Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

केन्द्रकाे निर्णयकाे समर्थनमा बागमति प्रदेश, सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई दिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 23, 2026
29Shares

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि दिइने बताएका छन् ।

नेपाल पत्रकार महासंघको आन्दोलनक्रममा मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएको टोलीलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री बानियाँले यो विषयमा आफूले प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि जानकारी गराएको बताएका छन् ।

‘लोकतन्त्रको मर्मअनुसार, भावनाअनुसार निजीक्षेत्रलाई सँगै लिएर जानु पर्ने कुरा प्रधानमन्त्रीलाई सम्झाएँ,’ बानियाँले भने, ‘मिडिया हाउसलाई, कानूनबमोजिम दर्ता गर्न पाउने, विज्ञापन दिन्न पाइन्नँ भन्न हुन्न, सायद केन्द्र सरकारले पनि पाउँदैन होला भनेँ ।’

‘यो त केन्द्र सरकारको पनि ब्लन्डर हो, यसले एकातिर निजीक्षेत्रका मिडियासँग अर्कोतिर हामीलाई परिपत्र गर्दा संघ सरकार र प्रदेश सरकारमा द्वन्द्व बढ्छ, पाएको अधिकारबारे जानकार भएका छौँ,’ बानियाँले भने, ‘यसपछि प्रधानमन्त्रीले सरकारी टेन्डरबाहेक अरु होइन भन्ने प्रष्ट पार्नु भएको छ ।’

बानियााले प्रमुख सचिवलाई यसबारे जानकारी गराइएको र बागमती प्रदेश सरकारमा टेन्डरबाहेक अरु सूचना निजी क्षेत्रलाई दिन निर्देशन दिइएको बताए । ‘रोकावट भए राम्रो हुन्न,’ बानियाँले भने, ‘सरकारी टेन्डरबाहेक अरु सबै विज्ञापन निजीक्षेत्रले पाउनेछ, सबै मन्त्रालय र सचिवहरुलाई मुख्यसचिवमार्फत भनिएको छ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved