Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपाका ४ हजारभन्दा बढी वडा अधिवेशन सम्पन्न, आज र भोलि जिल्ला अधिवेशन हुँदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 7, 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर संगठन निर्माण अभियानलाई तीव्रता दिँदै हालसम्म ४ हजार २ सय ४६ वडामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार अधिकांश वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएका छन्।

आयोगका अनुसार हालसम्म ५१२ स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भइसकेको छ भने थप चार नगरपालिका र चार वडामा संगठनात्मक समिति अद्यावधिक गरिएको छ। वडा र पालिका तहको अधिवेशन सम्पन्न भएसँगै अहिले देशभर जिल्ला अधिवेशन सञ्चालन भइरहेको छ।

रास्वपाका केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको छ। जिल्ला अधिवेशनमार्फत नयाँ जिल्ला नेतृत्व चयनका साथै आगामी कार्यदिशाबारे पनि छलफल हुने जनाइएको छ।

पार्टीले आगामी जेठ २६ गतेदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु गर्ने तयारी गरेको छ। प्रदेश अधिवेशन सञ्चालनका लागि प्रत्येक प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरी आवश्यक काम अघि बढाइसकिएको आयोगले जनाएको छ।

यसैबीच, रास्वपाले आफ्नो स्थापना दिवसको अवसर पारेर आगामी असार ७ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएको छ। पार्टी स्थापना भएको ४८ महिनापछि हुन लागेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको भावी राजनीतिक तथा संगठनात्मक मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

श्रम संस्कृति पार्टीमा भरत ढुंगेलको प्रवेश

  • June 7, 2026

नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी सेवा सहमति

  • June 7, 2026

रास्वपा खोटाङको प्रथम जिल्ला अधिवेशन आज, नयाँ नेतृत्व चयन गरिने

  • June 7, 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला अधिवेशन स...

  • June 7, 2026

रास्वपा हुम्लाको जिल्ला सभापतिमा लक्ष्मण ऐडी सर्वसम्मत चयन

  • June 7, 2026

रास्वपा म्याग्दीको सभापतिमा युवराज रोका सर्वसम्मत चयन

  • June 7, 2026

कामना सेवा विकास बैंकद्वारा पशुपति माध्यमिक विद्यालयलाई डस्टबि...

  • June 7, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved