Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा अब सबैभन्दा ठूलो दल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 10, 2026
0 shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय अग्रता कायम राखेको छ ।

हालसम्मको मतपरिणाम अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ रास्वपाले १२५ सिट जित्दै सबैभन्दा ठूलो दलका रूपमा उभिएको छ ।

कुल १६५ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ । सार्वजनिक भएको परिणाम अनुसार नेपाली कांग्रेसले १८ सिट जितेको छ भने नेकपा एमालेले ९ सिट हात पारेको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ८ सिट जितेको छ ।

यसैबीच समानुपातिक तर्फको मतगणनामा पनि रास्वपाले अग्रता कायम राखेको छ । हालसम्मको मतपरिणाम अनुसार रास्वपाले ४९ लाख ८७ हजार ७०० मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले समानुपातिकतर्फ १६ लाख ९१ हजार ७६ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १४ लाख ७ हजार ९२३ मत पाएको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टीले ७ लाख ६६ हजार ३९२ मत प्राप्त गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ सिट प्राप्त गर्न राजनीतिक दलले कुल मतको कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ ।

हालसम्मको मतगणनाका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मात्र उक्त थ्रेसहोल्ड पार गर्ने अवस्थामा देखिएका छन् ।

नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपा, जससँग पूर्व काठमाडौं महानगरपालिकाका मेयर तथा ¥यापर बालेन्द्र शाह पनि आबद्ध रहेका छन् ।

यो पार्टी यस निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्दै संसदमा बलियो उपस्थिति बनाउने दिशामा अघि बढेको देखिन्छ ।

यही ट्रेन्ड कायम रहेमा रास्वपाले समानुपातिकबाट मात्रै करिब ६० सिट थप्ने अनुमान गरिएको छ । यसरी प्रत्यक्ष र समानुपातिक जोड्दा रास्वपाको कुल सिट संख्या १८५ पुग्न सक्छ, जुन २७५ सदस्यीय प्रतिनिधिसभामा दुई–तिहाइ बहुमत (१८४ सिट)भन्दा बढी हो ।

रास्वपाको लहरले पुराना स्थापित दलहरूलाई निकै पछाडि छाडेको छ । बालेन शाह र रास्वपाको यो सफलतालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बधाई दिएका छन् ।

सोमबार साँझ रास्वपा सभापति रवि लामिछाने र नेता बालेन शाहसँग टेलिफोन संवाद गर्दै प्रधानमन्त्री मोदीले चुनावी सफलताको लागि शुभकामना दिएका हुन् । उनले अब नयाँ बन्ने सरकारसँग मिलेर भारत र नेपालको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved