काठमाडौ । प्रहरी जवान भुवन राम लुहार बलात्कारको आरोपमा पक्राउ परेका छन् । लुहारले प्रेमिकाकी ६ वर्षीया छोरीलाई इमाडोलस्थित निवासमै गएर बलात्कार गरेको उजुरी परेपछि उनको कर्तुत बाहिरिएको हो ।
प्रेमिकाका श्रीमान् विदेशमा रहेको बेला प्रहरी जवान लुहार डेरामा गईरहने गरेको र गत पुस १८ गते साँझ ब्ल्यांकेटले छोपेर बालिकालाई बलात्कार गरेको उजुरीमा जनाइएको छ ।

यता, बयानका क्रममा लुहारले इन्कारी बयान दिएका छन् । उनले बालिकाकी आमासँग आफ्नो प्रेमसम्बन्ध रहेको र शारिरीक सम्बन्ध समेत रहेको स्वीकारेका छन् । तर, नाबालिकालाई बलात्कार नगरेको बयान दिएका छन् ।
उनी सर्वोच्च अदालतको सुरक्षा एकाइमा कार्यरत रहेको पनि जनाइएको छ । उनले रिसइबी र झैझगडाको कारण आफूलाई फसाउन झुटो जाहेरी दिएको दाबी गरेका छन्।










