काठमाडौं । श्रम संस्कृति पार्टी ले प्रतिनिधिसभाको समानुपातिकतर्फ पठाउने सांसदहरूको नाम टुङ्ग्याएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा उक्त पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गर्दै ४ सिट सुरक्षित गरेको थियो। सोही आधारमा पार्टीले चार जना सांसद सिफारिस गर्ने निर्णय गरेको हो।

आदिवासी: पूर्ण प्रसाद लिम्बु, खस आर्य: अम्बिका देवी सङ्ग्रौला, मधेसी: रुवी कुमारी ठाकुर र दलित: राधिका रम्तेल सहित चार जना समानुपातिककाे नाम सिफारिस गर्ने टुङ्गो लागेको छ।










