Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

स्थनीय तह निर्वाचन : खोटाङका अधिकांश मतदान स्थल तयार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 12, 2022
27 shares

काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि खोटाङका अधिकांश मतदान स्थल तयार पारिएका छन् । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि १० वटै स्थानीय तहमा मतदानस्थल तयार पारिएको हो ।

मुख्या निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यका अनुसार निर्वाचनका लागि केही ठाउँ बाहेक सबै मतदान स्थल तयार भएको र जिल्लामा १३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिएको बताए ।

मतदानस्थलमा बार हालेर र डोरी टाँगेर मतदाता उभिने ठाउँ, कर्मचारी बस्ने ठाउँ, मत संकेत गर्ने ठाउँ, मत पेटिका राख्ने ठाउँ लगायतका संरचना तयार पारिएको छ । बाँकी केही मतदानस्थल बिहिबार दिनभरीमा तयार हुने मुख्य निर्वाचन अधिृतको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृत रमाकान्त यादवका अनुसार ऐसेलुखर्कमा सबै मतदानस्थल तयार पारिएको छ । केपिलासगढी गाउँपालिकामा पनि सबै मतदानस्थल तयार भएको निर्वाचन अधिकृत राजकुमार राईले बताए । खोटेहाङ गाउँपालिकामा पनि सबै वडामा मतदानस्थल तयार भएको निर्वाचन अधिकृत गेहेन्द्रराज रेग्मीले बताए ।

साकेला गाउँपालिकामा पनि सबै वडामा मतदानस्थल तयार भएको निर्वाचन अधिकृत राजन नेपालले बताए । हलेसी तुवाचुङ नगरपालिकामा आज दिनभरमा मतदास्थल तयार हुने निर्वाचन अधिकृत संगीता न्यौपाने ढुंगेलले बताईन् । अन्य स्थानीय तहमा पनि लगभग मतदानस्थल तयार भएको छ ।

मत गणनास्थलमा बाँसको भाटाको घेराबारा

खोटाङका १० वटै स्थानीय तहमा मत गणनाका लागि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मत गणनास्थल तयार पारिएको छ ।

सुरक्षित तरिकाले मत गणना गर्नका लागि सिसि क्यामेरा जडान र घेरा बारा हालेर मत गणनास्थल तयार पारिएको हो । मत गणनास्थलमा मत गणनाका क्रममा खटिने कर्मचारी र सुरक्षाकर्मी भित्र र उम्मेदवारका प्रतिनिधि बाहिर बस्न मिल्नेगरी घेरा बारा हालिएको छ ।

 

खोटाङका बिभिन्न स्थानमा तयार पारिएको मतगणना स्थल ।

अधिकांश मतदानस्थलमा बाँसको भाटा, तार जाली, भलिबलको नेट लगायत प्रयोग गरेर घेरा बारा गरिएको हो । ऐसेलुखर्कमा उम्मेदवारका प्रतिनिधिले मतपत्रको छाप र चिन्ह देख्न सक्नेगरी घेराबारा हालेर नजिकै बस्ने ठाउँको व्यवस्था मिलाइएको निर्वाचन अधिकृत यादवले बताए ।

ऐसेलुखर्कमा आवाज रेकर्ड गर्ने सिसि क्यामेरा जडान गरिएको छ । केपिलासगढीमा नियमित विद्युतको व्यवस्थाका लागि जेनेरेटर समेत तयारी अवस्थामा राखिएको निर्वाचन अधिकृत राईले बताए ।निर्वाचनको दिन वर्षा हुने भनिएपछि मतदानस्थलको सुरक्षाका लागि निर्वाचन अधिकृतको कार्यालयले आ–आफ्नै तरिकाले त्रिपाल व्यवस्था गरेको छ । निर्वाचन आयोगले त्रिपालका लागि छुट्टै बजेट व्यवस्था नगरेपछि मतदानस्थलको सुरक्षाका लागि सम्वन्धित स्थानीय तह र वडा कार्यालयसँगको सहकार्यमा त्रिपाल व्यवस्थापन भइरहेको छ ।

वडा कार्यालयमा भए वडाकै र वडामा नभएको अवस्थामा नगरपालिकाबाट त्रिपाल मगाइएको हलेसी तुवाचुङ नगरपालिकाकी निर्वाचन अधिकृत न्यौपानेले बताईन् । ‘वडामा छ भने वडाबाटै त्रिपाल व्यवस्थापन गरिरहेका छौँ,’ न्यौपानेले भनिन्, ‘वडामा छैन भने नगरपालिका समक्ष त्रिपाल माग गर्ने व्यवस्था मिलाइएको छ ।’

साकेला गाउँपालिकामा धेरैजसो मतदानस्थल सामान्य वर्षाका त्रिपाल नचाहिनेगरी तयार पारिएको छ । विद्यालयलाई मतदान केन्द्र बनाइएकाले मतपत्र, मत पेटिका लगायतका निर्वाचन सामग्रीलाई भिज्नबाट जोगाउन बरण्डामा राख्नेगरी मतदानस्थल तयार पारिएको निर्वाचत अधिकृत नेपालले बताए । खोटेहाङ गाउँपालिकामा ओत भएको ठाउँमा बाहेक अन्य आवश्यक पर्ने मतदानस्थलका लागि पालिकाबाट त्रिपाल व्यवस्था गरिएको निर्वाचन अधिकृत रेग्मीले बताए ।

मतदाता शिक्षामा कर्मचारी
मतदानका लागि मतदानस्थलमा पुगेका कर्मचारी मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षामा व्यस्त बनेका छन् । यसपल्ट निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन नगरेकाले मतदाताको जिज्ञासा अनुसार कर्मचारी मतदाता परिचयपत्र वितरणका साथमा मतदाता शिक्षा दिन व्यस्त बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

संविधानका उपलब्धिलाई जनजीवनसँग जोड्नु मुख्य दायित्व : प्रचण्ड

  • September 19, 2026

संविधानको मर्मअनुरूप समुन्नत नेपाल निर्माणमा एकताबद्ध बनौँ : उ...

  • September 19, 2026

 संविधान संशोधन लोकतन्त्रको कमजोरी होइन, सुधारको लोकतान्त्रिक ...

  • September 19, 2026

सात वर्षपछि ३८८ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

  • September 19, 2026

भन्सार छलीका सामान भण्डारण तथा बिक्री वितरण गरेको आरोपमा तीन ज...

  • September 19, 2026

संघर्ष, बलिदान र जनआन्दोलनको जगमा संविधान दिवस

  • September 19, 2026

देउवा–गगन द्वन्द्व : कांग्रेसको संकट कहाँबाट आयो?

  • September 18, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved