Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

देउवा र ओलीद्वारा एकै दिनसँसद विघटन-गिरिजा,मनमोहन र सूर्यबहादुरकै सिकोमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 23, 2021
159 shares

काठमाडौं ,जेठ ९/ शेरबहादुर देउवाले सँसद विघटन गरेको १९ बर्षपछि ठ्याक्कै उही दिन जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिधिसभाको घाँटी निमोठिएको छ । र,निर्वाचनको मिति घोषणा भएको छ आगामी कार्तिक २६ र मंसिर ३ गते । के ओली नेतृत्वको सरकारले निर्वाचन गराउला ? वा अबको ६ महिनापछि अर्काे खिलराजको खोजी होला ? विगत हेर्दा कम्युनिष्टको नेतृत्वमा अहिलेसम्म एउटै संसदीय निर्वाचन भएको देखिँदैन । बरु ओलीकै नेतृत्वमा दुईपटक प्रतिनिधिसभा भंग भएको छ ।गत ५ पुसमा प्रतिनिधिसभा बिघटन गर्नुभए पनि त्यसलाई सर्वाेच्चले ११ फागुनमा उल्टाइदिएको थियो ।

 

पहिलो प्रयास असफल भएको ५ महिनापछि ओलीले पुन: संसद बिघटन गरेका छन । यो सहित नेपालको संसदीय इतिहासमा ६ पटक संसद बिघटन भएको छ । ०५१ साल असार २६ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद बिघटन गर्नुभएको थियो । नेपालको संसदीय इतिहासमा यो पहिलो संसद विघटन थियो । त्यसको ११ महिनापछि ०५२ जेठ २ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद बिघटन गर्नुभयो । त्यसको दुई बर्ष,सात महिनापछि सूर्यबहादुर थापाले संसद बिघटन गर्नुभयो ।थापाले संसद बिघटन गरेको ५ बर्ष नपुग्दै शेरबहादुर देउवाले ०५९ जेठ ८ गते प्रतिनिधिसभा बिघटन गर्नुभयो ।

 

पाँचौं र छैठौं पटक प्रधानमन्त्री ओलीले संसद बिघटन गर्नुभएको हो । तर नेपालको कम्युनिष्ट सरकारले कमै निर्वाचन गराएको रेकर्ड छ । ०४७ सालपछि मुलुकमा ६ वटा निर्वाचन सम्पन्न भएका छन् । ०४८ मा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा,गिरिजाप्रसाद कोइराला नेतृत्वबाट तीन पटक (०५१ साल,०५६ र ६४ मा ), खिलराज रेग्मीले संविधान सभाको दोश्रो निर्वाचन ०७० मा र सुशील कोइरालाले ०७४ मा ।प्रजातन्त्र प्राप्तीपछिका ५ वटा संसदीय निर्वाचन कांग्रेसकै नेतृत्वमा र एउटा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा भएको देखिन्छ ।

 

यो अवधिमा ८ वटा कम्युनिष्ट नेतृत्वको सरकार बने पनि चुनावी सरकारको नेतृत्व भने उनीहरुले गर्न न सकेको ईतिहासले देखाउछ । स्थानीय तहका सबै निर्वाचन हुँदा सरकारको नेतृत्व कम्युनिष्टले गर्न पाएको रेकर्ड देखिदैन । ०४९ को स्थानीय निर्वाचन गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको देखिन्छ भने लोकेन्द्रबहादुर चन्द नेतृत्वमा ०५४ सालमा,राजा ज्ञानेन्द्रकै शासनकालमा ०६१ सालमा र ०७४ मा । यी चार वटा स्थानीय तहको निर्वाचनमध्ये प्रचण्डको नेतृत्वमा ०७४ वैशाख ३१ गते प्रदेश नम्बर ३,४ र ६ मा निर्वाचन भएको देखियो । पहिलो चरणको निर्वाचनपछि तत्कालीन प्रधानमन्त्री प्रचण्डले ०७४ जेठ २३ मा कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गरेसँगै देउवाले असार १४ मा प्रदेश १,५ र ७ का ३३४ स्थानीय तहमा निर्वाचन गराएको थियो ।

” इतिहासको कति मीठो संयोग !”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जलवायु संकटका कारण नेपालले असमान रूपमा ठूलो क्षति व्यहोर्दैछ :...

  • September 25, 2026

इन्द्रजात्राले राष्ट्रिय एकता, सद्भाव र सांस्कृतिक पहिचान अझ स...

  • September 25, 2026

बाढीपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग गर्न प्रधानमन्त...

  • September 25, 2026

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved