Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बस्नेतको निष्कृयता सगै ओलीलाई धमाधम धक्का

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 13, 2021
351 shares
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत जुझारु मात्र नभई जोखिम मोल्न सक्ने पनि हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि राजनीतिक जीवन नै पटक पटक दाउमा राखेका छन् । जतिसुकै बदनामी भएपनि जोखिमयुक्त भूमिका निभाएर ओलीको सत्ता संकट टारेका छन् ।

बस्नेतकै कारण प्रदेश र केन्द्रसम्म एमाले नेतृत्वको सरकार ढल्न नदिने अनेकन घटनाहरु भए । यसअघि पृथ्वी सुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार जोगाउन पनि बस्नेतले भूमिका खेलेका थिए । उनले जनमोर्चाका खिमविक्रम शाहीलाई प्रभावमा पार्न पोखरासम्म आफ्ना विश्वासपात्र परिचालन गरेका थिए । शाही सम्पर्कविहिन हुने देखि कोभिड आइसियु वार्डमा पुग्ने सम्मको घटनाका पछाडि बस्नेतको भूमिका थियो ।

तर, महेश बस्नेत केहीदिनयता निष्कृय भए । गृहमन्त्री बन्नबाट रोकिएपछि उनी असन्तुष्ट भएका छन् । पोखराकै नेता खगराज अधिकारी गृहमन्त्री बनाइए । तर, अधिकारीले पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकार बचाउन सकेनन् । बस्नेतले पनि यसपटक हात छाडिदिए । जसका कारण गणेश लामा सक्रिय भएर दिपक मनाङेलाई आश्वस्त पार्न सके । सत्ता विरोधी गठबन्धनको हातमा पुग्यो ।

यसअघि ओलीको सत्ता संकट टार्न जसपाको महन्थ ठाकुरलाई पक्षमा पार्न पनि बस्नेतले डोलेश्वर रिसोर्ट पुर्याएर व्यवस्थापन गरेका थिए । तत्कालीन समाजवादी पार्टी फुटाउन बस्नेत महोत्तरी पुगेर डा. सुरेन्द्र यादवलाई गत वर्ष काठमाडौं ल्याएका थिए । पछि उक्त घटना अपहरणका रुपमा चर्चित भयो । महेश बस्नेत बदनाम भए । तर, उनले ओलीका लागि यस्ता धेरै बदनामीको भारी बोकिसकेका छन् ।

विगतमा बर्दियाबाट बामदेव गौतमलाई चुनाव हराउन बस्नेतले नै भूमिका खेलेको चर्चा चल्यो । उनले आफ्नो संयन्त्र परिचालन गरेका थिए ।

यसरी पटक पटक ओलीका लागि जोखिम मोलेका र बदनामै हुने सम्मको भूमिका निभाएका बस्नेत निष्कृय हुनेवित्तिकै प्रदेशहरुमा एमाले सरकार धमाधम ढल्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बाढीपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग गर्न प्रधानमन्त...

  • September 25, 2026

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved