काठमाण्डौ । पार्टीको हित बिपरीत गतिबिधी गरेको भन्दै सुरेन्द्र पाण्डे सहित १२ जनालाई नेकपा एमालेले सोधेको स्पष्टीकरण पार्टीलाई नबुझाउने भएकाछन् ।स्पष्टीकरणको दिइरहनुपर्ने आवश्यकता नदेखिएकाले सबै १२ जनाले नै स्पष्टीकरण नदिने निर्णय गरिएको खनाल–नेपाल समूहका विघटित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठको भनाई रहेको छ ।

गत सोमवार नेकपा स्थायी कमिटी बैठक बसेर ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्ने र अरू १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । विपक्षी गठबन्धनलाई सघाएका २३ जना विघटित प्रतिनिधि सभाका सदस्यमध्ये १२ जनालाई अस्ति बुधवार २४ घण्टे स्पष्टीकरण सोधिएको थियो ।
स्पष्टीकरण सोधिएका तर पार्टीलाई स्पष्टीकरण नदिने नेताहरु यस्प्रकार छन :
नेताहरू सुरेन्द्र पाण्डे
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
घनश्याम भुसाल
सोमप्रसाद पाण्डे
कृष्णलाल महर्जन
झपट रावल
भवानीप्रसाद खापुङ
यज्ञ सुनुवार
मेटमणि चौधरी
दीपकप्रकाश भट्ट
नारायण खतिवडा










