Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नुवाकोटमा अदालतको आदेशको अवज्ञा गर्दै खोला दोहन ? स्थानीय आक्रोशित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 16, 2026

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–७, रातमाटे क्षेत्रमा रहेका हिमाल एग्रीगेट प्रा.लि. र विशाल रोडा ढुङ्गा उद्योग प्रा.लि.ले अदालतको आदेशको भावनाविपरीत अवैध रूपमा खोला उत्खनन तथा प्राकृतिक स्रोतको दोहन गरिरहेको आरोप स्थानीयवासीहरूले लगाएका छन्।

क्रसर उद्योगहरू मापदण्डविपरीत सञ्चालन भएको भन्दै स्थानीय प्रविनकुमार राईले जिल्ला समन्वय समिति नुवाकोट, प्रहरी प्रशासन, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका लगायत १२ जनालाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले मुद्दाको अन्तिम टुंगो नलागेसम्म खोला उत्खनन, ढुङ्गा–गिट्टीको बिक्री वितरण तथा क्रसर सञ्चालन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

तर,स्थानीयहरूको आरोप अनुसार अदालतको आदेशलाई समेत बेवास्ता गर्दै सम्बन्धित उद्योगहरूले खोला दोहनलाई निरन्तरता दिएका छन्। यसप्रति नियमनकारी निकाय र सुरक्षा प्रशासन मौन बसेको भन्दै स्थानीयवासीले गम्भीर आपत्ति जनाएका छन् भने, याे बिषयमा उक्त उद्याेगका रामबाबु जिसि भने यी बिषयहरु पुरानाे भएकाे र अदालतकाे अल्पकालीन अन्तरिम आदेशकाे म्याद सकिएकाे आशय प्रकट गर्दछन्।

अदालतको आदेश कार्यान्वयन गराउने जिम्मेवारी बोकेका निकायहरू नै मुकदर्शक बनेको आरोप स्थानीयहरूको छ।
यसैबीच, उद्योग सञ्चालनका लागि महादेव फाँट क्षेत्रमा रहेको सिलादेवी विद्यालयको करिब १०० रोपनी जग्गा भाडामा लिएको भनिए पनि वास्तविक रूपमा ७५ रोपनी मात्र सम्झौतामा रहेको दाबीसमेत सार्वजनिक भएको छ। यस विषयमा पारदर्शी छानबिन गरी वास्तविक तथ्य सार्वजनिक गर्न स्थानीयले माग गरेका छन्।

स्थानीयवासी तथा सरोकारवालाहरूले अदालतको आदेशको अवज्ञा, प्राकृतिक स्रोतको अन्धाधुन्ध दोहन र सार्वजनिक सम्पत्तिको सम्भावित दुरुपयोगप्रति सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन, कानुनी कारबाही र वातावरणीय क्षतिको मूल्यांकन गर्न माग गरेका छन्। स्थानियहरूको भनाइमा कानुनभन्दा माथि कोही पनि हुन सक्दैन, र अदालतको आदेशलाई चुनौती दिने जोसुकैलाई कानुनी दायरामा ल्याइनुपर्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

१७ प्रकारका व्यवसायमा पब्लिक कम्पनी अनिवार्य बनाउने प्रस्ताव, ...

  • June 16, 2026

कोशी प्रदेशको ४० अर्ब ४४ करोडको बजेट सार्वजनिक, चालू वर्षभन्दा...

  • June 16, 2026

तरलता बढेपछि निक्षेपको ब्याजदर घट्दै, सात वाणिज्य बैंकले असारम...

  • June 16, 2026

प्रदेश सरकारहरूको बजेट : उद्यमशीलता प्रवर्द्धन र लगानी आकर्षणम...

  • June 16, 2026

मधेशमा विवाद कायमै, रास्वपाका अधिकांश प्रदेश अधिवेशन सम्पन्न

  • June 16, 2026

एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चद्वारा सदस्यता नवीकरण र विस्त...

  • June 16, 2026

भ्रामक सूचना नियन्त्रण र जिम्मेवार पत्रकारिताबारे छलफल

  • June 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved