Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बाढीपहिरोबाट सडक तथा पुलहरुमा क्षतिः छानबिनका लागि कार्यदल गठन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 6, 2021
63 shares

काठमाडौं । यो वर्षको मनसुन शुरू भएदेखि नै अविरल वर्षाका कारण आएको बाढीपहिरोले सडकरपुलहरूमा ठूलो क्षति पुर्‍याएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसको छानबिनका लागि कार्यदल गठन गरेको छ । सडक विभागको पुल महाशाखाका उपमहानिर्देशक दीपक श्रेष्ठको संयोजकत्वमा मन्त्रालयले सातसदस्यीय कार्यदल गठन गरेको हो ।

मुलुकका विभिन्न स्थानमा निर्माण सम्पन्न भइसकेका र निर्माणाधीन पुलहरूमा अविरल वर्षाका कारण भएको क्षतिको कारणबारे विश्लेषणसहित छानबिन कार्यदलले गर्नेछ । यसैगरी आगामी दिनहरूमा यस्ता क्षति न्यूनीकरण गर्न अपनाउनुपर्ने उपायबारे अध्ययन तथा छानबिन गरी साउन ७ गतेभित्र कार्यदलले सिफारिश पेश गर्नेछ । साथै वर्षात् र बाढीबाट क्षतिग्रस्त भएका पुलहरूको अध्ययनरविश्लेषण गरी एक महीनाभित्र सोही कार्यदलले प्रतिवेदन पेश गर्नेछ ।

उक्त कार्यदलले क्षतिग्रस्त पुलहरू पुनर्निर्माण गर्न अपनाउनुपर्ने सावधानी, अब निर्माण गर्नुपर्ने पुलमा हुनुपर्ने जग र सुपरस्ट्रक्चरको प्रकारका विषयमा पनि प्रतिवेदनमा उल्लेख गर्नुपर्नेछ । यसैगरी कार्यदललाई पुल निर्माणमा विगतमा राम्रो कार्यसम्पदान भएका निर्माण व्यवसायी मात्रै टेण्डर प्रक्रियामा समावेश हुन पाउने सम्बन्धमा बोलपत्र पुस्तिकामा राख्नुपर्ने प्रावधानका विषयमा विस्तृत विवरण खुलाउने कार्यादेश दिइएको छ ।

कार्यदलले पुल निर्माणको म्यानुअल, यसको सुपरिवेक्षणका लागि विभागीय प्राविधिक जनशक्तिको पर्याप्तताको विषय, पुलको डिजाइन तथा निर्माणमा सडक विभाग, निजीक्षेत्रका इञ्जिनीयरहरूलाई तालीमलगायत विषयमा सुझाव पेश गर्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ । विभागका अनुसार हाल अरनिको राजमार्गको लिपिङ पुल, सिद्धार्थ राजमार्गको गौडे पुल, हुलाकी राजमार्गको कर्णाली पुल (सतीघाट) क्षतिग्रस्त भएका छन् । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved