Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

फेरी मन्त्री पड्काउने आशाले अझै छाडेनन मन्त्रीहरुले क्वार्टर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 30, 2021
240 shares

काठमाडौं, १६ जेठ । जेठ ६ गते नै मन्त्रीको जिम्मेवारी खोसिएका ७ मन्त्रीले अझै मन्त्रिनिवास छोडेनन् । मन्त्रीबाट पदमुक्त भएको आज ११ दिन भैसक्दापनि उनीहरुले क्वार्टर नछोडेको पाईएको छ । उनीहरु पूनः नियुक्तीको आशामा रहेको बुझिएको छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले अझैसम्मपनि उनीहरुलाई पूनः नियुक्ती गर्ने तयारी नगरेको उच्च स्रोतको दाबी छ । सर्वोच्च अदालतले गैरसांसद सात मन्त्रीलाई पदमुक्त गर्ने आदेश दिएको आज दुई साता बित्न लाग्दापनि मन्त्रिक्वार्टर नछोड्नु लाजमर्दो भएको भन्दै अहिले सार्वजनिक रुपमै आलोचना भैरहेको छ ।

पदमुक्त हुनेमा गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, श्रममन्त्री गौरीशंकर चौधरी, खानेपानीमन्त्री मणि थापा र खेलकुदमन्त्री दावा लामा थिए । उनीहरु सातै जना पूर्व माओवादी केन्द्रबाट सुरुमा मन्त्री बनेका थिए । तर, तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादमा उनीहरु प्रधानमन्त्री ओलीको पक्षमा उभिएका थिए ।

गत फागुन २३ गते नेकपाको एकता भंग गर्दै अदालतले एमाले र माओवादी केन्द्रलाई अलग अलग गर्दापनि उनीहरुले माओवादी केन्द्र त्यागेर एमाले रोजेका थिए । दल त्यागेको कारण माओवादीले उनीहरुलाई सांसद नरहनेगरि कारबाही गरेको थियो । सोहीअनुसार सभामुख अग्नि प्रसाद सापकोटाले उनीहरुको सांसदबाट पदमुक्त भएको जानकारी सदनलाई गराएका थिए

 

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गरिसकेका छन् । तर, संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अहिले उक्त रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई जारी छ । सरकारले आगामी कार्तिक २६ गते र मंसिर ३ गतेगरि दुई चरणमा निर्वाचन गर्ने भनेर मिति नै घोषणा गरिसकेको छ । ओलीले चुनावी सरकारमा फेरि सातै जनालाई सहभागी गराउने वचन दिएकाले उनीहरुले क्वार्टर नछोडेका कुरा पनि आएका छन् ।

तर, आफ्नो सत्ता जोगाउनको लागि सबैभन्दा निर्णायक भूमिका खेलेको र गुण लगाएका जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर राजेन्द्र महतो पक्षलाई सरकारमा सहभागी गराउने ओलीको तयारी छ । यो बीचमा ठाकुर र महतोले प्रधानमन्त्री ओलीसँग निरन्तर सम्वाद जारी राखेका छन् । जसपाबाट सरकारमा सहभागी हुँदा कम्तिमा पनि ८ जना सहभागी हुने जनाईएको छ । यसो हुँदा अहिले मन्त्रीको जिम्मेवारीबाट पदमुक्त भएका यी सातै जना मन्त्री हुने सम्भावना पनि छैन् । लामो समय राजनीति गरेका र पटक पटक मन्त्री भएकाहरुले यो कुरा नबुझ्ने कुरै छैन् । तर, उनीहरु अहिले पनि मन्त्री बन्ने आशमा क्वार्टर नछाडी बसेका छन् ।

source by : reportersnepal.com

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जलवायु संकटका कारण नेपालले असमान रूपमा ठूलो क्षति व्यहोर्दैछ :...

  • September 25, 2026

इन्द्रजात्राले राष्ट्रिय एकता, सद्भाव र सांस्कृतिक पहिचान अझ स...

  • September 25, 2026

बाढीपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग गर्न प्रधानमन्त...

  • September 25, 2026

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved