काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा प्रचण्डको टाउकोमा ‘हनुमान’ले हान्ने टिप्पणी गरेका छन् । गृहनगर झापाको दमक नगरपालिकामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले राम जन्मभूमि माडि हो भनेर हनुमानको सालिक बनाएर पठाउँदा प्रचण्डले आफ्नाविरुद्ध हनुमान पठाइदियो भनेको उनले बताए ।
‘राम जन्मभूमि माडीमा हो भनेर राम लक्ष्मण सिता राखेर हनुमानको पनि सालिक बनाएर स्थापित गराएँ,’ ओलीले भने, ‘मेरा विरुद्ध गधा बोकेको हनुमान पो पठाइदियो केपी ओलीले भनेर भनेछन्। अब हनुमानले प्रचण्डको टाउकोमा हान्नेवाला छन् ।’

प्रचण्डले आफ्नै ठाउँको विकासको विरोध गर्ने गरेको उनको टिप्पणी छ । उता, कांग्रेसले केही पनि गर्न नचाहेको ओलीको जिकिर गरे ।










