पोखरा । प्रतिनिधी सभा विघटन गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमाराँके जुलुस निकालेका नेपाल विद्यार्थी संघका नेताहरु लखेटिएका छन् । पोखरा महानगरपालिका अगाडी नेविसंघ केन्द्रीय नेता भानु ढकाल , सरोज केसी ,जिल्ला नेता विकास थापा लगायत सात जनाले रांके जुलुस निकालेपछि प्रहरीले उनिहरुलाई लखेटेको हो ।

न्युरोडमा राँके जुलुस निकालेका विद्यार्थीहरुलाई हस्तक्षेप गर्नका लागि सुरुमा तीन जना प्रहरीले गरेको प्रयास असफल भएपछि थप करिब १५ जना प्रहरी परिचालन गरि उनिहरुलाई लखेटिएको हो । केही बेरअघि राँको सहित प्रर्दशनमा उत्रिएपछिप्रहरीले न्युरोडका विभिन्न गल्लीहरुमा उनीहरुलाई लखेटेको थियो ।कोरोना संक्रमणबढेपछि कास्कीमा निषेधाज्ञा जारी छ ।
source https://ganthan.com/archives/120700










