काठमाडौँ। खोटाङको केपिलासगढी गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले नमुना मतगणना गरेको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको मतगणनाको अभ्यास स्वरुप बिहिबार बिहान मतगणनाको रिहल्र्सल गरिएको निर्वाचन अधिकृत राजकुमार राईले बताए ।


केपिलासगढी गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले गरेको नमुना मतगणना ।
निर्वाचन अधिकृतको कार्यालयले मतगणनस्थल तयार पारेपछि कर्मचारी, सुरक्षाकर्मी र उम्मेदवारका प्रतिनिधि बनेर नमुना मतगणना गरिएको हो । निर्वाचनपछि मतगणना गर्ने अभ्यास र सीप विकासका लागि मत गणनाको रिहल्र्सल गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृत राईका अनुसार केपिलासगढीमा मतगणनस्थललाई बाँसको भाटा र भलिबलको जाली प्रयोग गरेर घेराबारा हालिएको छ । मतगणना गर्ने कर्मचारी र उम्मेदवारका प्रतिनिधि बस्ने ठाउँको बिचमा घेराबारा हालेर सुरक्षा व्यवस्था मिलाइएको छ । साथै मतगणनास्थलमा सिसि क्यामेरा पनि जडान गरिएको बताए ।










