काठमाडौं । नेकपा एमाले पार्टी एकताको पक्षमा लागेका नेता योगेश भटराईले पार्टीका शिर्षस्थ नेताहरुको अहंकार र शक्तिको टकराबको कारणले धेरै सुब्बाहरु पिल्सिनु पर्ने बताएका छन् ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङले बिश्वासको मत लिन नसकेपछी गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेल नियुक्त भएसँगै नेता भटटराईले सामाजिक सञ्जालमा लेख्दै उक्त कुरा सार्बजनिक गरेका छन् ।

उनले नेताहरुको अहंकारकै कारण ईन्द्रलाल सापकोटा र बिष्णु पन्थी जस्ता कतिले सत्ताको तिरस्कार सहनु र अग्नी परिक्षामा सामेल भईरहनु पर्ने हो ? भन्दै अर्को प्रश्न गरेका छन् । उनले सबै प्रदेशमा दलका काम कार्वाहीको पुन संरचना गर्न ढिला गर्न नहुने सुझाब पनि दिएका छन् ।










