Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रसुवामा नौ उम्मेदवारको धरौटी जफत

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 10, 2026
29Shares
रसुवा । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रसुवामा उम्मेदवार रहेका नौ जनाको धरौटी जफत भएको छ। मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीकाअनुसार धरौटी जफत हुनेमा छ दल र तीन स्वतन्त्र उम्मेदवार रहेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ को दफा ६४ बमोजिम धरौटी जफत हुनेमा नेकपाका माधवप्रसाद लामिछाने, उज्यालो नेपालका मानबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाइजेसनका विनोद थिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद घिमिरे, प्रगतिशील लोकतान्त्रिकका दावा मिङ्मर तामाङ र नेकपा माओवादी (विप्लब)का होमप्रसाद आचार्य रहेका छन्।

यसैगरी, स्वतन्त्र उम्मेदवारमा चित्रकुमारी देवकोटा, मिङ्मर तमाङ र सागर लामा रहेको मुख्य निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए। सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्नेमा सो प्रतिशत नपुगेका कारण उनीहरुको धरौटी जफत भएको र सो रकम राज्यकोषमा सदर गरिने जनाइएको छ।

नियमानुसार पुरूषकोभन्दा महिला उम्मेदवारको ५० प्रतिशत शुल्क कम हुने भएका कारण रसुवा जिल्लाबाट महिला उम्मेदवारमध्ये देवकोटाको नामबाट पाँच हजार रुपैयाँ र अन्य पुरुष उम्मेदवारहरुको हकमा दश हजार रुपैयाँका दरले जम्मा ९५ हजार रुपैयाँ सरकारको खातामा जाने बताइएको छ।

रसुवामा नौ दल र तीन स्वतन्त्र गरी कुल १२ जना उम्मेदवारमध्ये नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका थिए। धरौटी फिर्ता पाउनेमा रास्वपाका वसन्त भट्ट र नेकपा एमालेका प्रेम तामाङ रहेका छन्।

यस्तै, निर्वाचन ऐननियमअनुसार सबै उम्मेदवारले चुनावी खर्च विवरण ३५ दिनभित्र बुझाउन दल एवं स्वतन्त्र उम्मेदवारलाई आइतबार पत्राचार गरिएको जिल्ला निर्वाचन अधिकारी राजन रायले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जुनसुकै जिल्लाबाट लिएकाे नागरिकताकाे प्रतिलिपि अन्य जिल्लाबाट ...

  • October 28, 2026

ग्लोबल आईएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्ड

  • October 28, 2026

हर्क साम्पाङको प्रतिबद्धता : हुम्लामा तुइन विस्थापन गरी झोलुङ्...

  • October 28, 2026

मलेसियाले FWCMS भर्ती प्रणाली नफेर्ने, नेपालका १,११४ म्यानपावर...

  • October 28, 2026

बुद्ध प्रतिमाको शिलालेख सच्याएर पुनः स्थापना गरिने

  • October 28, 2026

गुराँस लघुवित्तको ११औँ वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत ...

  • October 28, 2026

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद दर

  • October 28, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved