Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी सेवा सहमति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 7, 2026
0 shares

काठमाडौँ । नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी सेवा, भूकम्पपछि पुनर्निर्माण भएका पूर्वाधार हस्तान्तरण र कृत्रिम बौद्धिकता सम्बन्धमा सहकार्य गर्ने विषयमा सहमति भएको छ ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय परराष्ट्रमन्त्री एस जयशंकरबीच भएको छलफलमा तीन विषयमा सहमति भएको हो । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) बीच जुन २०२३ मा हस्ताक्षर भएको समझदारीपत्र अन्तर्गत व्यक्ति–व्यक्तिबीच (पीटूपी) हुने सीमापार डिजिटल भुक्तानी कारोबार सञ्चालनमा आएको घोषणा गरिएको छ ।

यस व्यवस्थाले नेपाल र भारतका नागरिकहरूबीच सहज डिजिटल वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । यसबाट यात्रु, विद्यार्थी, श्रमिक तथा सीमापार व्यापार व्यवसाय सञ्चालन गर्नेहरू लाभान्वित हुने विश्वास गरिएको छ । नेपालमा भारतीय पर्यटकले यस्तो सुविधा लिँदै आए पनि भारतमा नेपालीले यो सुविधा लिन पाइरहेका छैनन् ।

त्यस्तै भारत सरकारको सहयोगमा नेपालमा निर्माण सम्पन्न भएका ८४ ओटा भूकम्पपछिका पुनर्निर्माण आयोजनाहरूको औपचारिक हस्तान्तरणको घोषणा पनि त्यस अवसरमा भयो । तीमध्ये ७२ आयोजना स्वास्थ्य क्षेत्रसँग सम्बन्धित छन् । १२ आयोजना सांस्कृतिक सम्पदा क्षेत्रका छन् ।

त्यसैगरी काठमाडौँ विश्वविद्यालय इन्जिनीयरिङ विद्यालयअन्तर्गतको इन्जिनीयरिङ सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर तथा आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल इन्डिया भाषिणी डिभिजन फर कोक्रियटिङ नेशनल डिजिटल इन्फ्रास्ट्रक्चरबीच ‘भोइस फस्ट’ भाषा ट्रान्सलेशन प्लेटफर्म सञ्चालनको लागि समझदारीपत्र आदानप्रदान गरिएको छ ।

यसैबीच परराष्ट्रमन्त्री खनालले भारतीय टेलिभिजन च्यानल एनडिटिभीसँगको अन्तरवार्तामा नेपालको नवनिर्वाचित सरकारले भारतसँगको सम्बन्धलाई ‘पुनः परिभाषित’ अर्थात ‘रिसेट’ गर्न चाहेको बताएका छन् । यसअन्तर्गत विगतका असहजता र मतभेदहरूलाई पछाडि छोडेर नयाँ चरणको सहकार्यतर्फ अघि बढ्ने लक्ष्य राखिएको छ ।  नेपाल सरकारले मूलतः कनेक्टिभिटी, ऊर्जा, व्यापार तथा प्रविधि साझेदारी प्राथमिकतामा राखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved