Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जसपा फुटिसक्यो:अध्यक्ष ठाकुर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 3, 2021
42 shares

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपाल व्यवहारिक रूपमा विभाजित बनिसकेको छ । वैधानिक र राजनीतिक अभ्यासबाट भने पार्टीभित्रका दुवै पक्षले फुटको गृहकार्य गरिरहेको छ ।

योबीचमा पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेर त्यसको जानकारी निर्वाचन आयोगलाई गराए । अर्का अध्यक्ष यादव पक्षले भने त्यसअघि नै ठाकुरसहित उनी पक्षीय चार नेतालाई कारबाही गरेर त्यसको सूचना निर्वाचन आयोगलाई दिइसकेका थिए । जवाफमा निर्वाचन आयोग दुवै पक्षले कानुनी प्रक्रिया पूरा नगरेको भन्दै विधि पुर्‍याए आयोगमा आउन भनिसकेको छ ।

यस्तो बेला दुवै पक्षले एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् । ठाकुर पक्षले यादवले पार्टीका बैठक नगरी बैठक भएको भने प्रचार गरेको, सांसदहरूलाई कारबाही गरेको तथा संसद्मा पार्टीको निर्णयविपरीत बोलको आरोप लागाएको छ । ठाकुर पक्षका नेता डा. सुरेन्द्र झा यादवको स्वेच्छाचारिताले हद नाघेपछि उनलाई कारबाही गरिएको गरिएको बताउँछन् ।

‘‘पार्टीमा छलफल नै नगरी सरिता गिरीजीलाई संघीय संसद्बाट कारबाही गर्नुभयो । लुम्बिनी प्रदेशका ४ सांसदलाई कारबाही गर्नुभयो । सभामुखसँग सेटिङ गरेर, २७ वैशाखमा संसद्मा बोल्नुभयो । त्यतिमात्र होइन प्रथम अध्यक्षलाई नै स्पष्टीकरण सोधिदिनुभयो,’’ झाले भने, ‘‘यहाँसम्म उहाँको स्वेच्छाचारिता बढेको छ । त्यसैले समस्या उहाँमा छ, सुध्रिन उहाँले नै जरुरी छ । वैकल्पिक शक्ति निर्माणको विपक्षमा उहाँ हुनुहुन्छ । नसुध्रीय उहाँलाई मात्र अलग गरेर अघि बढिन्छ ।’’

उता यादव पक्षले पनि ठाकुर पक्षमाथि उस्तै प्रकृतिका आरोप लगाएको छ । ‘‘पार्टी निर्णयविपरीत केपी ओलीलाई सहयोग पुग्नेगरी तटस्थ बसेर प्रतिगमनलाई सहयोग गर्नुभएको छ । पार्टी निर्णयविनै कार्यदल बनाएर सरकारसँग वार्ता गर्न पठाउनुभएको र सहमति गर्नुभएको छ । पतिगामी केपी सरकारमा सहभागी हुन लाग्नुभएको छ,’’ यादव पक्षीय इस्तियाक राईले भने, ‘‘आफ्नो नेतृत्व वा राष्ट्रिय सहमति हुँदा मात्र सरकारमा जान्छौँ । नत्र प्रतिपक्षमै बस्छौँ भनेर ८ बुँदे सहमति गर्नुभएको छ । विज्ञप्ति जारी गर्नुभएको छ । तर, उहाँ १२ बजे राति चिया खाने बाहनामा समर्थन दिएर आउने, आफैँ प्रधानमन्त्री बन्ने परिस्थितिमा पनि नबन्ने अनि केपी ओलीइतरको राष्ट्रिय सहमतिको सरकार बन्न लाग्दा उहाँले सहयोग गर्नुभएको छ ।’’

उनले त्यहीबाट ठाकुरको नियत स्पष्ट भएको बताए । उनले जसपामा दुई अध्यक्षमा प्रथम र दोस्रो भन्ने नभएको पनि दाबी गरे ।

“विधानमा दुईवटा अध्यक्ष छ । को पहिलो को दोस्रो भन्ने नै छैन । विधानमा टिपेक्स लगाउन त सकिँदैन नि ! केपी ओलीलाई त रोकेर अदालतबाट फैसला भएको थियो, यहाँ त यस्तो नामको विवाद गरिदिने पनि कोही छैन ।’’

ठाकुर पक्षका नेता झा भने उपेन्द्र यादवले पनि आफूलाई पहिलो अध्यक्ष भन्न नसक्ने बताए । उनले इश्तियाकले आक्रोशमा बोलिरहेकोसमेत आरोप लगाए ।

‘‘इश्तियाक राईजी मेरो मित्र हो । उहाँ मधेसको आशालाग्दो नेता पनि हो । उहाँ उपेन्द्रजीसँग पाटी फुटाएरै भएपनि केपी ओलीसँग मिलेर सरकारमा जान खोज्नुभएको थियो । त्यसलाई हामीले तात्कालीन परिस्थितिमा सफल हुन दिएनौँ । त्यसैले उहाँ आक्रोशमा हुनुहुन्छ । आज उहाँसँगकै साथीहरू मन्त्री बन्दै हुनुहुन्छ त्यसले उहाँलाई थप आक्रोशित बनाएको छ,’’ झाले भने, ‘‘तर, जसपा कसको नेतृत्वमा अघि बढिरहेको छ भन्ने कुरा विधान, बैठकका माइन्युट हेरे थाहा भइहाल्छ । कसको नाम एक नम्बरमा छ र को हो प्रथम अध्यक्ष हो भनेर ।‘‘

दुवै पक्षले पार्टीमा आ–आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेका छन् । ठाकुर पक्षले संसदीय दल हुँदा संसदीय दलदेखि केन्द्रीय कार्यकारिणीसम्म आफू बहुमतमा भएको दाबी गरिरहेको छ भने यादव पक्षले आफूले बहुमतसहित बैठक समेत गरिसकेको दाबी गरेको छ ।

‘‘एकजना जेलमा छन्, छजना हामीतिर आएका छन् । महेन्द्र यादव, मृगेन्द्रसिंह यादव, गणेश यादव, गजाधर रोहित यादव, नवलकिशोर साह र रामनरेश राय प्रदेशमन्त्री हामीसँग हुनुहुन्छ,,’’ राइले भने, ‘‘उहाँहरूसँग १७ जना छन् । तीनजना कतै खुलेका छैनन् ।”

देशको राष्ट्रिय राजनीतिमा ‘उथलपुथल’ भइरहेका बेला मधेस केन्द्रित शक्तिशाली पार्टी पनि दुई टुक्रा हुन लागेको हो ।

०७४ सालको निर्वाचनबाट आएका शक्तिमध्ये पहिलो दल एमाले र तेस्रो दल माओवादी केन्द्र एउटै घोषणापत्रमा चुनावमा गएका थिए भने चौथो दल राष्ट्रिय जनता पार्टी र पाँचौ दल समाजवादी पार्टी पनि संयुक्त घोषणपत्र बनाएर चुनावमा गएका थिए ।

दुवै दल निर्वाचनपछि एक भए भने प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन पछि माओवादी र एमाले मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) पुनः विभाजनको गृहकार्यमा छ भने एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भइसकेको छ । एमालेभित्र पनि विभाजनको श्रृंखलाले निरन्तरता पाउने लगभग निश्चित जस्तै छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जलवायु संकटका कारण नेपालले असमान रूपमा ठूलो क्षति व्यहोर्दैछ :...

  • September 25, 2026

इन्द्रजात्राले राष्ट्रिय एकता, सद्भाव र सांस्कृतिक पहिचान अझ स...

  • September 25, 2026

बाढीपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग गर्न प्रधानमन्त...

  • September 25, 2026

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved