Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

१०० दिनमा गृह प्रशासनको ‘हाइप्रोफाइल अप्रेसन’ : धेरै पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 3, 2026
3 shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वालेन्द्र (बालेन) शाह सरकार गठन भएको १०० दिन पूरा हुँदै गर्दा गृह मन्त्रालयले उच्च पदस्थ व्यक्ति तथा प्रभावशाली व्यवसायीविरुद्ध व्यापक कारबाही अभियान सञ्चालन गरेको छ। गृहमन्त्री सुधन गुरुङले दोस्रोपटक मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ‘हरेक फाइल खोलिने’ घोषणा गर्दै पुराना अनुसन्धान अघि बढाउने, जघन्य तथा संगठित अपराधका फाइल टुङ्ग्याउन विशेष टोली गठन गर्ने निर्णय गरेका थिए। नारायणहिटी हत्याकाण्डबारे थप अध्ययन गर्ने घोषणा भए पनि त्यसमा भने अहिलेसम्म कुनै ठोस प्रगति देखिएको छैन।

गुरुङकै निर्देशनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पुराना फाइलहरू पुनः खोलेको छ। यही क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा विद्यालयको रकम हिनामिनाको आरोपमा पक्राउ परे पनि पछि हाजिर जमानीमा रिहा भएका छन्। यसअघि लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद प्रकरणमा छानबिनका लागि मन्त्रालयबाट बाहिरिएका गुरुङ ४८ दिनपछि पुनः गृहमन्त्रीको जिम्मेवारीमा फर्किएका थिए।

सरकार गठनपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वमन्त्री दीपक खड्का, व्यवसायी दीपक भट्ट, शंकरलाल अग्रवाल, सुलभ अग्रवाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल, एमाले नेता कर्णबहादुर मल्ल, लुम्बिनी प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा, पूर्वमन्त्री विष्णु पौडेललगायत उच्च पदस्थ व्यक्तिहरूमाथि अनुसन्धान र पक्राउको शृङ्खला चल्यो। तर अधिकांश आरोपित अदालतको आदेशबाट रिहा भएका छन् भने हाल कर्णबहादुर मल्ल, दीपक भट्ट र सुलभ अग्रवाल मात्रै पुर्पक्षका लागि थुनामा रहेका छन्।

सरकारको कारबाहीमाथि अदालतले पटक–पटक हस्तक्षेप गर्दै प्रमाण र कानुनी आधार कमजोर भएको संकेत गरेको छ। राहदानी छपाइ अनियमितता प्रकरणका अधिकारीहरूदेखि रेखाकुमारी शर्मासम्म धेरै आरोपित धरौटी वा हाजिर जमानीमा छुटेका छन्। सम्पत्ति शुद्धीकरणका मुद्दामा समेत राजनीतिक प्रतिशोधका आधारमा धरपकड गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले सरकारको आलोचना गर्दै आएको छ।

पूर्वगृहसचिव चण्डीप्रसाद श्रेष्ठ र पूर्वडीआईजी हेमन्त मल्लले सुशासनका लागि कानुनअनुसार कडा कारबाही आवश्यक भए पनि अनुसन्धान प्रमाणमा आधारित हुनुपर्नेमा जोड दिएका छन्। राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गर्ने प्रवृत्तिले न्याय प्रणालीमाथि प्रश्न उठ्ने उनीहरूको भनाइ छ। उनीहरूका अनुसार कारबाहीभन्दा पनि अदालतमा टिक्ने बलियो अनुसन्धान र नतिजामुखी अभियोजन नै सुशासनको वास्तविक मापदण्ड हो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved