Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारको अस्थायी बेलिब्रिज ८ जेठबाट खोलिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 10, 2022
3 shares

खोटाङ। खोटाङ र उदयपुरको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदिमाथि जडान गरिएको अस्थायी बेलिब्रिज खोलिने भएको छ।

यहि आउँदो जेठ ८ गतेदेखि बेलिब्रिज खोल्न सुरु हुनेछ।सगरमाथा गाईघाट–दिक्तेल सडकखण्ड अन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटारको सिमानामा पर्ने फोक्सिङटारको सुनकोशी नदिमाथि जडान गरिएको ५० मिटरको बेलिब्रिज रेग्मी–भानुमति–चौधरी जेभीले खोल्नेछ।

सडक विभागको ७८ लाख बजेटमा गत पुस १ गते सोही जेभीले बेलिब्रिज जडान गरेको थियो। गतवर्ष ८४ लाख खर्चेर रेग्मी निर्माण सेवाले बेलिब्रिज जोड्ने र फुकाल्ने काम गरेको दिक्तेल गाईघाट सडक विभागका योजना प्रमुख ईन्जिनियर गोपाल प्रसाद खकुरेलले बताए।

बेलिब्रिज जडान भएपछि ६ महिना सो रुटबाट उदयपुरको गाईघाट हुंदै तराईसम्मको सीधा यातायात सेवा सञ्चालन हुन्छ भने, बेलिब्रिज निकालेपछि ६ महिना दिक्तेलबाट घुर्मी–कटारी–मिर्चैया हुंदै तराई जानुपर्ने बाध्यता छ।

अब बेलिब्रिज जोडनु नपर्ने अनुमान

दिक्तेलबाट उदयपुर हुंदै तराई आवतजावत गर्ने सबैभन्दा छोटो रुटमा पर्ने फोक्सिङटारस्थित सुनकोशी नदिमा ९ वर्षअघि ठेक्का लागेको मोटरेबल पुलको कामले यतिबेला भने रफ्तार लिएपछि अब फेरी बेलिब्रिज जडान गर्नुनपर्ने अनुमान गरिएको छ।नदीको अफ्ठ्यारो कामहरु सकेको अवस्था छ।

योजना प्रमुख ईन्जिनियर खकुरेलल भने, ‘पुलको काम धमाधम भईरहेको कारणले अबको पटक बेलिब्रिज राख्नु नपर्ने देखिन्छ।’

सडक विभागको १९ करोड ६० लाख ९ हजार ९४१ रुपैयाँ लगानीमा गौरी पार्वती–वाईपी जेभीले २०७३ चैत २२ गतेदेखि सुनकोशी नदिमाथि १ सय २० मिटर लामो आर्च ब्रिज डिजाईनको मोटरेबल पुल निर्माण गरिरहेको छ। हालसम्म पुलको काममा ८५ ५ प्रगती भएको जेभीका सञ्चालक रामकुमार थापाले गरेका छन्।

हप्ता दिनमा एप्रोच रोड तयार हुन्छ। असारको १५र१६ मा पुलको आर्च स्ल्याप ढलान गर्ने योजना छ। थापाले भने, ‘ढलान गरेको २१ दिनपछि गाडी गुडाउँछौ संम्भवतः साउन १५ गतेदेखि गाडी गुड्छ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

संविधान दिवस बहिष्कार गर्दै मंगोल नेशनल अर्गनाइजेशन क्रान्तिका...

  • September 19, 2026

रसुवा बाढीपीडितका लागि गोरखाका स्थानीय तहले जुटाए ३ करोडभन्दा बढी

  • September 19, 2026

भोटेकोशी बाढी : नुवाकोटका चार स्थानीय तहका १,९५५ परिवारको आवास...

  • September 19, 2026

संविधानका उपलब्धिलाई जनजीवनसँग जोड्नु मुख्य दायित्व : प्रचण्ड

  • September 19, 2026

संविधानको मर्मअनुरूप समुन्नत नेपाल निर्माणमा एकताबद्ध बनौँ : उ...

  • September 19, 2026

 संविधान संशोधन लोकतन्त्रको कमजोरी होइन, सुधारको लोकतान्त्रिक ...

  • September 19, 2026

सात वर्षपछि ३८८ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

  • September 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved