काठमाडौं। नेपालका लागि जापानका राजदूत H.E. Mr. MAEDA Toru सँग कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ। उक्त भेटका क्रममा राजदूत Toru ले नेपाल सरकारलाई बधाई तथा शुभकामना व्यक्त गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभएको थियो।
भेटवार्ताका क्रममा नेपाल र जापानबीच विगतदेखि हुँदै आएको कानून सुधारसम्बन्धी सहकार्यलाई निरन्तरता दिने विषयमा विशेष जोड दिइएको थियो। दुवै पक्षले बदलिँदो विश्व परिवेशअनुसार कानुनी संरचनालाई समयानुकूल बनाउनु आवश्यक रहेकोमा सहमति जनाएका थिए।

त्यसैगरी, सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स जस्ता आधुनिक क्षेत्रहरूमा तीव्र विकास भइरहेको सन्दर्भमा ती विषयलाई व्यवस्थित गर्न उपयुक्त कानून निर्माणको आवश्यकता रहेको कुरामा पनि छलफल केन्द्रित भएको थियो।
यस क्षेत्रमा नेपाल र जापानबीच सहकार्य विस्तार गर्न सकिने सम्भावित क्षेत्रहरूको पहिचान गर्ने विषयमा समेत सकारात्मक विचार आदानप्रदान भएको जनाइएको छ।
भेटका अन्त्यमा नेपालले जापान सरकारसँग आवश्यक पर्ने कुनै पनि विषयमा छलफलका लागि सधैं खुला रहेको सन्देश दिएको थियो। यस भेटलाई दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने तथा भविष्यमा नयाँ सहकार्यका ढोका खोल्ने अवसरका रूपमा हेरिएको छ।










