताए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभागको स्थानीय पुल शाखाले सो खोलमा झोलुङ्गे पुलको ठेक्का लगाइसकेको शाखाका इन्जिनियर दिनबिनोद खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved