Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खुल्न थाले विद्यालय

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 3, 2021
168 shares

कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै बन्द गरिएका विद्यालय महामारी नसकिँदै खुल्न थालेका छन् । काठमाडौं उपत्यकाभित्र तथा बाहिरका स्थानीय तहले शिक्षक र अभिभावकसँग सल्लाह गरेर भौतिक कक्षा सुरु गरेका हुन् । विद्यालय खुलाइए पनि स्वास्थ्य मापदण्डलाई पालना गरिएको उनीहरूको भनाइ छ ।

तनहुँको व्यास नगरपालिका–१ स्थित जलदेवी माध्यमिक विद्यालयको कक्षाकोठामा पढ्दै गरका विद्यार्थी । तस्बिर : सम्झना रसाइली/कान्तिपुर

काठमाडौंको गोकर्णेश्वर नगपालिकाले मंगलबार विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन थाले पनि जिल्ला प्रशासन कार्यालयले रोक लगाउन निर्देशन दिएको छ । तर नगर प्रमुख सन्तोष चालिसेले विद्यालय सञ्चालनलाई निरन्तरता दिने बताए । ‘हामीले अभिभावक र शिक्षकसँग सल्लाह गरेर विद्यालय खोल्ने निर्णय गरेका हौं । जिल्ला प्रशासन कार्यालयले भन्दैमा बन्द गर्न सकिँदैन । कि विकल्प दिनुपर्‍यो,’ उनले भने, ‘विद्यार्थीलाई सधैं थुनेर राख्न सकिँदैन ।’ गोकर्णेश्वर नगरपालिकाका प्रशासकीय प्रमुख रामप्रसाद आचार्यले संक्रमण दर अत्यन्तै न्यून रहेकाले विद्यालय सञ्चालन गर्ने नगरस्तरीय भएको जानकारी दिए । भौतिक दूरी कायम गर्ने/गराउनेलगायतका सुरक्षा मापदण्ड अपनाउने काम विद्यालयले नै गर्नुपर्ने नगरपालिकाको भनाइ छ । मापदण्ड पालना नगर्ने विद्यालयलाई कारबाही गर्ने नगरपालिकाले जनाएको छ । काठमाडौं उपत्यकामा जिल्ला प्रशासन कार्यालयले भौतिक उपस्थितिमा पठनपाठन गराउन रोक लगाएका छन् । तर कतिपय स्थानीय तहमा विद्यालयले आफूखुसी भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्दै आएका छन् ।

वीरगन्ज महानगरपालिकाले कक्षा ६ देखि १२ सम्मका कक्षा भौतिक उपस्थितिमा सञ्चालन गराउँदै आएकामा आगामी सातादेखि कक्षा १ देखि नै भौतिक रूपमा पठनपाठन गराउने भएको छ । ‘संक्रमणको जोखिम नदेखेपछि महानगरपालिकाले स्कुल खोल्ने निर्णय लिएको हो,’ मेयर विजयकुमार सराबगीले भने । शिक्षा मन्त्रालयले गत वर्ष नै जारी गरेको विद्यालय पुनः सञ्चालन कार्यढाँचाअनुसार कक्षा सञ्चालन गरिएको महानगरले जनाएको छ । गत वर्ष सोही ढाँचाअनुसार स्थानीय तहले विद्यालय सञ्चालन गर्दा जिल्ला प्रशासन कार्यालयहरूले रोक लगाएका थिए । वीरगन्ज महानगरपालिकाले विद्यालय खोल्ने र बन्द गर्ने निर्णय लिएर जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिने गरेको छ । ‘विद्यालय सञ्चालन गर्ने जिम्मेवारी पालिकाको हो, त्यहीअनुसार अवस्थाको विश्लेषण गरेर खोल्ने र निर्णय गर्ने गरेका छौं,’ मेयर सराबगीले भने । अनलाइन कक्षा प्रभावकारी हुन नसकेकाले स्वास्थ्य मापदण्ड ख्याल गरेर विद्यालय खोल्नुको विकल्प नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लोकतन्त्रका महानायक बी पीको सपना र विभाजित कांग्रेसमाथि उठेका ...

  • July 22, 2026

विदेशबाट देउवाको सन्देश: ‘नेपाली भूमिमा फर्किँदैछु, प्रतिशोधको...

  • July 22, 2026

बागमती सरकारबाट बाहिरियो एमाले

  • July 22, 2026

वी.पी. कोइरालाको ४४औँ स्मृति दिवस: कांग्रेसले बीपीको आदर्शलाई ...

  • July 22, 2026

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

  • July 22, 2026

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने

  • July 22, 2026

देशभरका प्रमुख राजमार्गमा अवरोध, यात्रा अघि सडकको अवस्था बुझ्न...

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved