Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

” तरेलीका पिपिराहरु ” बेलबारी साहित्य विकाश समिति द्वारा लोकार्पण.

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 1, 2025

हिमांशु राय ,मोरङ-बेलबारी । बेलबारी साहित्य बिकास समितिको आयोजनामा कवि शेर बहादुर खपाङ्गीको कविता सङ्ग्रह “तरेलीका पिपिराहरु” लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिल प्र.राई बिशिस्ट अतिथि पुर्व सांसद हर्कमान तामाङ,संविधानसभा सदस्य मधु गुरुङ, समिक्षक साहित्यकार ईरानराई ,बेलबारी बहुमुखी क्याम्पस प्रमुख भुपेन्द्र प्रसाद कोईराला लागायत विभिन्न साहित्यिक एवम शैक्षिक र समाजिक संघ,सस्थाहरु बाट प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी हुनेहरुको संख्या बाक्लो रहेको थियो।

साहित्यिक स्रष्टा,सर्जक समाजिक ब्याक्तित्व कृति लेखकका परिवारजन,सहकर्मी अन्य विभिन्न ब्याक्तित्वहरु मिडिया,सञ्चारकर्मीहरूको गरिमामय उपस्थितिले पुस्तक लोकार्पण कार्यक्रम सबैका लागि उत्साहजनक बनेको आयोजक समितिले बताएको छ।

कार्यक्रममा कृतिको समिक्षा साहित्यकार इरान राईले प्रस्तुत गरे।
बेलबारी क्याम्पसका प्रमुख भुपेन्द्रप्रसाद कोईरालासहित अन्य विभिन्न बौद्धिक ब्याक्तित्वहरु समेत कार्यक्रममा सहभागी हुदाँ आयोजक बेलबारी साहित्य विकाश समितिलाई थप उत्साह र हौशला मिलेको आयोजकले बताएको छ।

कार्यक्रममा मन्तव्य, गीत गायन, रचना वाचन लगायतका विविध साहित्यिक प्रस्तुतीहरू मार्फत वातावरण साहित्यिक र सांस्कृतिकमय रंगिन माहौलमा रंगिएको बताईएको छ।
समितिका तर्फबाट अध्यक्ष रमेश निरौलाले कार्यक्रममा सक्रिय भूमिका निर्वाह गर्ने सबै १०९ जना सहभागीलाई प्रेमपूर्वक सम्मान र आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा निमन्त्रणा गरेका प्रायजसो सबै स्रष्टा र सर्जक लगायत अन्य ब्याक्तित्वहरुको गरिमामय उपस्थितिका कारण कार्यक्रम अत्यन्त प्रभावशाली र सफल बनेको आयोजकले बताएको छ। यस्ता साहित्यीक कार्यक्रमहरुले ब्याक्ति भित्र रहेको निहित प्रतिभालाई मात्र नभएर भौगोलिक स्थान,संस्कृति र परम्परालाई पनि संरक्षण र प्रर्वधन गर्न अग्रणी भुमिका निर्वाह गर्ने भएकोले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरु आयोजना गर्ने कार्यक्रम आयोजक बेलबारी साहित्य विकाश समितिका अध्यक्ष रमेश निरौलाले बताउनु भयो।

आयोजक संस्था बेलबारी साहित्य विकाश समिति ले ओझेलमा परेको एउटा सर्जकको प्रतिभालाई यसरी बाहिर ल्याउने महत्त्वपूर्ण काम गरेकोमा कवि शेर बहादुर खपाङगीले अत्यन्तै खुशी र भावुक हुदै आयोजक संस्था र कार्यक्रममा सहभागी हुने सम्पुर्णमा आभार ब्याक्त गर्नु भयो।

साहित्य विकाश समितिले आफ्नो स्थापनाकाल देखि नै कला,संस्कृति,गीत संगित र साहित्य संग जोडिएर विविध रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गृहमन्त्रीले राजिनामा दिँदादिँदै ५८० जना आजै पक्राउ

  • April 22, 2026

नागढुङ्गा वडा कार्यालय सुनसान: कर्मचारी अनुपस्थित हुँदा सेवाग्...

  • April 22, 2026

गृहमन्त्री गुरुङले दिए पदबाट राजिनामा

  • April 22, 2026

दुर्गा प्रसाईं माथि फेरि उजुरी

  • April 22, 2026

अन्ततः सुदनले दिए राजिनामा

  • April 22, 2026

गृहमन्त्रीको राजनामा बिरुद्द जेन्जी २.० काे आपत्ति

  • April 22, 2026

विद्यार्थी संगठन—विद्यार्थीका लागि कि नेताका लागि?

  • April 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved