नगरकोट । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नगरकोटमा नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटीलाई सहज बनाउने उद्देश्यले कम्पनीले कार्यालय सञ्चालनमा ल्याएको हो ।
काठमाडौंनजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा सञ्चालनमा आएको कार्यालयले विशेष गरी होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा पर्यटनसम्बद्ध व्यवसायसँगको सम्बन्ध विस्तार र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिने कम्पनीले जनाएको छ ।
प्राकृतिक सौन्दर्य, हिमशृङ्खलाको दृश्यावलोकन र शान्त वातावरणका कारण आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय नगरकोटमा पछिल्लो समय होटल तथा रिसोर्ट व्यवसाय विस्तार हुँदै गएको छ । पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न भरपर्दो इन्टरनेट तथा डिजिटल कनेक्टिभिटी पनि आतिथ्य क्षेत्रको महत्त्वपूर्ण आवश्यकता बन्दै गएको छ ।
पर्यटकको अनलाइन बुकिङ, डिजिटल भुक्तानी, सञ्चार, ग्राहक सेवा तथा होटलको दैनिक व्यवस्थापनमा इन्टरनेटको भूमिका बढ्दै गएको सन्दर्भमा नयाँ सम्पर्क कार्यालयले स्थानीय पर्यटन व्यवसायीलाई आवश्यक डिजिटल समाधानबारे जानकारी तथा सेवा समन्वयमा सहयोग पुर्याउने अपेक्षा कम्पनीको छ ।
कार्यालयले मुख्य रूपमा इन्टरप्राइज बिक्री तथा व्यवसाय विकासमा केन्द्रित रहेर होटल, रिसोर्ट, रेस्टुरेन्ट, व्यावसायिक प्रतिष्ठान तथा अन्य संस्थालाई लक्षित गर्नेछ । यसमार्फत स्थानीय व्यवसायको इन्टरनेट तथा कनेक्टिभिटीसम्बन्धी आवश्यकता पहिचान गर्ने, उपयुक्त समाधानबारे जानकारी उपलब्ध गराउने र ग्राहकसँग प्रत्यक्ष समन्वय गर्ने कम्पनीको लक्ष्य छ ।
नगरकोट नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गर्दा पर्यटन पूर्वाधारसँगै डिजिटल पूर्वाधारको विकास पनि आवश्यक देखिन्छ । यसै सन्दर्भमा वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालयले नगरकोटका पर्यटन तथा आतिथ्य व्यवसायलाई डिजिटल रूपमा सक्षम बनाउन र स्थानीय व्यवसायसँगको सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नगरकोटमा सम्पर्क कार्यालय सञ्चालनसँगै वर्ल्डलिंकले नेपालभरका व्यवसायसँग सम्बन्ध विस्तार गर्दै उनीहरूको डिजिटल कनेक्टिभिटी आवश्यकतालाई सम्बोधन गर्ने प्रयासलाई निरन्तरता दिएको छ ।






