Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सात वर्षपछि ३८८ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 19, 2026
2.8K shares

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न भएको सात वर्षपछि जग्गाधनी प्रमाणपुर्जा पाएका छन् ।

साविक रमदैया भवाडी गाविसका वडा नं. २, ३, ४, ६, ७ र ८ का ती परिवारको जग्गाको नाप नक्सा विसं २०७४ मै सम्पन्न भएको थियो । तर, विभिन्न कारणले जग्गा दर्ता प्रक्रिया पूरा हुन नसक्दा उनीहरूले लामो समयसम्म जग्गाधनी प्रमाणपुर्जा पाउन सकेका थिएनन् ।

क्षीरेश्वरनाथ नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख सुखदेव यादवले सम्बन्धित जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गरेका हुन् । नाप नक्सा सम्पन्न भइसकेका नगरपालिका–२ का थप २४२ परिवारलाई पनि आइतबार जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी रहेको नापी कार्यालय धनुषाका प्रमुख उमेशकुमारले जानकारी दिए ।

नाप नक्सा सम्पन्न भए पनि दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै जग्गाधनीलाई प्रमाणपुर्जा वितरणको काम अघि बढाइएको उनले बताए । लामो समयदेखि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्न नसकेका परिवारलाई प्रक्रिया पूरा गरी पुर्जा वितरण गर्न थालिएको उनको भनाइ छ ।

यसअघि भदौ २९ गते हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई पनि जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको थियो । नाप नक्सा सम्पन्न भइसकेका तर दर्ता प्रक्रिया बाँकी रहेका गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या क्रमशः समाधान गर्दै प्रमाणपुर्जा वितरणलाई निरन्तरता दिइने नापी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

संविधान दिवस बहिष्कार गर्दै मंगोल नेशनल अर्गनाइजेशन क्रान्तिका...

  • September 19, 2026

रसुवा बाढीपीडितका लागि गोरखाका स्थानीय तहले जुटाए ३ करोडभन्दा बढी

  • September 19, 2026

भोटेकोशी बाढी : नुवाकोटका चार स्थानीय तहका १,९५५ परिवारको आवास...

  • September 19, 2026

संविधानका उपलब्धिलाई जनजीवनसँग जोड्नु मुख्य दायित्व : प्रचण्ड

  • September 19, 2026

संविधानको मर्मअनुरूप समुन्नत नेपाल निर्माणमा एकताबद्ध बनौँ : उ...

  • September 19, 2026

 संविधान संशोधन लोकतन्त्रको कमजोरी होइन, सुधारको लोकतान्त्रिक ...

  • September 19, 2026

भन्सार छलीका सामान भण्डारण तथा बिक्री वितरण गरेको आरोपमा तीन ज...

  • September 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved