Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

तिहारका लागि राष्ट्र बैंकले आजदेखि सुन र चाँदीका सिक्का बिक्री गर्दै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 5, 2026
6.7KShares

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै आज (बिहीबार) देखि सुन तथा चाँदीका विशेष सिक्का बिक्री सुरु गर्ने भएको छ। राष्ट्र बैंकको टक्सार महाशाखाले सर्वसाधारणका लागि दुई दिनसम्म सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्न लागेको हो।

बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का खरिद गर्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार आज र भोलि दुई दिनसम्म सिक्का बिक्री गरिनेछ।

तिहारका अवसरमा सुन तथा चाँदीका सिक्का वा धातु खरिद गर्नु शुभ मानिने धार्मिक विश्वास छ। यही मान्यताअनुसार सर्वसाधारणले धनधान्यकी देवी लक्ष्मीको प्रतीकका रूपमा यस्ता सिक्का खरिद गरी पूजा गर्ने प्रचलन रहेकाले राष्ट्र बैंकले हरेक वर्ष विशेष व्यवस्था गरी सिक्का बिक्री गर्दै आएको छ।

गत वर्ष सुनको अभावका कारण राष्ट्र बैंकले चाँदीका सिक्का मात्रै बिक्री गरेको थियो। यस वर्ष भने वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरी त्यसबाट असर्फी तयार पारेर बिक्री गर्न लागिएको कार्यकारी निर्देशक दाहालले जानकारी दिए। उनका अनुसार यसपटक लक्ष्मी, गजलक्ष्मी र गणेशको आकृति अंकित चाँदीका सिक्का पनि बिक्री गरिनेछन्।

राष्ट्र बैंकका अनुसार एक जना व्यक्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका बढीमा तीनवटा चाँदीका सिक्का खरिद गर्न सक्नेछन्। असर्फी तथा मेडालियनको मूल्य बिक्री हुने दिनको सुन र चाँदीको बजार मूल्यका आधारमा निर्धारण गरिनेछ। सिक्का निर्माणमा लागेको खर्चसमेत जोडिने भएकाले यस्ता सिक्काको मूल्य प्रचलित बजार मूल्यभन्दा केही बढी हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

सिक्का खरिद गर्न इच्छुक सर्वसाधारणले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर स्पष्ट खुलेको अन्य आधिकारिक परिचयपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। खरिदकर्ताले नगद वा क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

सेन्सरको ‘युनिभर्सल’ अनुमति पाएको ‘पाँच पाण्डव’ प्रदर्शनमा रोक...

  • November 5, 2026

मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनाका कर्मचारीको १ करोड ९७ ला...

  • November 5, 2026

संघीय सरकारको बेरुजु १० अर्ब ६८ करोड, अघिल्लो वर्षभन्दा १ अर्ब...

  • November 5, 2026

बैतडीमा जिप दुर्घटना : एक महिलाको मृत्यु, छ जना घाइते

  • November 5, 2026

ग्लोबल पर्वत समाजको निःशुल्क स्वास्थ्य शिविरबाट चार सयभन्दा बढ...

  • November 4, 2026

श्रम संस्कृति पार्टीको एक वर्ष : वैकल्पिक राजनीतिको उदय र जनअप...

  • November 4, 2026

मधेश प्रदेश सरकारबारे कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओली...

  • November 4, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved