काठमाडौँ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीको लागि पृथ्वी सुब्बा गुरुङले बिश्वासको मत लिन नसकेपछी मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपालीसहित ५ मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपालीसहित मन्त्रीहरुलाई गत शनिबार साँझ पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

मन्त्री बन्नेहरुमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) रहेका छन् ।
उनलाई प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा प्रदेश प्रमुख पौडेलले नियुक्त रहेका । नेपालीलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेलाई बिपक्ष बनाएर गठबन्धन लागेका थिए ।










