Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

माधव नेपाल समुहलाई तान्ने ओलीको अर्को उपाए

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 14, 2021
192 shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल खेमालाई तान्न नयाँ अस्त्र तयार गरेका छन् । उनले नेपाल खेमाका नेताहरुसँग राजनीतिक लेनदेनको तयारी गरेका हुन् ।

विश्वस्त स्रोतका अनुसार ओलीले प्रदेश देखि केन्द्र सरकारसम्म राजनीतिक लेनदेनको रणनीति बनाएर छलफलमा लगेका छन् । नेपाल खेमाका नेताहरुलाई उनले विभिन्न जिम्मेवारीसहित तान्ने प्रयास गरेका छन् ।

गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकार ढलेपछि ओली खेमाले प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सरकार जोगाउन पहल लागिसकेको छ । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई र लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृतवको सरकार जोगाउन बागमती प्रदेशमा नेपाल खेमाकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने गरी छलफल बढेको छ । शाक्य विगत देखि नै मुख्यमन्त्रीकी दाबेदार हुन् ।

सुदूरपश्चिममा पनि ओली खेमाले माधव नेपाल खेमामा रहेका सभामुख अर्जुन बहादुर थापालाई मुख्यमन्त्री बनाउने गरी रणनीति बनाइसकेको छ । थापालाई मुख्यमन्त्री बनाउने प्रस्ताव ल्याएर २५ एमाले सांसद एकढिक्का बनाउने प्रयास बढाइएको छ ।

यसैगरी, ओलीले यसै हप्ता नवौं महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीको बैठक बोलाउने भएका छन् । उनले निर्वाचित स्थायी कमिटीलाई ब्युँताएर माधव नेपाल खेमालाई एकताका लागि वाध्य बनाउन खोजेका छन् ।

सर्वोच्च अदालतमा १४६ जना विघटित प्रतिनिधि सभाका सांसदको देउवालाई प्रधानमन्त्री बनाउन रिट दायर भएकोमा माधव नेपाल खेमाको फिर्ता गराउन ओली लागिपरेका छन् । केहीले फिर्ता लिने सहमति जनाइसकेको तर १३ जना संख्या नपुगेपछि ओली माधव नेपालसँगै प्याकेजमा सहमतिका लागि विश्वासपात्रहरुलाई सक्रिय बनाइरहेका छन् ।

प्रदेश देखि केन्द्र सरकारसम्म माधव नेपाल खेमासँग राजनीतिक लेनदेन गरी पार्टी जोगाउने र सत्ता पनि जोगाउन उनको प्रयास देखिएको छ ।-फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बाढीपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग गर्न प्रधानमन्त...

  • September 25, 2026

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved