Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

टौदह संग जोडीएको कथा, रहस्य र महत्वहरु -लिला प्रसाद लिम्बू

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 6, 2021
486 shares

लिला प्रसाद लिम्बू

काठमाण्डाैं । काठमाण्डाैं जिल्लाको कीर्तिपुर नगरपालिकमा अवस्थित टौदह एउटा मनोमोहक र सुन्दर छ| यो दहको आठ ओटा कोणहरु छन् । जहाँ उभिएर हेर्दा पनि एउटा कोण देखिन्दैन । सात वटा मात्र देखिन्छ । यो दह जम्मा ८६ रोपनीमा फैलिएको छ । यसको बिशेष विशेषताको कारण धेरै स्वदेसी र केहि बिदेशीहरू त्यस ठाउमा घुम्न जाने भएकोकोले यसको दिनानुदिन पर्यटकीय महत्व बढ्दैगएको छ।टौदहको मुख्य आकर्षण दह, त्यहाँ पालिएका माछाहरु र चराचुरुंगी मुख्य रहेका छन् ।

यति मात्र होइन, यो दह धार्मिकरुपले उतिकै महत्वपूर्ण स्थलको रुपमा परिचित छ।त्यो दहको पानीले स्नान गरेमा छालामा आउने घाऊखटिरा, दाद र अन्य छाला संग सम्बन्धित रोगहरु निकोहुने विश्वास मानिसहरुमा छ, यसका साथै त्यस दहमा माछाहरु ल्याएर छाडेमा मनोआकांक्षा पुरा हुन्छ भन्ने विश्वास पनि उतिकै प्रबल छ। त्यसैले बुद्वधार्मि लामा वा अन्य व्यक्तिहरु बाट बिभिन्न रंगका माछाका भुराहरु चडायिन्छ छ। ति माछाहरुले दहको सोभा बढाउने काम भएको छ| ति माछाहरु खान नहुने मान्यता स्थानीयवासीहरुमा छ।

यो माथिको मुल्य मान्यता कसरी रहन गए भन्ने कुराहरु संग सम्बन्धित छुटाछुट्टै विषय संग सम्बन्धितकिबदन्तिहरुरहेका छन्। जस्तै, पनौती नाग राजा जाने, वर्षा नहुदा गरिने क्रियाकलाप संग सम्बन्धित, भोटो जात्रा संग सम्बन्धित, छाला रोग सम्बन्धित, चम्पदेवी डांडा सम्बन्धित किबदन्तिहरु लोकप्रिय छन्ज।समध्ये छाला रोगहरु त्यहाँको पानीले नुहाएमा निकोहुने मान्यतामा रहेर मिति २०७७ साल फाल्गुन ६ गते स्थलगत अवलोकन र त्यस छेत्रमा स्थाई बसोबास गर्ने जानकार ३ जना व्यक्तिहरु र माछाको आहार बेच्ने ३ ब्यक्तिहरु संग टेलिफोन अन्तर्वार्ता र प्रतक्ष्य अन्तर्वार्ता गर्दा जम्मा पाँच वटा प्रश्नहरु सोधिएको थियो। पहिलो प्रश्न यो दहको नाम कसरी टौदह रहन गयो? दोश्रो प्रश्न कुन नाग यहाँ बस्थ्यो? तेश्रो प्रश्न किन यहाँको पानीले नुहाउदा छालाको रोगहरु निको हुन्छ? चौथो प्रश्न यो पानीमा निको भएको प्रमाण छ? र अन्तिम प्रश्न टौदह गहिराई कति छ?

पहिलो प्रश्नको उतारमा त्यहाँको जानकारहरुको भनाई के भेटियो भने नेवारी भाषामा टाहा भनेको को नाग वा सर्प हो, डोने भनेर किर्तिपुरको पंगा तिर पोखरीलाई भनिने भएकोले त्यसैको अपभ्रंश भएर टौदह हुन गएको हो भन्ने उनीहरुको भनाइ थियो। तर पोखरी लाई धेरैजसो नेवार हरुले पुखु भन्दछन भनेर उनीहरुले भने। दोश्रो प्रश्नको उतर के थियो भने कर्कोटक नाग राजा बस्थ्यो भन्ने थियो| त्यसको प्रमाण के छ भनेर सिलालेखहरु छकी भनेर खोजि गर्दा त्यहाँ भेटिएन तर त्यहाँ नागको मुर्तिसहित् को सानो मन्दिर भएको पाइयो।त्यसको साथै पानी भित्र सर्पहरु पनि देखियो।

तेश्रो प्रश्न यहाँको पानीले नुहायो भने किन छाला सम्बन्धि रोगहरु निको हुन्छ भनि प्रश्न गर्दा त्यसको उतर सिधै नभनी सबैले एकै खालको किब्दन्ति सुनाए|त्यो किब्द्न्ति के थियो भने उहिले एक जमानामा यस दहमा कर्कोटक नाग राजा बस्त्यो| एक पटक वहांको श्रीमती नागरानीको आँखा पाक्यो। जति उपचार नागराजा बाट गरियता पनि निको भएन| त्यसैले एकदिन नागराजा एकाबिहानै उपचारको श्रोतको खोजीमा दह बाट बाहिर निस्किनु भयो। त्यतिबेला सबैभन्दा पहिले एउटा किसानलाई भेट्नु भयो| वहाँले आफ्नो श्रीमतीको अवस्थाको सवैकुरा बताएर तिमीले के गरेर हुन्छ मेरो श्रीमतीको आँखा सन्चो पारिदिनु पर्यो, यदि तिमीले सन्चो पार्न सकेनौ भने म तिमीलाई पनि मारिदिन्छु भनेर नागराज दहमा फर्के। किसानले हरेक जडिबुटी र झारफुक गराए, तर नागरानीको आँखा निको भएन। त्यस पछी किसानलाई आफु पनि मारिने भयो केहि गर्दा भएन भनेर जेहोला जेहोला आखिरी मरिनेत भयो भनेर, त्यस किसानले आफुले टौदहको पानीले आफ्नो टाउको धोयो र त्यो पानी नागरानीको आँखामा लगाइदियो| त्यो पानीले नागरानीको आँखा निको भयो। त्यस पछी यहाँको पानीले नुहाउदा निको हुन्छ भन्ने मन्नेता छ भनेर उतर दिए।

चौथो प्रश्नमा यहाँको पानीले नुहाएर घाउखटिरा निकोभएको प्रमाण छ भनेर सोधिएको थियो| त्यसको उतर छ भन्ने आयो। त्यसको साथै केहि निको हुने व्यक्तिहरुको नामसमेत बताए। त्यस् पछी अन्तिम प्रश्नको रुपमा यो दहको गहिराई कति छ भनेर सोधेको थिए। सबैले थाहा छैन किनकि यो दहको बीचमा गहिरो खाल्डो छ। त्यसैले बिचमा गएपछि तान्छ र नाउ पल्टिन्ज।सका कारण कसैले पत्ता लगाउन सकेका छैनन् भनेर उनीहरुले उतर दिए। त्यसैले उनीहरुको भनाइ बाट त्यहाँको पानी धेरै गहिराई बाट आएको छ भन्ने कुरा स्वत प्रमाणित हुन्छ र त्यसमा खनिज पदार्थ मिसिएको छ भन्ने कुरा पनि प्रमाणित हुन्छ। जसको कारण छाला निको हुन्छ भन्ने अनुमान गर्न सकिन्छ तर के मिसिएको छ भन्ने थाहा हुदैन।अब टौदहको बीचको पानी प्रयोगशालामा लगेर परीक्षण गर्नेको भने त्यस पानीमा के मिसिएको छ भन्ने सत्य कुरा सजिलै पत्तो लगाउन सकिन्छ।अर्को कुरा किबदन्ति पनि एउटा ज्ञानको श्रोत हो भन्ने कुरा पनि प्रस्ट हुन्छ।

यो क्षेत्रको पानीले नुहायो भने सुन्दर भयिन्ने र कुलक्ष्यण भएको मान्छे शुभलक्ष्यणको हुन्छ भन्ने मान्यता छ भन्ने कुरा किर्तिपुर बजार नजिकै रहेको सुन्दरी घाट र शुभलक्ष्यण तिर्थ बाट प्रमाणित हुन्छ किनभने युवतीहरु त्यहाँको पानीले नुहाउदा सुन्दरी भईने कुरामा विश्वास भएर नुहाउने भएकोले त्यस घाटको नाम सुन्दरी घाट भयो भन्ने किबदन्ति छ भने कुलक्ष्यण भएको बालकले शुभलक्ष्यण तिर्थमा बसेर यहाँ तिर्थ सेवन गर्नाले सबै उसको कुलाक्ष्यणहरु हराएर सुभालक्ष्यण देखा परेको कुरा स्वयम्भु पुराणमा उल्लेख छ।त्यसैले टौदह, चोभार आसपासका क्षेत्रको जमिनमा खनिज पदार्थ छ भन्ने कुरा थप प्रमाणित गर्दछ।

यो सबैकुरा लेखनको मुख्य कारण के भने हाम्रो समाजमा परापुर्ब कालदेखि मौखिक रुपमा सुनिन्दै र भनिंन्दै ल्याईएको कथा, स्लोवोक, उखान, टुक्काहरु सबै ज्ञानका श्रोत हुन् । यिनीहरु बाट नयाँ नयाँ सत्य पत्ता लगाउन सकिन्छ। त्यसैले त्यस्ता मौखिक रुपमा भनिंदै र सुनिन्दै आइएका कथा, श्लोक,उखान, टुक्काहरुलाई अभिलेखीकरण गर्दै संरक्षण गर्दै जानुपर्ने अहिलेको अवस्था हो। यसो गर्न सकेमा नयाँ नयाँ ज्ञान त्यस बाट भबिस्यमा उत्पादन गर्न सकिन्छ तर अहिले यस्ता मौखिक रुपमा सुनाउदै सन्तान दरसन्तान सर्दै आएका स्लोवोक, कथा, उखान, टुक्काहरु दिनानुदिन लोप हुदै गईरहेका छन्। यीनिहरुको संरक्षण गरि त्यस उपर बिस्वबिद्यालय र अनुसन्धान केन्द्रहरुले अनुसन्धान गरि नयाँ नयाँ ज्ञानको उत्पादन गरि राष्ट्रिय रअन्तरास्ट्रिय स्तरमा नाम दाम कमाउन खेल्नु पर्दछ भन्ने कुरा को मूल आसय हो। फोटो सभार : सामाजिक सन्जल

लेखक: त्रिभुवन बिस्वबिद्यालय, ग्रामिण विकास का उपप्रधापक हुन् ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved