Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘कालो सुन’ अलैँचीले फेरिँदै लमजुङ : विदेशबाट फर्किएका युवाको रोजाइ बन्यो व्यावसायिक खेती

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 15, 2026
0 shares

लमजुङ । ‘कालो सुन’का रूपमा परिचित अलैँची खेतीले लमजुङका किसानको जीवनस्तर सुधार्दै ग्रामीण अर्थतन्त्रलाई बलियो बनाएको छ । विसं २०४१ देखि विस्तार हुन थालेको अलैँची अहिले जिल्लाको प्रमुख नगदेबाली बनेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवासमेत यस खेतीमा आकर्षित भएपछि लमजुङ अलैँची उत्पादनको महत्त्वपूर्ण क्षेत्रका रूपमा स्थापित हुँदै गएको छ ।

मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङले दुबईबाट फर्किएर ४० रोपनीमा अलैँची खेती गर्दै दाना र बिरुवा बिक्रीबाट वार्षिक करिब रु १५ लाख आम्दानी गर्दै आएका छन् । नेपाल अलैँची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष सोमबहादुर तामाङले पनि मलेसियाबाट फर्किएपछि एक रोपनीबाट सुरु गरेको खेती अहिले ३० रोपनीभन्दा बढीमा विस्तार गरेका छन् । मर्स्याङ्दी–५ का गज घलेलगायत अन्य कृषकले पनि अलैँची खेतीबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

केही वर्षअघि रोगका कारण उत्पादन प्रभावित भए पनि यस वर्ष प्रतिकिलो रु एक हजार ८०० देखि रु दुई हजार ५०० सम्म मूल्य पाएपछि किसान उत्साहित भएका छन् । अलैँची खेतीका कारण बाँझो जमिन हराभरा बगानमा परिणत हुनुका साथै गाउँ छाडेका युवा पनि स्वदेश फर्किएर कृषि व्यवसायमा लाग्न थालेका छन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका अनुसार चालु आर्थिक वर्षमा १३५ मेट्रिकटन अलैँची बिक्रीबाट जिल्लामा रु २४ करोड ३० लाख आम्दानी भएको छ । उत्पादन केही घटे पनि मूल्य बढेका कारण किसानको आम्दानी वृद्धि भएको कृषि अधिकृत हरिबहादुर मिजारले बताए । हाल जिल्लामा ७५० हेक्टर क्षेत्रफलमा अलैँची खेती भइरहेको छ भने उत्पादन वृद्धि, रोग व्यवस्थापन र स्थिर बजार सुनिश्चित गर्न सके यसले लमजुङको ग्रामीण अर्थतन्त्रलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

‘उत्पादन र निर्यात बिना देश समृद्ध बन्न सक्दैन’ : ...

  • July 21, 2026

आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध नियन्त्रण ब्यूरोको उल्लेखनीय सफ...

  • July 21, 2026

जन्मदिनको पार्टीमा कुटाकुट, भक्तपुरमा एक युवाको मृत्यु; ३० जना...

  • July 21, 2026

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

कीर्तिपुरमा जलेको कारभित्र पुरुष मृत फेला, प्रहरीले अनुसन्धान ...

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved