Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा खोटाङको प्रथम जिल्ला अधिवेशन आज, नयाँ नेतृत्व चयन गरिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 7, 2026

खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको प्रथम जिल्ला अधिवेशन आज जिल्ला सदरमुकाम दिक्तेलस्थित समीक्षा हलमा हुँदैछ। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र जिल्ला भरका नेता–कार्यकर्ता, प्रतिनिधि तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको जिल्ला संयोजक मुकुन्द कृष्ण थापाले जानकारी दिए।

अधिवेशनको प्रमुख अतिथिका रूपमा रास्वपाकी नेतृ सृष्टि भट्टराई सहभागी हुने कार्यक्रम रहेको छ। अधिवेशनमा पार्टीको संगठनात्मक अवस्था, आगामी कार्ययोजना तथा जिल्लामा पार्टी विस्तारका विषयमा छलफल हुने जनाइएको छ।

रास्वपाको केन्द्रीय निर्देशनअनुसार जिल्लाभित्रका संगठनात्मक संरचनाको अधिवेशन प्रक्रिया अधिकांश रूपमा सम्पन्न भइसकेको छ। खोटाङका १० स्थानीय तहमध्ये ८ स्थानीय तह तथा ७९ वडामध्ये ५० वडाको अधिवेशन सम्पन्न भइसकेको र जिल्ला अधिवेशन त्यसैको निरन्तरता रहेको पार्टीले जनाएको छ।

जिल्ला अधिवेशनमा वडा, गाउँपालिका तथा नगरपालिकाबाट निर्वाचित प्रतिनिधिहरूको सहभागिता रहनेछ। अधिवेशनले नयाँ जिल्ला कार्यसमिति चयन गर्नुका साथै आगामी राजनीतिक तथा संगठनात्मक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

श्रम संस्कृति पार्टीमा भरत ढुंगेलको प्रवेश

  • June 7, 2026

रास्वपाका ४ हजारभन्दा बढी वडा अधिवेशन सम्पन्न, आज र भोलि जिल्ल...

  • June 7, 2026

नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी सेवा सहमति

  • June 7, 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला अधिवेशन स...

  • June 7, 2026

रास्वपा हुम्लाको जिल्ला सभापतिमा लक्ष्मण ऐडी सर्वसम्मत चयन

  • June 7, 2026

रास्वपा म्याग्दीको सभापतिमा युवराज रोका सर्वसम्मत चयन

  • June 7, 2026

कामना सेवा विकास बैंकद्वारा पशुपति माध्यमिक विद्यालयलाई डस्टबि...

  • June 7, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved