Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हस्ताक्षरकाे सवालमा नेता नेपालकाे चलख्याइँ कि हेपाहा प्रबृर्ति ??

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 21, 2021
18 shares

जेठ ७, काठमाडौं । नेकपा एमालेका अन्य नेताले साथ नदिएपछि वरिष्ठ नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको पछि लागेर राष्ट्रपतिभवन शितलनिवास पुग्नुपरेको छ । एमालेका सांसदहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानन्त्री बनाउने पक्षमा हस्ताक्षर गर्न संसद सचिवालयस्थित लेखा समितिको हलमा डा. भीम रावल, रामकुमारी झाँक्री, झपट रावलसहित सात जना सांसदमात्र पुगेपछि नेपालले पुरानो हस्ताक्षर बोकेर देउवाको नाममा दुरूपयोग गर्नुभएको हो ।

आफ्नै पार्टी अध्यक्षबिरुद्ध खडा भई कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन लागेपछि सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका नेताहरूले नेता नेपालको यो कदमको निन्दा गरेका छन । पाण्डे, बिष्ट र भट्टराईले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको भन्दै हस्ताक्षर दुरूपयोग भएको जानकारी गराइसक्नुभएको छ । सिंहदरबारदेखि एमालेको नामममा एक्लो बन्नुभएको माधव नेपाल शितल निवाससम्म पनि एक्लै हुनुहुन्छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवासहितका कांग्रेस नेतासँग कुरा हुँदा अन्य नेता एमाले भए पनि आफू अब एमाले हुन नसक्ने भन्दै नेपालले चुनावअघि आफू कांग्रेस प्रवेश गर्न तयार रहेको जानकारी गराउनुभएको स्रोतले जनाएको छ ।

यसअघि देउवाले रूख चिन्हमा चुनाव लड्न गरेको प्रस्ताव समेत नेपाल र डा रावलले स्वीकार गर्नुभएको स्रोतले जनाएको छ । देउवाको निवासमै पुगेर उहाँहरुले रुख चिन्हमा चुनाव लडने सहमति जनाउनु भएको थियो । नेपालले आफू कांग्रेस नै प्रवेश गर्न तयार भए पनि सांसदहरू उपस्थित नभएपछि संसदमा अनुपस्थित भएका २७ जनाको हस्ताक्षर प्रयोग गर्न भनेर देउवालाई दिनुभएको थियो ।

नेपालको सो कदमको कडा प्रतिवाद गर्दै ‘त्यो हस्ताक्षर प्रयोग नगर्नाेस’ भनेर नेता सुरेन्द्र पाण्डे पार्टीको विवाद समाधान कार्यदलको बैठकमा सहभागी हुन जानुभएको थियो । आजको यो घटनापछि माधव नेपाल थप नांगो बन्नुभएको छ । उहाँ एमाले छाडेर जाने निर्णयसहित एमालेको युवा नेताहरुलाई समेत सकाउने षडयन्त्रमा रहनुभएको तथ्य पनि यस घटनाले पुष्टि गरेको छ । माधव नेपाल जस्तो नेताले नै सांसदको हस्ताक्षर दुरूपयोग गराउन कस्सिएपछि अरूले के गर्लान भन्ने प्रश्न उठेको छ । सिंहदरबारमा भएको छलफलमा हस्ताक्षर गर्नेक्रममा एमालेका सात जना सांसद मात्रै उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जलवायु संकटका कारण नेपालले असमान रूपमा ठूलो क्षति व्यहोर्दैछ :...

  • September 25, 2026

इन्द्रजात्राले राष्ट्रिय एकता, सद्भाव र सांस्कृतिक पहिचान अझ स...

  • September 25, 2026

बाढीपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग गर्न प्रधानमन्त...

  • September 25, 2026

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved