Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आफ्ना र परायको भेद छुट्याउन सक्नुपर्छ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 29, 2025
3 shares

श्रीराम रानाभाट, दुबई । विश्व इतिहासले पनि सावित गर्छ , पृथ्वीमा सृष्टि भएका हरेक प्रपाणिहरु मध्य मानिस चेतनशिल प्राणि हाैँ र हामी मानिसहरुले असल के र खराब के भन्ने थाहा गर्न सक्छाैँ तै सबैलाई थाहा छ यथार्थ तितो हुन्छ । तर तीतो नै यथार्थ हुन्छ ।

जुन दिनदेखि तपाईँ घरको कुरा पर लानुहुन्छ तपाईँलाई परकै नशा लाग्छ । जब होटलमा खाना खाने आदत बन्छ नि घरको खानामा स्वाद भेटिँदैन । घरको खानामा कहिले नुन बढी हुन्छ ,कहिले कम । कहिले खुर्सानी बढी हुन्छ त कहिले कम । भलै स्वाद नहोला तर स्वस्थकर हुन्छ । घरभित्र डडेको खाना घर बाहिर लगेर प्रदर्शन गर्नु भनेको मान्छेहरूको समाचारका लागि हेडलाइन बनाउनु हो । यहाँ हेडलाइन खोजिरहेका हुन्छन् मान्छेहरु ।

घरभित्रको कुरा जब बाहिर लिएर गइन्छ ,यो भनेको घरबाट जाँदा कपडा लगाएर जानु ,फर्कँदा निर्वस्त्र भएर आउनु जस्तै हो । बनाउने आफै,संघर्ष गर्ने आफै अनि भत्काउन खेताला….?
अनुभव र अध्ययनले के भन्छ भने ९० प्रतिशत मान्छे आफूलाई भिक्टिम(victim )पीडित मान्छौं । अनि यो पीडित पीडितहरूको ग्रुपिजम(एकता )हुन्छ । अहिले राष्ट्रिय राजनीतिमा समाजवादी मोर्चाको जस्तै । जसरी कम्पनीमा तल्लो लेभलका कर्मचारी माथिल्लो लेभलका म्यानेजर , सुपरभाइजरहरू बाट बेखुसी हुन्छन् अनि उस्तै उस्तै मिलेर कुरा काटिरहेका हुन्छन् ।

सम्बन्धलाई सकिन खै, दिन गती मैले
तिमीलाई पनि त्यस्तै लाग्ला,गरें जती मैले
यो ईर्ष्याको बेलुनभित्र ,हावा बढी भयो
अलिकति तिमी छोड, अलिकति मैले ।

कोही आफ्नो भाइ पीडित, कोही आफ्नो दाई पीडित, बुहारी भाउजु , बाउआमा पीडित, देउरानी जेठानी पीडित,देवर जेठाजु ,नन्द अमाजु ,सासु ससुरा । यस्ता पीडित ठान्नेहरुको संगठन हुन्छ । तिमी उस्तै म उस्तै उस्तै, उस्तै उस्तै मिलियो दुरुस्तै……। मेरो त ऊ यस्तो ,ऊ यस्ती… आफ्नो आङको धुलो टकटक्याउँदै गर्दा परिवारका सदस्यहरूको पैतलाको धुलो देखाइरहेका हुन्छन् । प्राय दाइहरू भाइहरू भाउजुहरू जेठानीहरू… यिनीहरूलाई हिजो मैले के खाएँ के गरें याद हुँदैन ।

तर कसैले आफूलाई कहिले के गरेको थियो ,के भनेको थियो भन्ने कुराको इतिहास बोकेर हिँडेका हुन्छन् । कहिले बिर्सिदैनन् आफूले बनाएको घाउ आफै निको हुन नदिने ,अनि उसले निको गराइदिएन भनेर भिक्टिम मेन्टालिटी (victim mentality) बनाउने ।

तपाईँ आफ्नो दाई या भाईको गुनासो,कमी कमजोरी किताबको पाना पल्टाएझैँ पल्टाइरहनु भएको छ । कसैलाई,….? साम्नेवाला व्यक्तिलाई ।हितैसी भलै, आफ्नो भाई या दाईको ठाउँमा त्यो सामनेवाला व्यक्तिलाई राख्नुस् त कसरी लिन्थ्यो होला तपाईंलाई ? त्यसरी नै जसरी आज लिइरहेको छ ? या फेरि त्यही हुन्थ्यो होला जे आज आफ्नो दाई या भाईका लागि भएको छ….? आफ्नो भाउजु या बुहारीको बैगुन- मन्त्र सुनाएझैँ कसैलाई सुनाउँदै हुनुहुन्छ ।

ती पात्र यदि तपाईंकी बुहारी या भाउजु भइदिएको भए कुरा यिनै हुन्थे जे आज भइरहेका छन् ? सामीप्यता यही हुन्थ्यो जे आज छ ? कान थापिदिने हरेक पात्र सम्बन्धका लागि योग्य हुन्छ भन्ने होइन । जो सँग धुरी सेयर गर्दा, भान्सा सेयर गर्दा, सिरक सेयर गर्दा अप्ठ्यारो भएको छ, यी सँग पनि हुन्थ्यो जोसँग हुँदैनथ्यो भन्ने कल्पना गर्नुभएको छ । हामी जहिले पनि आफ्नो कुरालाई लिएर न्यायाधीश बन्छौं र अरुको कुरामा वकिल ।

दिदीबहिनी ! तपाईँ आफ्नै नन्द या आमाजु, देउरानी या जेठानी, सासु या ससुरा, देवर वा जेठाजु जसको बारेमा कोही कान थापिदिने मान्छेसँग मुटु नै झिकेर दिँदै हुनुहुन्छ ती सामन्ने वाला व्यक्तिलाई । त्यो कान थापिदिने सँग जे जस्तो छ आज, त्यही मेलमिलाप रहन्थ्यो या रहँदैनथ्यो होला…..? फर्किएर हेर्नुहोस् ,माइतमा बाउआमा दाजुभाई, दिदीबहिनी,भाइबुहारीहरु पनि कोही अर्कासँग तपाईंको बारेमा,दाइको, भाईको बारेमा,बाउआमाको बारेमा यस्तै कुरा काट्दै हिँड्छन् रे कस्तो लाग्छ त्यतिबेला ? मान्छेहरूलाई मान्छेकै प्रशंसा गर्न पो गाह्रो छ । आलोचना गर्न र सुन्न त दुश्मन पनि हात मिलाउन आउँछन्…।

अवश्य पनि कहीँ कतै नराम्रो लाग्छ मन दुख्छ ढुङ्गाको मुटु त होइन । तर जो सँग दुःख बिसाउनु पर्यो भनेर दुःख बिसाइयो, उसले कुन चाहिँ औषधि दियो..? औषधि दियो या झन् बल्झाइदियो…? हामीले ५० प्रतिशत नकारात्मक बोलेका थियौं होला सामन्नेवालाले १०० प्रतिशत बनाएर भन्दिन्छन् ।अनि त्यो सम्बन्ध कति धेरै डढ्छ होला…? कोही कोही मान्छे त अति नै गर्छन् खति हुनेगरी ।

हामी हाम्रा छोराछोरीका अगाडि कोही पनि आफन्तको टिप्पणी गरिरहेका हुन्छौं । अब ती व्यक्तिलाई हाम्रो छोराछोरीले हेर्ने दृष्टिकोण कस्तो बन्छ होला….? छोरा ठूला हुन्छन् विवाह गर्छन् एकआपसमा मतभेद हुन्छ मनमुटाव हुन्छ । हामी आफै भन्न थाल्छौं दाजुभाइ त एक पो हुनुपर्छ किन विवाद ? भाई फुटे, गवार लुटे । यो भनाई आफ्ना दाजुभाईमा पनि लागू गरिदिएको भए…। अनि छोराछोरीकै अगाडि मनमुटावको बिरुवा आफैले रोपेको,हुर्काएको होइन..?

एकजना व्यक्ति बसाई सर्नका लागि पल्लो गाउँमा गएछन् । त्यहाँ एकजना वृद्ध भेटिएछन् । उनले ती वृद्धलाई सोधे बुबा ! म यो गाउँमा बसाईं सर्न खोजेको के तपाईं भन्नुहुन्छ यहाँको समाज कस्तो छ,मान्छे कस्ता छन्…? तब ती वृद्धले भने “यहाँका मान्छे जान्नुभन्दा पहिला मलाई भन्नु कि जहाँबाट आउँदै हुनुहुन्छ त्यहाँका मान्छे कस्ता छन् “? ती व्यक्तिले भने “त्यहाँका मान्छेको कुरा नगर्नुस् ,यति खराब छन् कि म त्यही भएर यहाँ सर्न खोज्दैछु”। तब बृद्धले भने “उसो भए यो ठाउँमा त झन् तपाईँ रहनै सक्नुहुन्न ,झन् खराब छन्”। ती व्यक्ति त्यहाँबाट गए । अर्को दिन त्यसैगरी एकजना व्यक्ति आए र तिनै वृद्धसँग सोधे बुबा ! “म यो ठाउँमा बसाई सर्न खोजेको । के मलाई भन्न सक्नुहुन्छ यहाँको वातावरण कस्तो छ, मान्छेहरु कस्ता छन् “? ती वृद्धले त्यही प्रश्न दोहोर्याए । “पहिला भन्नु तपाईं जहाँबाट आउँदै हुनुहुन्छ त्यहाँका मान्छे कस्ता छन्….”? तब ती व्यक्तिले भने । “म बसेको ठाउँमा त मान्छेहरु ईश्वरको रूप का नै छन् । साह्रै इमान्दार छन् सहयोगी छन् तर म मेरो व्यवस्थाले यहाँ बसाइँ सर्न खोजेको हुँ”। तब वृद्धले भने “तपाईं ढुक्क हुनुस् यहाँका मान्छे त्यहाँका भन्दा कम छैनन् । कुनै पनि कुरामा गुनासो गर्ने ठाउँ रहने छैन “।

तपाईं ती पहिलो व्यक्तिको आफन्त पर्नुभयो या दोस्राको…? दोस्रो व्यक्तिको हो भने सम्बन्ध सुमधुर छ। पहिलोको हो भने….. त्यस्तै त्यस्तै हो । मेरो जतिसुकै अनन्य मित्र होस्, जोसँग मैले आन्द्रा उल्ट्याउँथे । तर मलाई तल या माथि केही भइहाल्यो भने सबैभन्दा पहिला दया मेरै भाईमा पलाउँछ । जगियामा बस्न होस् या क्रियाघर, त्यतिबेला अघिपछि गर्ने यिनै आफ्ना व्यक्ति हुन्छन् । जस्को मैले नाम लिएँ । अरु त केवल फुर्सदमा आउने हुन् हेर्नका लागि । भाग्यमा जोडिएका सम्बन्ध हुन् बदल्न सकिँदैन । सबैको आआफ्नै स्थान छ । तिनलाई त्यही स्थानमा रहन दिउँ, स्वीकारौँ । घृणा जति गर्‍यो त्यति फैलन्छ प्रेम पनि त्यही हो । अजम्बरी कोही छैन । पहलमान जति नै भएपनि अरुले नै लैजान्छन् आर्यघाट । सधैँ व्यहोर्न पर्ने मान्छे र केवल कुरा काट्नका लागि मात्र जोडिएका मान्छेको बीचको भेद छुट्याउन सक्नुपर्छ । बुझ्न सक्नुपर्छ । आफ्ना त आफ्नै हुन्छन् । आफ्नाहरुको कुरा कहिलै बाहिर लगेर पसार्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved