काठमाण्डौं । हिजो सम्पन्न भएको लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उप निर्वाचनमा एक मतदाताले मतपत्र हाल्ने मतपेटिकामा कोरोनाको पिसिआर परिक्षण रिपोर्ट हालेर मतपत्र आफुसंगै लगेको पाइएको छ । पालिकाका प्रतिनिधिमध्ये एक जनाले मतपेटिकामा मतपत्र राख्नुपर्नेमा कोरोना परीक्षणको आफ्नो पीसीआर रिपोर्ट राखेको भेटिएको हो ।

निर्वाचन कार्यालयले निर्धारित समयभित्र दुई सय ९७ जनाले मतदान गरेको सार्वजनिक गरेको र अन्तिम मत परिणाम आउँदा २ सय ९६ मात्रै उल्लेख भएपछि उक्त कुरा पत्ता लागेको जनाएको छ ।
लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्वाचनमा एमालेका उम्मेदवारलाई ५२८ मतले हराउँदै गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनुभएको छ । विजयी पाण्डेयले चार हजार एक सय ४० मत ल्याउनुभयो भने चन्द्रबहादुर खड्काले तीन हजार ६ सय १२ मत ल्याउनुभयो ।










