Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ग्लोबल पर्वत समाजको निःशुल्क स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 4, 2026
145Shares

 

कृष्ण कुँवर पर्वत। ग्लोबल पर्वत समाजको आयोजना, मोदी गाउँपालिकाको व्यवस्थापन तथा श्री देउपुर नमुना आवासीय माध्यमिक विद्यालयको सहकार्यमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी नागरिक लाभान्वित भएका छन्।

मोदी गाउँपालिका–स्थित देउपुर नमुना आवासीय माध्यमिक विद्यालयमा शनिबार आयोजित शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए। शिविरमा नाक, कान, घाँटी, मुटु, फोक्सो, नसा, मधुमेह, उच्च रक्तचाप तथा स्त्रीरोगलगायतका समस्या परीक्षण गरिएको थियो। साथै ईसीजी, यूएसजी, सुगर र प्रेसर परीक्षणसमेत गरिएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हीरा देवी शर्माले गाउँमै विशेषज्ञ चिकित्सक र आधुनिक उपकरणसहित स्वास्थ्य सेवा उपलब्ध गराउनु महत्वपूर्ण उपलब्धि भएको बताउँदै आयोजक तथा सहयोगी संस्थालाई धन्यवाद दिइन्।

ग्लोबल पर्वत समाजका संस्थापक अध्यक्ष पुरन गिरी, पूर्वअध्यक्ष झलक केसी, प्रमुख संरक्षक गुणराज शर्मा (गुराँस पौडेल), संरक्षक अर्जुनकुमार श्रेष्ठ तथा अध्यक्ष दधी आचार्यले प्रवासमा रहेर पनि जन्मभूमिको स्वास्थ्य र सामाजिक सेवामा योगदान गर्न पाउनु गौरवको विषय भएको बताए।

समाजका उपाध्यक्ष एवं मोदी गाउँपालिका संयोजक रुद्रमणि लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष दिनेशराज रेग्मीले गरेका थिए।

शिविरमा ओम मेगाश्री फार्मास्युटिकल्स, मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर तथा निको पोलिक्लिनिक, दुबई यूएईको प्राविधिक सहयोग रहेको थियो। समाजले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनाका कर्मचारीको १ करोड ९७ ला...

  • November 5, 2026

संघीय सरकारको बेरुजु १० अर्ब ६८ करोड, अघिल्लो वर्षभन्दा १ अर्ब...

  • November 5, 2026

तिहारका लागि राष्ट्र बैंकले आजदेखि सुन र चाँदीका सिक्का बिक्री...

  • November 5, 2026

बैतडीमा जिप दुर्घटना : एक महिलाको मृत्यु, छ जना घाइते

  • November 5, 2026

श्रम संस्कृति पार्टीको एक वर्ष : वैकल्पिक राजनीतिको उदय र जनअप...

  • November 4, 2026

मधेश प्रदेश सरकारबारे कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओली...

  • November 4, 2026

 इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडल...

  • November 4, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved