Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

को हुन् महन्थ ठाकुर ? पढौ र बढी भन्दा बढी सेयर गरौं

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 29, 2021

जनकपुर । कांग्रेसमा रहँदा तीन पटक लगातार सांसद बनेका महन्थ ठाकुर तमलोपा गठनपछि दुई पटक आफ्ना कनिष्टसंग सर्लाहीबाट चुनाव हारे । पराजयका कारण उनी विशुद्ध ब्राह्मणवादी भएरै हो । त्यस क्षेत्रका जनताले उनलाई ‘त्यागी’, ‘बलिदानी’, ‘सन्त’ नेताका रुपमा रुचाएनन् । तर, नेपाली कांग्रेससंग धेरै हारगुहार गरेपछि महोत्तरीबाट उनले चुनाव जितेको हाँकाहाँकी सत्य हो ।

मंलङ्वास्थित आफ्नो घर कांग्रेसको केन्द्रिय कार्यालयलाई दानमा दिएका उनी महोत्तरीबाट चुनाव लड्डा नेपाली कांग्रेसका सक्रिय एवं लोकप्रिय नेता बजरंग नेपालीलाई उक्त क्षेत्रबाट उम्मेवारी फिर्ता गर्न लगाई ठाकुरलाई कांग्रेसले जिताएर नूनको सोझो गरेको कसैबाट लुकेको छैन । यो जीतमा स्वजातिय मैन्जनहरुको भूमिका पनि महत्वपूर्ण रहयो ।

आफ्नै क्षेत्र बनाउन नसक्ने यिनी सिंगो मधेसका नेता कसरी भए ? ५५ वर्षको राजनीतिक करियरमा पटक–पटक मन्त्री भइसकेका महन्थ ठाकुर घोर ब्राह्मणवादी भएकै कारण उनी मन्त्री छँदा एकजना पनि मधेसका अब्राह्मणलाई सरकारी सेवामा ल्याएको प्रमाण भेटिदैन । अझ आफ्नै निर्वाचन क्षेत्र रहेको सर्लाहीबाट दुई/चार जनालाई समेत सरकारी सेवामा ल्याउने चेष्टासम्म गरेको तथ्य पनि कतै फेला पर्दैन । तर, मैथिल ब्राह्मणलाई छानी–छानी सर्लाहीदेखि महोत्तरीसम्मका लागि विभिन्न सरकारी नियुक्ति दिलाउन सफल भएको यथेष्ट प्रमाण र आधारहरु भेटिन्छन् ।

भारत जस्तो महान देशबाट भाईचाराको नाताले नेपाललाई प्राप्त हुने थुप्रै छात्रवृत्तिमा महन्थ ठाकुरले आफन्तजन, आसेपासे, मैथिल–ब्राह्मणका सन्तानबाहेक अरुलाई आजसम्म पठाएको उदाहरण पनि भेटिन्न । यिनी आफू मधेसको नेता भन्दै उक्त छात्रवृत्तिको संधै दुरुपयोग गर्दै आएका छन् । त्यसका पछिल्लो उदाहरण भारतीय कोटाबाटै छोरीलाई बिएचयुबाट छात्रवृत्तिमा एमडी गराउनु र सिरहाका सुरेन्द्रकुमार झालाई छात्रवृत्तिमै पीएचडीको उपाधिका लागि सिफारिस गर्नुलाई लिन सकिन्छ ।

महन्थ ठाकुर सन्त र त्यागी नेता हुँदै हुन्न । यदि त्यस्तो भएको भए त सन्तले ‘सर्वे भवन्तु सुखिनः’ र ‘बसुदैवकुटुम्भकम’ को सिद्धान्त अंगिकार गर्नु पर्ने हो । तर यिनी आफ्नो जातिभित्रै सीमित केही व्यक्तिमा मात्र रमाउने पात्र हुन् । पछिल्लो समय राजनीतिक रुपमा ‘शिखण्डी’ को भूमिकामा उनी देखिएका छन् ।

इतिहास साक्षी छ , विगतमा मधेसको मुद्दामा सरकारसंग गम्भिर वार्ता भई रहँदा यिनी भने नातागोतालाई लाभको पदमा नियुक्त गर्ने गरेका थिए । त्यसका लागि राज्यसंग आफ्नो मान्छेलाई कुनै पनि सरकारी पदमा राखिदिनका लागि हारगुहार लगाउने गर्थे । व्यक्तिको सुचिसहित सरकार प्रमुख समक्ष प्रस्तुत हुन्थे । उदाहरणका लागि प्रधानमन्त्री खिलराज रेग्मी सरकारको पालमा विभिन्न राजनीतिक शक्तिहरुसंग हारगुहार गरी आफ्ना सम्धी उमाकान्त झालाई यिनले मन्त्री बनाएका थिए ।

त्यस्तै, सरकारसंग मधेसी दलको वार्ता भईरहँदा यिनी मधेसको हित भन्दा पनि व्यक्तिगत हितमा केन्द्रित रहने गरेको थुप्रै उदाहरण छन् । त्यस क्रममा भएका विभिन्न नियुक्तिहरुले पनि त्यसको पुष्टि गरेकै छ । उमाकान्तलाई लुम्बिनी प्रदेशको प्रमुख बनाउनमा उनले अड्डि नै कसेका थिए र बनाई छाडे ।

महोत्तरीका नागरिक समाजले भ्रष्ट र गलत आचरण भएका ताराकान्त झालाई जुत्ताको माला लगाएका थिए । तर मैथिल ब्राह्मण भएकै कारण बदनियत तरिकाले यिनले महोत्तरी मटिहानी कलेजमा कार्यरत झालाई आफ्नै सिफारिसमा संस्कृत विश्वविद्यालयमा नियुक्त गराएका थिए ।

यिनको सिफारिसमा सरकारी निकायमा नियुक्ति पाएकाहरुमा अधिकांश पात्रहरु मैथिल ब्राह्मण मात्र छन् । तिनमा पनि घोर ब्राह्मणवादी सोच भएकाहरु मात्रै परेका छन् । जुन बेला तोकको आधारमा मन्त्रीले नोकरी लगाउन सक्थे, त्यसताका पनि यिनले आफ्नै जातिलाई मात्र प्रश्रय र प्राथमिकतामा राखे । मधेस आन्दोलनपछि पनि यिनी आफ्नै जातिविशेष र आसेपासेलाई प्राथमिकतामा राख्दै आएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा पनि यिनले आफ्नै जातिका मान्छेलाई पहिलो प्राथमिकतामा राखेका थिए । त्यसताका पार्टीको तर्फबाट उम्मेदवारहरुको सूची हेर्दा यसको पुष्टि सजिलै हुनसक्छ । अझ कुनैपनि राजनीतिक योगदान नरहेको आफ्नी सम्धिनी इन्दिरा झालाई समानुपातिक सूचीमा राखेर आफन्त मोह र जातिप्रतिको आशक्ततालाई महन्थ ठाकुरले सजिलै पुष्टि गरेको नजिरहरु हुन् ।

विभिन्न राजनीतिक नियुक्तिमा आफ्नै पार्टीभित्रै पनि आफ्नै जाति खोज्ने नेता हुन महन्थ ठाकुर । यही व्यवहारकै कारण आफ्नै विश्वासपात्र जंगीलाल राय, अनिता यादवसहितका प्रभावशाली नेताले यिनलाई परित्याग गरे । महेन्द्रराय यादव, रामचन्द्र रायले पार्टीमा विद्रोह नै गरे भने ह्रदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल, बृजेशप्रसाद गुप्तासहितले बगाबत गर्नुको कारण यहाँ भनिरहनु पर्छ जस्तो लाग्दैन ।

जहाँ पनि संकीर्ण मानसिकता भएकाहरुको घेरामा रमाउने बाणीनै यिनको भएको छ । यिनका संकिर्ण र जातिगत राजनीतिले गर्दा पछिल्लो समय तराई–मधेसमा सामाजिक अन्तर्विरोध बढेको छ । महन्थको बचाउमा मधेसका खाँटी तागाधारीहरु जन्मेदेखिको बल लगाई रहेका छन् ।

पहिलो र दोस्रो मधेस आन्दोलनपछि बनेको सरकारमा महन्थ ठाकुरको नेतृत्वमा रहेको पार्टी पहिलो पटक सत्तामा आउँदा उच्चमावि शिक्षा परिषद्को प्रमुखमा हेमचन्द्र मिश्रलाई नियुक्त गरेको थियो । त्यसैगरी ईश्वर चन्द्र दत्त ( अगडा जाति–फोरवार्ड क्लास) लाई वृषेशलाल मार्फत एमालेबाट रातारात तत्कालिन तमलोपा बनाई त्रिभूवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा नियुक्ति यिनले गरेका थिए । दत्तको नियुक्ति पछि महन्थ ठाकुरले पुरै जातिय आधारमा नियुक्ति र बढुवा प्रक्रिय संचालनमा ल्याएका थिए । दत्तकै कार्यकालमा मंचला झा त्रिवि सेवा आयोगबाट स्थायी भएको संजोग मात्रै नहुन सक्छ । मंचलालाई सत्य निरुपण आयोगमा महन्थ ठाकुरकै कारण नियुक्ति गरिएको पक्का हो ।

माओवादी केन्द्रका नेता पुष्पकमल दाहालको चुरिफुरि रहेको बेला यिनले उनलाई गुहारेर त्रिवि अन्तर्गत सेडाको निर्देशकमा अरुण ठाकुरलाई नियुक्ति गराउन सफल भएका थिए । समयमै पार्टीको नियमित अधिवेशन गराउन नसक्ने नेता पनि हुन महन्थ ठाकुर ।

तमलोपा गठनको आठ वर्षपछि अधिवेशन गराउने र आफू मात्रै पार्टीको कुर्सीमा बसिरहने स्वार्थी नेता कसरी त्यागी भए ? अध्यक्ष पद गुम्मे डरले यिनले अधिवेशन नगराएका हुन् । धेरै दबाबपछि गरिएको अधिवेशनपनि विवादमुक्त रहन नसकेको जगजाहेरै छ ।

१० वर्षे तत्कालिन माओवादी जनयुद्धमा १३ सय मधेसीको हत्या भएको थियो । ती मध्ये अधिकांश मधेसका सर्वसाधारण थिए । मधेसीको हत्या भईरहँदा महन्थ ठाकुर कांग्रेसमा स्थापित र बोली बिक्ने नेता थिए । तर उक्त बर्बरताविरुद्ध यिनले एक शब्द पनि बोलेको रेकर्ड कतै छैन ।

मधेस जनविद्रोहका क्रममा भएको मधेसीजनको हत्यामा गैर–नेपाली कांग्रेस पार्टीलाई दोषी ठहराउने यिनी नेपाली कांग्रेसका सुशिल कोइरालाको शासनकालमा मारिएका मधेसीहरुको बारेमा मौन धारण गरेका थिए ।नेपाली कांग्रेसमा छँदा महेन्द्रनारायण निधिलाई प्रधानमन्त्री बन्नबाट रोक्नेमा महन्थ ठाकुर अग्रमोर्चामा थिए । निधिलाई रोकेपनि डा.रामबरण यादवलाई राष्ट्रपति बन्न बाटो छेक्न नसकेपछि कांग्रेस परित्याग गरे ।

कांग्रेसले महन्थको स्थानमा रामबरणलाई ल्याएकै हो ।
नेपालको संसदमा गजेन्द्रनारायण सिंह धोती र कुर्ता लगाएर हिन्दीमा भाषण गर्दा उनको विरोध गर्नेहरुसंग लय र ताल मिलाउँदै तत्कालिन मन्त्रीमण्डलमा समावेश थिए, यिनी । अझै यिनले पनि गजेन्द्रनारायण सिंहलाई राष्ट्रद्रोही समेत भन्न भ्याएका थिए ।

नेपाली कांग्रेसमा महामन्त्री बन्न पार्टीभित्र विद्रोह गरेका थिए । पहिले मधेसको मुद्दा चर्काउने भनेका थिए, पछि मधेस विद्रोह शुरु भएपछि मधेस मुद्दालाई मत्थर गर्ने ल्याकत आफूसंग रहेको भन्दै नेकामा पदका लागि बार्गेनिङ गरेका थिए । तर, कांग्रेस नेतृत्वले उनलाई शक्तिशाली मन्त्रालयको जिम्मा लगाएर थामथुम पारेको साँचो हो ।

मधेसी जनअधिकार फोरम नेपालको नेतृत्वमा मधेस जनविद्रोह भई रहँदा महन्थ ठाकुर नेपाली कांग्रेसमा प्रभावशाली नेता मात्रै होइन क्याबिनेटका शक्तिशाली मन्त्री थिए । मन्त्रीकै हैसियतमा रहँदा महन्थले मधेसी विद्रोहलाई पानीको बुुलबुला (थोपा) भएको प्रतिक्रिया दिएका थिए ।

मधेसी जनअधिकार फोरम नेपालको विरगंजमा दोस्रो महाधिवेशनमा फोरमका तत्कालिन अध्यक्ष उपेन्द्र यादवले विभिन्न मुलुकका प्रतिनिधिलाई सहभागिताका लागि पत्र पठाएका थिए । त्यसमा चिनियाँ प्रतिनिधि समावेश भएको खबरले तत्कालिन भारतीय संस्थापन पक्षले महन्थ ठाकुरलाई दूताबासमा बोलाएर मधेस आन्दोलनको नेतृत्व गर्न आग्रह गर्दै त्यसका लागि जे जस्तो सहयोग गर्न पनि भारत तयार रहेको सन्देश दिएका थिए । त्यसको सात दिनभित्रै तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन भएको दस्ताबेज धेरैसंग अझै सुरक्षित छ । त्यसको संयोजकमा ठाकुरलाई अघि बढाउँदै फोरमलाई धुँजा–धुँजामा विभाजित गर्ने कार्य भयो । त्यसको मतियार मध्ये महन्थ पनि एक थिए ।

पार्टी गठनको आठ वर्षसम्म पनि उनले पार्टी महाधिवेशन गरेनन् ,आफ्नै नेतृत्वमा पार्टीलाई चलाई रहे । फलस्वरुप पार्टीभित्र विद्रोह शुरु भयो । सर्वप्रथम पार्टीका प्रभावशाली तथा वरिष्ठ नेता रामचन्द्र रायले र त्यसपछि महेन्द्रराय यादवले विद्रोही गरे । पार्टी विभाजित भयो । अझ गजबको कुरा त के छ भने महन्थ ठाकुरको नेतृत्वबाट दिक्क भएर तत्कालिन कार्यालय सचिव प्रविण चौधरीले निर्वाचन आयोगमा छुट्टै पार्टी दर्ता गराउन सफल भए । यता महन्थ ठाकुरले पार्टीमा आफ्नो जातिय उन्माद कायम गर्न सफल भए ।

पछिल्लो समय सबैभन्दा बढी मधेस र मधेसीको विपक्षमा रहेर विष वमन गर्ने पार्टी र नेतृत्वको पिछलग्गू बनेर मधेसीको माग र पहिचानलाई केही थान मधेसीको रिहाईका नाममा तुहाउने षडयन्त्रमा महन्थ लागेका छन् ।
पछिल्लो समय राति–राति शितल निवास, बालुवाटार र लैनचौर सबैभन्दा बढी धाउने नेता बनेका छन् महन्थ ठाकुर । अवसरवादी, जातिवादी र ओलीवादीबाहेक उनलाई मन पराउनेहरु देश र मधेसमा घटेका छन् ।

लेखक :- मधेसी बुद्धिजीवि तथा पेशाकर्मी समाज
प्रदेश २, जनकपुरधाम
मिति २०७८ जेठ १२

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चाँगुनारायण–६ मा रास्वपाको पहिलो वडा अधिवेशन सम्पन्न, सुकुमान ...

  • May 4, 2026

उच्च अदालत बिराटनगरकै जमिन पर्याे अतिक्रमणमा

  • May 4, 2026

बागमती प्रदेश प्रमुख बानियाँकाे घरमा पस्याे सुदृढीकरण

  • May 4, 2026

वसन्तसँगै ललितपुरको चक्रपथमा फुले फुल, वातावरण स्वच्छ

  • May 4, 2026

यी हुन् भक्तपुरमा रहेकाे सरकारि जमिन

  • May 3, 2026

सार्वजनिक जग्गा अतिक्रमणदेखि हतियार बरामदसम्म: इन्द्रकुमार चाम...

  • May 3, 2026

सुकुमबासी हटाउँदा घरबारविहीन नबनाइने : रवि लामिछाने

  • May 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved