Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“नदेखिएका अमूल्य सम्पत्तिहरू”

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 24, 2026

श्रीराम रानाभाट, युएई। ‘यस्ता अमुल्य वस्तुहरु छन् आफैसँग तर आफैले नदेखेका ‘

विश्वास गर पानीमा, नाम लेखिँदैन

यदि लेखौँ भने पनि, लेखाई देखिँदैन

तिमी भन्छौ पत्थरको, मुटु रहेछ तिम्रो

तर पत्थरमा लेखिएको,नाम मेटिँदैन ।

एकजना व्यक्ति जतिबेला रिसाइरहने। आफ्नो कामलाई लिएर,आफ्ना श्रीमती छोराछोरीलाई लिएर,अनि त्यो परिवारलाई उठाउनुपर्ने जिम्मेवारीलाई लिएर । आफ्नो घरमा आइरहने आफ्ना आफन्तहरूको उपस्थिति र अपेक्षालाई लिएर ।

एकदिन कामबाट आएर ठस्स बसेको थियो । छोरा आयो, “बाबा हजुरलाई यो होमवर्क गर्न आउँछ..? आउँछ भने सिकाइहाल्नुस् त । उसलाई झनक्क रिस उठ्यो ,गाली गर्यो ‘म मेरो काम गरु कि तेरो..’? सुन्नुपर्यो नि स्कुलमा सर म्याडमले भनेका कुरा …,नबुझे सोध्नु पर्यो । पैसो तिरेको छ । आफ्नो पनि बुद्धि खेलाउनु पर्यो । छोरालाई नराम्रो लाग्यो र उठेर गयो ।

रिस शान्त भएपछि निकै अबेर छोरा सुतेको कोठामा गयो । छोरा हातमा किताब र नोटबुक लिएर झपक्क निदाइरहेको थियो । छोराको हातबाट बिस्तारै नोटबुक झिकेर पल्टाउन थाल्यो के को होमवर्क सोधेको रहेछ के लेखेको रहेछ । त्यो नोटबुकमा प्रश्न थियो- “पहिला आफूलाई मन नपरेको तर, बिस्तारै मन पर्न थालेको कुराहरु बुँदागत रुपमा लेख । यो प्रश्नको उत्तरमा छोराले लेखेको थियो:

१) म धन्य छु मेरा गुरुहरूप्रति यो लामो होमवर्क दिनुभएकोमा । सुरुमा थाहा थिएन स्कुल बिदा हुँदैछ केही समयका लागि भनेर रिस उठ्यो ,तर होमवर्क त स्कुल बिदाका लागि दिनुभएको रहेछ।

२) म धन्य छु ,जसले अलाराम लाउने घडी बनाउनु भयो । बिहान जब अलाराम बजेर उठ्नुपर्छ रिस उठ्छ । तर त्यसले म जिउँदो भएको जानकारी दिँदो रहेछ । समयमा उठ्ने अनुशासन पनि सिकाएको हुँदो रहेछ ।

३) म धन्य छु भगवान त्यो औषधिका लागि जुन खानै मन लाग्दैन । तर औषधि खाएको भोलिपल्ट म चङ्गा भएर घुमफिर गर्न सक्छु । स्कुलमा गएर खेल्न सक्छु, पढ्न सक्छु ।

४) म धन्य छु भगवान जसले मेरा बाबाआमालाई जन्म दिनुभयो । आज उहाँ मेरो बुबा हुनुहुन्छ । उहाँको बेलाबेलाको हप्कीले मलाई दुःख त लाग्छ तर मलाई चाहिने सम्पूर्ण चिज उपलब्ध गराउनुहुन्छ । कति साथीभाई भन्छन् मेरा त बुवा नै हुनुहुन्न । मेरो त बुबा हुनुहुन्छ…मेरो आकाश ।

छोराको यो समझदारीपूर्ण तरिकाले लेखिएको नोटबुकका हरफहरू पढ्दा पढ्दै दुईटा आँखाका चेप हुँदै आँसु गुल्टिँदै नोटबुकमा झरेपछि बाबुलाई महसुस भयो, “सानो मान्छे भनेर के हेप्नु ? उसको विवेकले घाएल बनाइदियो । दिमाग उघारिँदै गयो । निन्द्रामा लुटपुटिएको छोराको निधारमा चुम्बन गर्यो र आफ्नो कोठामा गएर आफ्नै दिमागलाई सम्झाउन थाल्यो ।

१) म आफ्नो काम र कमाइबाट खुसी छैन तर हजारौं मान्छे बेरोजगार छन् । मेरो जस्तो काम खोजिरहेका छन् । भगवान मेरो छोरालाई माध्यम बनाएर आँखा खोलिदिनुभयो म हजुरप्रति आभारी छु । मसँग जागिर छ ।

२) मैले मेरो परिवारको सारा जिम्मेवारी उठाउनुपर्छ मतलब मसँग परिवार छ ,श्रीमती छन् ,छोराछोरी छन् । म उनीहरु भन्दा भाग्यमानी छु जसको विचारा परिवारै छैनन्, सन्तान छैनन् एक्लै छन् ।

३) इष्टमित्र पाहुना पाछा मेरोमा आइरहन्छन् मतलब मेरो सामाजिक स्टाटस राम्रो छ । मेरो सुखमा दुःखमा उनीहरू छन् । आश गर्छन् मतलब दिने हैसियतमा रहेछु । गुनासो गर्छन् मतलब मेरा कमजोरीहरु सुधार्नलाई होला । धन्यवाद भगवान सबै कुराका लागि मलाई माफ गर्दिनुस् मैले हजुरको दयालाई चिन्न सकिन ।

बिहान उठ्ने बित्तिकै सृष्टिकर्तालाई धन्यवाद दिनुहोस् हजुरले अर्को दिन पाउनुभयो । दिनौं लाखौं मान्छेले अर्को दिन देख्न पाउँदैनन् । कृतज्ञ रहनुहोस् तपाईं स्वस्थ हुनुहुन्छ। दैनिक हजारौं मान्छे अस्वस्थताका कारण अल्पायुमै गुज्रने गर्छन् । घर छ ,पानी ओत्छ ,सुत्ने ठाउँ छ। करोडौँ मान्छे घरबारविहीन छन्,ओत्नलाई घर छैन । तपाईंलाई भोको बस्नु परेको छैन । मिठो नमिठो पेट भरिएको छ। तपाईँलाई थाहै छ लाखौं मान्छे खानाको अभावले बर्सेनी कुपोषण भएर मर्ने गर्छन् । पढ्न त पाउनुभएको छ तर प्राइभेट विद्यालय मा पढ्न पाउनु भएन या नाम चलेकोमा पढ्न पाइन भन्ने गुनासो होला । अझै पनि हाम्रै देशमा कति ठाउँमा विद्यालय छैनन् । भए पनि दुई तीन घण्टा लागेर जानुपर्छ ।

तपाईँ हिँड्न सक्नुहुन्छ, दौडिन सक्नुहुन्छ, बोल्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ सुन्न सक्नुहुन्छ । धन्य रहनुस् यी सबै गर्न नसक्ने मान्छेहरु पनि छन् । जति पनि हाम्रा दुःख र समस्याहरू छन् तिनीहरूलाई हामी नकारात्मक दृष्टिकोणबाट हेर्ने गर्छौं । तर तिनै चिजलाई सकारात्मक दृष्टिकोणबाट हेर्ने हो भने हाम्रो सोचाई, हाम्रो जीवन अवश्य बदलिन सक्छ । सबै थोकको प्राप्तिपछि हामीलाई चाहिने खुसी नै हो । खुसी रहनुहोस् मस्त रहनुस् । खुसी केवल महलमा मात्र होइन। झुपडीमा पनि मिल्छ तर सन्तुष्ट बन्न जान्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडौंमा खैराे हेराेइन सहित दुई जना पक्राउ

  • April 24, 2026

एस.ई.ई. परीक्षा दिन जाँदै गर्दा दुर्घटनामा परेकी मनीषा भण्डारी...

  • April 24, 2026

एक दशकदेखि रित्तै २३३ फ्ल्याट : विकल्प हुँदाहुँदै सुकुमबासी कि...

  • April 24, 2026

सुकुमबासीलाई सडक मानव बनाउने नीति सर्वथा गलत हो : हर्कराज राई

  • April 24, 2026

सत्ता–माफिया साँठगाँठबारे कांग्रेस नेता भण्डारीको कडा टिप्पणी,...

  • April 24, 2026

प्रेमिकाकाे छाेरि बलात्कार आराेपमा प्रहरी जवान पक्राउ

  • April 24, 2026

नेपाल–जापान सम्बन्धमा नयाँ आयाम: कानून सुधार र प्रविधि सहकार्य...

  • April 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved