Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संकटकाल लगाउने तयारीमा ओली ,सेना परिचालन हुनसक्ने: देव गुरुङ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 14, 2021
198 shares

काठमाडौं जेष्ठ ३१ – मुलुकको राजनीतिमा अनिष्टको संकेत देखापर्न थालेको छ । केही दिनयता राजनीतिक दलका नेताहरुको अभिव्यक्ति हेर्ने हो भने मुलुक संकटमा फस्दै गएको अनुमान लगाउन गाह्रो छैन ।

अघिल्लो साता आइतबार पूर्वप्रधानमन्त्री तथा सजपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकप्रति घात हुन लागेको आफूले सूचना भएको र यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका शीर्षनेताहरुलाई जानकारी गराएको बताए ।

मुलुकप्रति घात हुन लागेको बताएका उनले कस्तो किसिमको घात हो भन्नेबारे केही खुलाएनन् । गत पुस ५ गतेदेखि यही जेठ ८ गते प्रतिनिधि सभा विघटन हुँदासम्म मुलुकभित्र र बाहिर रहेका तत्वहरुको ठूलो ग्राण्ड डिजाइनअनुसार भएको उनको दाबी थियो ।

त्यसपछि गत शनिबार डा. भट्टराईसहित पाँच पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, र झलनाथ खनालले नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप भइरहेको भन्दै प्रेस विज्ञप्ति जारी गरे ।

उनीहरुले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्नेमा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहन्छौँ ।’ केही महिना अघि प्रधानमन्त्री ओलीले विदेश शक्तिले आफ्नो सरकार ढाल्न खोजेको आरोप लगाएका थिए ।

प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरुले नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिको चलखेल भएको बताए पनि कसको खेल हो भन्नेमा स्पष्ट पारेका छैनन् । तर, लामो राजनीतिक संघर्ष र बलिदानपछि प्राप्त राजनीतिक उपलब्धी धरापमा पर्ने गरी भइरहेका राजनीतिक गतिविधि र नेताहरुको सार्वजनिक अभिव्यक्तिले मुलुक संकटमा फसिरहेको अनुमान लगाउन सकिन्छ ।

देश र पार्टीको नेतृत्व गरेका व्यक्तिहरुले आन्तरिक मामिलामा बाह्य हस्तक्षेप रहेको बताउँदा तथा त्यो कुन समूह वा देश र व्यक्ति, संस्था हो भन्नेमा नखुलाई सतही रुपमा भनिए पनि यसलाई हल्का रुपमा लिन सकिँदैन ।

केन्द्रदेखि प्रादेशिक सरकारमा भइरहेका अस्वभाविक राजनीति व्यवहारले कोरोनाबाट पीडित जनता निराश बनिरहेका छन् । त्यसमाथि मुलुमा बाह्य हस्तक्षेप भइरहेको पूर्वप्रधानमन्त्रीहरुको सार्वजनिक दाबीले झनै चिन्तित् बनाएको छ ।

केन्द्रदेखि प्रदेशसम्म सरकार बनाउने र गिराउने खेल चलिरहेको छ । यी कार्यले मुलुक गम्भीर संकट र राजनीतिक गतिरोधमा पिल्सिएको अनुमान लगाउन गाह्रो हुँदैन ।

यही बेला फेरि आइतबार (जेठ ३०) नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले लामो संघर्षबाट प्राप्त उपलब्धी समाप्त पार्ने गरी मुलुकको राजनीतिक अघि बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आइतबार राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले मुलुकको संकटकाल लगाएर सेनासमेत परिचालन गर्ने गरी राजनीतिक अघि बढेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओली अहिलेको व्यवस्था समाप्त पार्ने गरी अघि बढेको उनको आरोप छ । प्रधानमन्त्री ओलीको आगामी कदममा सके संकटकाल लागू गरेर सेना पनि परिचालन गर्ने, नसके पनि राष्ट्रपतिमार्फत जबरजस्ती रुपले बल प्रयोग गरेर संविधान सिध्याउने रहेको नेता गुरुङको गम्भीर आरोप छ ।

यसबारे गुरुङले भनेका छन्, ‘अब उहाँहरुको प्लान अथवा रणनीति हेर्दाखेरि र अबको स्टेप हेर्दाखेरि संसद् भंग गरिदिने, संविधान अवरुद्ध गरिदिने, राष्ट्रपतिबाट अध्यादेशबाट देश चलाउने, अहिले त्यो दिशातर्फ गइरहेको छ । सके संकटकाल लागू गरेर सेना पनि परिचालन गर्ने, नसकेपनि राष्ट्रपतिमार्फत जबरजस्ती रुपले बल प्रयोग गरेर संविधान सिध्याउने, र यो दिशातर्फ जाँदैछ ।’

गुरुङको गम्भीर आरोपबारे प्रधानमन्त्री तथा प्रधानमन्त्रीको सचिवालयले कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन । तर, सत्तारुढ दल नेकपा एमालेभित्रको महिनौँ देखिएको आन्तरिक विवाद समाधान नहुनु, दलीय असहमति र आशंका बढ्नु, नेताहरुको गम्भीर प्रकृतिका अभिव्यक्ति सार्वजनिक हुनु लगायतले मुलुक संकटमा फसिरहेको अनुमान भने लगाउन सकिने देखिन्छ

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बाढीपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग गर्न प्रधानमन्त...

  • September 25, 2026

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved