Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हिंसात्मक गतिविधि सँगै अनियन्त्रित बन्दै श्रीलंकामा प्रदर्शन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 10, 2022
0 shares

काठमाडौं । श्रीलंकामा यतिबेला आर्थिक संकटकाबीच राजनीतिक अस्थिरता उत्पन्न भएको छ । केही दिनदेखि ठूला प्रदर्शनसँगै हिंसात्मक गतिविधि बढिरहेको छ ।अन्तर्राष्ट्रिय मिडियाका अनुसार सोमबार बिहानैदेखि भएको प्रदर्शनमा झडप हुँदा कम्तीमा ३ जना मारिएका छन् । यस क्रममा एक सांसद र एक प्रहरीअधिकृतले समेत ज्यान गुमाएको छ ।

प्रदर्शनकारीले केही मन्त्री र सांसदहरूको निवासमा पुगेर आगजनी समेत गरेका छन् । झडपको क्रममा २ सय जना घाइते भएको डेली मिररले जनाएको छ । उनीहरूको अहिले कोलम्बोस्थित कोलम्बो नेश्नल हस्पिटलमा उपचार भइरहेको छ ।

सोमबार महिन्दा राजापाक्षेले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । तर पनि हिंसा भने रोकिएको छैन । मंगलबार राष्ट्रपति गोटाबाया राजापाक्षेले प्रधानमन्त्रीको राजीनामा स्वीकार गरिसकेका छन् । अहिले कोलम्बोसहितका सहरमा राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शन भएको छ । र ती प्रदर्शन हिंसात्मक बन्दै गएका छन् । महिन्दा राजापाक्षे समर्थकहरूको प्रदर्शनले पछिल्लो समय उग्र रुप लिँदै गएको स्थानीय मिडियाले जनाएका छन् ।

हाल मन्त्री तथा उच्च अधिकारीहरू नै प्रदर्शनकारीको निशाना बनेका छन् । उनीहरूले नेताहरूका घर जलाउनुका साथै प्रहरीका गाडीसमेत तोडफोड गरेका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार प्रदर्शनकारीले महिन्दा राजापाक्षेको हन्बनटोटामा रहेको पुरानो घर समेत जलाइदिएका छन् । सरकारले कर्फ्यू जारी गरे पनि प्रदर्शन भनेरोकिएको छैन ।

केही महिनादेखि नै आर्थिक संकट झेल्दै आएको श्रीलंकामा पछिल्ला घटनाले गृहयुद्धको सम्भावना बढेको टिप्पणी हुन थालेको छ । हिंसात्मक प्रदर्शन अनियन्त्रित बन्दै गएपछि श्रीलंकामा गृहयुद्ध निम्तिनसक्ने आकलन गरिएको छ ।

सोमबार प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएर सर्वदलीय मन्त्रिपरिषद्‍ गठनको तयारी गरेका थिए । तर मंगलबार महिन्दाका समर्थकहरूको प्रदर्शन झन् उग्र बन्दै गयो । उनीहरूले अहिले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् । सोमबार महिन्दाको राजीनामाले संकट समाधानका लागि सहयोग पुग्ने अपेक्षा गरिए पनि एकै दिनमा महिन्दाका समर्थकहरूको उग्र प्रदर्शनका कारण अवस्था त्यस्तो नदेखिएको जनाएका छन् ।

सन् २०१९ को नोभेम्बरमा प्रधानमन्त्री बनेका राजापाक्ष त्यसअघि दुई पटक राष्ट्रपतिसमेत भएका थिए । उनी सन् २००५ देखि २०१५ सम्म लगातार राष्ट्रपति भएका थिए । त्यसअघि उनी सन् २००४ मा प्रधानमन्त्री निर्वाचित भएका थिए ।

पछिल्लो समय श्रीलंकाले स्वतन्त्रतायताकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ । विदेशी मुद्राको अभावसँगै इन्धन आपूर्ति अनियमित छ भने खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्रीको चरम अभाव छ । त्यस्तै, दैनिक उपभोग्य वस्तुको मुल्य अकासिएको छ भने विद्युत् आपूर्ति ठप्पप्रायः छ । जसका कारण जनजीवन निकै कष्टकर बनेपछि जनतामा आक्रोश बढेको हो ।

ठूलो मात्राको वैदेशिक ऋण र व्यवस्थापन कमजोरीका कारण धर्मराएको अर्थतन्त्र विदेशी मुद्रा अभावका कारण धराशायी बनेको हो । विदेशी मुद्राको सञ्चिति बढाउनका लागि सन् २०२० मा आयातमा प्रतिबन्ध लगाएपछि खाद्यान्न तथा औषधि अभाव भएको हो । विदेशी मुद्राको मुख्यस्रोत पर्यटन क्षेत्र कोरोना महामारीले ठप्पप्रायः छ । पर्यटन क्षेत्रसँग आबद्ध कम्तीमा २ लाख ५० हजार जनाले रोजगारी गुमाइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

संविधान दिवस बहिष्कार गर्दै मंगोल नेशनल अर्गनाइजेशन क्रान्तिका...

  • September 19, 2026

रसुवा बाढीपीडितका लागि गोरखाका स्थानीय तहले जुटाए ३ करोडभन्दा बढी

  • September 19, 2026

भोटेकोशी बाढी : नुवाकोटका चार स्थानीय तहका १,९५५ परिवारको आवास...

  • September 19, 2026

संविधानका उपलब्धिलाई जनजीवनसँग जोड्नु मुख्य दायित्व : प्रचण्ड

  • September 19, 2026

संविधानको मर्मअनुरूप समुन्नत नेपाल निर्माणमा एकताबद्ध बनौँ : उ...

  • September 19, 2026

 संविधान संशोधन लोकतन्त्रको कमजोरी होइन, सुधारको लोकतान्त्रिक ...

  • September 19, 2026

सात वर्षपछि ३८८ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

  • September 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved