Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जातीय मुद्दा उब्जाएर मृत्युको उपहार खोज्ने हो वडाध्यक्ष जी?’

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 9, 2021
291 shares

धरान/ भोजपुर वडानन्द–१४ का संगम ठटालले आत्महत्या गर्नुमा वडाध्यक्ष नै प्रमुख भुमिका रहेको भन्दै नगरिक समाजसहित ८ सङ्घ संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै ‘जातीय मुद्दा उब्जाएर मृत्युको उपहार खोज्ने हो वडाध्यक्ष जी?’ भन्दै अध्यक्ष झङ्कबहादुरलाई प्रश्न गरेका छन् । विज्ञप्तिमा ठटाललाई आत्महत्या गराउन वडाध्यक्ष र प्रहरी भुमिका रहेको भन्दै दोशीलाई कार्वाही गर्न र पीडितलाई न्याय दिलाउन माग गरिएको छ ।

 

मंगलबार दलितका सामाजिक संस्था, राजनीतिक दलका दलित भातृ सङ्गठन र नागरिक समाजसहित ८ संघसंस्थाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै दोशीलाई कार्वाही र पीडितलाई न्याय दिलाउन माग गरेका छन् । नेपाल दलित सङ्घका केन्द्रिय सदस्य रोहित विश्वकर्मा, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य वविन्द्र रसाइली, मुक्ति समाजका केन्द्रीय सदस्य विमल रणपहेली र दुर्गा रणपहेली, दलित उत्थान ग्रामीण समाजका उपाध्यक्ष भुवनकुमार दर्जि, नागरिक समाजका संयोजक पर्शुराम तिवारी, दलित विकास समिति गोगनेका सचिव टी.एल विश्वकर्मा र षडानन्द नगरपालिकाका दलित अधिकारकर्मी गोविन्द विकले हस्ताक्षरित संयुक्त विज्ञप्ति जारी गर्दै न्यायको माग गरेका हुन्

 

संयुक्त विज्ञप्तिमा समाजिक विभेद भित्रको जातीय विभेद मानवताको कलङ्क हो । नेपालको संविधान २०७२, जातीय छुवाछुत सजाय ऐन २०६८ तथा छुवाछुत मुक्त राष्ट्र २०६३ को राज्यद्धारा नै उपहास भइरहेको बेला षडानन्द–१४ का अध्यक्ष झङ्कबहादुर रोक्काले पनि त्यस्तै घट्ना घटाएको उल्लेख छ । वडाध्यक्ष रोकाको व्यवहारले सुशासन कायम गर्नुपर्ने दायित्व पाएका जनप्रतिनिधि नै शासन व्यवस्थालाई आफ्नो हातमा लिएर सन्तुलित समाजको संंचनालाई ध्वस्त पार्न उद्दत रहेको प्रष्ट देखिएको उल्लेख छ । माजव समाजमा दानवीय व्यवहारको उदाहरण अध्यक्ष रेक्का रहेको जनाएको छ । सङ्गमको आत्महत्या घट्नामा प्रहरी भूमिका र प्रहरी कार्यालयको गतिविधिले समाजलाई विचलित बनाउन खेलेको उल्लेख छ ।

 

अन्तरजातीय विवाहको न्यायिक परिणाम परिवार विचलन र संलग्न कर्ताको मृत्यु हो ? उमेर नपुगि भएको विवाहका कानुनी उपचारका क्षेत्रलाई निष्कृय बनाउन वडाध्यक्ष नै सक्रिय हुने विधि हो ? साथै ‘जातीय मुद्दा उब्जाएर मृत्युको उपहार खोज्ने हो वडाध्यक्ष जी?’ भन्दै विज्ञप्तिमा प्रश्न गरिएको छ । साथै कानुनलाई हातमा लिने वडाध्यक्षको सुरक्षाकर्मी बोया प्रहरी बनेको जनाएको छ । उनीहरु विज्ञप्ति जारी गर्दै घट्नाका दोशीलाई कार्वाहीको दायरा लिई पीडितलाई न्याय दिलाउन माग गरेका छन् ।

 

यदी आफ्ना मागलाई सम्बन्धित सरोकारवाला पक्षले कमजोर ठानी पीडित परिवारलाई न्याय नदिएमा थप आन्दोलनमा उत्रने पनि चेतावनी दिएका छन् । सङ्गमले १ वर्षको प्रेम पश्चात षडानन्द नगरपालिका–१३ की श्रेष्ठ थरकी केटीसँग जेठ–१० गते विवाह गरेका थिए । ११ गते वडाध्यक्षले प्रहरी लिई घरबाट जातीय विभेदजन्य गाली गलौच गर्दै प्रहरी कार्यालयमा लगेर बाल विवाह भएकाले छुट्टाई दिएको थियो । १२ गतेदेखि ठटाल बेपत्ता भएका थिए । १४ गते बेलुका नजिकैको जङ्गलमा भुण्डिएको अवस्थामा शव भेटिएको थियो । ठटालको मृत्यु हुनुमा विशेष गरेर वडाध्यक्षको नै भुमिका रहेको मृतकका आफन्त तथा अधिकारकर्मीसहित नागरिक समाजले दावी गर्दै आएका छन् ।

Open Photo

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इन्द्रजात्राले राष्ट्रिय एकता, सद्भाव र सांस्कृतिक पहिचान अझ स...

  • September 25, 2026

बाढीपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग गर्न प्रधानमन्त...

  • September 25, 2026

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved