Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विर्तामोडमा जैतून छाँया भेटघाट तथा पत्रकार सम्मेलन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 8, 2024
168 shares

डिकेन्द्र बस्नेत, झापा । विर्तामोड नगर ईसाई समाज जवान संगतीको आयोजनामा जैतून छाँया भेटघाट तथा पत्रकार सम्मेलन झापाको विर्तामोडमा रहेको पपुलर होटलमा भव्य रूपमा सम्पन्न भएको छ। विर्तामोडमा रहेको वानस्टप महलको पछाडी रहेको कृष्ण हलमा असोज ३ गते गरिने जैतून छाँया कन्सर्ट सीजन ३ को भाग २ को बारे जानकारी दिन सो भेटघाट कार्यक्रम गरिएको थियो ।

सो कन्सर्टका लागि नेपाली ईसाई जगतका प्रख्यात गायक एड्रिन देवान तथा द सोजुनर्स ब्याण्ड आउने छन। जसमा गित सँगै जीवन गवाहि, र बाइबलको शिक्षा पनि दिइने कार्यक्रम रहेको छ।

उक्त कार्यक्रममा झापा जिल्ला ईसाई समाजमा आबद्ध नगर ईसाई समाज, ईलाका समाजका अध्यक्ष तथा सचिव, जवान समाजका अध्यक्ष र सचिव, झापा जिल्ला महिला ईसाई समाज, पत्रकारहरु सिलास राई, वीर बहादुर तामाङ तथा ईसाई समाजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

जवान समाजका सल्लाहकार पास्टर जोएल भुजेलले जैतून छाँयाको उद्देश्य र अपेक्षा गरिएको परिणामहरू बारे प्रष्ट पार्नु भएको थियो। पास्टर भुजेलले पत्रकार भेटघाट मार्फत भने हामी, दुवै, आराधना र सुसमाचारिय संगीत र स्तुतिगानको उत्कृष्ट प्रस्तुतीद्वारा नेपालका विभिन्न सहरहरूमा बसोबास गर्ने साथै विश्वभरि नेपाली भाषा बोल्ने ईसाई समुदायमा, जोहरू कामले दबिएको, शहरको द्रुत गतिमा, बेचैन, व्यस्त जीवनहरू जीइ राख्नु भएका छन्, वहाँहरूलाई आराधना र ख्रीष्टको सेवामा नवीकरण गराउनका साथै हराएका आत्माहरूलाई पनि ख्रीष्टमा ल्याउन अस्तित्वमा रहेको बताए ।

बिर्तामोड नगर ईसाई समाज जवान संगती अध्यक्ष गायस शेर्पाले स्वागत गरेका थिए। जैतून छायाँ बारे बिर्तामोड ईसाई समाजका अध्यक्ष पास्टर नरेन राईले मन्तव्यको क्रममा भने संगीत परमेश्वरलाई मन पर्ने कुरा हो।बाइबल भरी संगीत रहेको र संगीतद्वारा परमेश्वरको महिमा गर्नु पर्छ।

यस्तै झापा जिल्ला ईसाई समाजका सचिव पास्टर राजु चाम्लिङले भने जवानहरुले जुन कदम उठाउनु भयो। यो सह्रानीय छ। यो सांगीतिक कार्यक्रम सुचनामुलक, जानकारीमुलक मात्र नभई सुसमाचार मुलक बनोस् । याे कार्यक्रम सांगीतिक माहोल बनोस्।

एनसिएफ कोसी प्रदेश अध्यक्ष पास्टर गंगा बहादुर आले मगरले भने जवानले एउटा असल र जटिल कामको थालनी गर्नु भएको छ। त्यस कार्य गर्न चुनौतीको साथ आँट चाहिन्छ। तपाईंहरूले जीवनमा ३ कुरा जान्दिन, हुँदैन, सक्दिन कहिल्यै गर्नु हुन्न। विश्व भरीमा मानिसहरूले एक अर्काको भाषा बुझ्दैन, तर संगीत बुझ्छ।संगीत सुसमाचार माध्यम बनोस्। गीत,संगीत मनोरञ्जन मात्र नभई समाज रूपान्तरण र आफू रूपान्तरण बनाउन आवश्यक छ।

पत्रकार होमराज राई कार्यक्रम आशिषमय आत्मिक लाभ बनोस्।समाजको एकता कायम राख्न यसले मुख्य भूमिका निर्वाह गरोस्। कार्यक्रम सफल बनाउन प्रार्थना र परामर्शको खाँचो रहेको बताउनु भयो।संगीत भनेको औषधी हो, युवा औषधी बनुन, मानिसहरूको आत्मिक र शारीरिक औषधी बनोस्।

बिर्तामोड जवान समाजले सांगीतिक माहोलमा सञ्चालन गरेको कार्यक्रमको अन्त्यमा झापा जिल्ला ईसाई समाजको पूर्व अध्यक्ष रेभ. तारा तामाङ्गको अन्तिमको प्रार्थनाद्वारा सम्पन्न भएको जवान सचिव डेभिड खवासले जानकारी गराए।

आयोजक रहेको ईसाई समाज विर्तामोडले कन्सर्टको टिकट प्री सेल रु.४०० आउटडोर रु.५०० स्पेशल रु.१००० शुल्क तोकेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved