Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

” ओलिको सपना ” पहाडमाथि निदाइरहेको ओली सरकार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 20, 2021
183 shares

जेष्ठ ६ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जहिले जहिले प्रधानमन्त्री भए अनपेक्षित घटनाक्रम र विपत चुनौती बनेर आए। अहिले कोभिड-१९ महामारी मानव जगतकै चुनौती हो। र यो संकट जो शासन सत्ताको नेतृत्वमा छन् तीनका लागि लागि काम गर्ने अवसर हो र हुनेछ।

२०७२ सालमा पनि ओली नै प्रधानमन्त्री हुँदा भारतले नाकाबन्दी लगायो। अहिले कोभिड-१९ संकट भनेजस्तै त्यो बेलाको नाकाबन्दी ओलीका लागि चुनौती थिए। र नै काम गर्ने अवसर पनि।

“गर्न चाहने हो भने प्रधानमन्त्री ओलीका लागि कोभिड-१९ को चुनौती अहिलेसम्मका आफ्ना असफलताबाट मुक्त हुने मौका हो। इतिहासमा बिरलै दोहोरिने यस्ता महाविपतसँग जुधिरहेका र अहिलेसम्म प्रभावित नभएका नेपालीलाई जोगाउने अवसर कसैलाई छ भने प्रधानमन्त्री ओलीलाई मात्र छ।”

गर्न चाहने हो भने प्रधानमन्त्री ओलीका लागि कोभिड-१९ को चुनौती अहिलेसम्मका आफ्ना असफलताबाट मुक्त हुने मौका हो। इतिहासमा बिरलै दोहोरिने यस्ता महाविपतसँग जुधिरहेका र अहिलेसम्म प्रभावित नभएका नेपालीलाई जोगाउने अवसर कसैलाई छ भने प्रधानमन्त्री ओलीलाई मात्र छ।

प्रधानमन्त्रीले पक्कै बुझेका छन् यो समय सरकार र शासकका लागि यही रुपमा फेरि दोहोरिने छैन। अहिले अकालमा मर्न बाध्य निरीह नागरिकलाई बचाउनेमात्र मुख्य ध्येय लिने हो भने ‘ओली बा आइलभ यू’ जस्ता नारा कार्यकर्ता बाहिर आम नागरिकले पनि लाउन थाल्नेछन्।

आफ्नो सत्ता टिक्ला नटिक्ला, फोहोरी राजनीतिक खेल सधै चलिरहला। सत्ता र राजनीति दुबैलाई थाति राखेर काम गर्ने हो भने अहिले सत्ता आफ्नो हातबाट गइहाल्यो भने पनि भबिष्यमा खुशीखुशी फर्किनेछ भन्ने कुरा ओली जत्तिको चुतर राजनीतिज्ञलाई थाहा नहोला त? तर उनका बाेली र व्यवहारमा जुन किसिमको हलुका र थेत्तरोपन देखिन्छ लाग्छ ओलीले अझै पनि यो संकटलाई चिन्न सकेका छैनन्। काम गर्ने अवसर ठानेका छैनन्।

जनमानसका आक्रोश छ प्रधानमन्त्री ओली साँच्चिकै निकम्माहरुको घेराबन्दीमा छन् वा सब थाहा भएर पनि थाहा नपाएको अभिनय गरिरहेका छन्? दुनियाँले भनिरहेछ मानवीय संकटको यो महाविपतमा यदि सबैकुरा थाहा पाएर पनि थाहा नभएको अभिनय गरिरहेका छन् भने ओलीको यस्तो कार्य अक्षम्य अपराधमा दरिनुपर्छ।

संकटको गहिराइको बारेमा ओली साँच्चीकै अनजान र सूचनाबाट बिमुख छन् भन्ने कल्पना गर्न सकिन्न। र पनि ओली बेलाबेला भन्छन् ‘मलाई थाहा छैन।’ उदाहरणका लागि विश्वासको मत माग्ने दिन संसदमा ओलीले भने, ‘मलाई खोप खरिदमा कमिशनको कुरा भैरहेछ भन्ने थाहा छैन। थाहा भयो भने तत्काल कारवाही गर्छु।’

स्वास्थ्यमन्त्री आफैंले भनेका छन् कमिशनको कारण खोप ल्याउन नसकेको कुरा प्रधानमन्त्रीलाई भनेको। र सारा नेपालीलाई थाहा भैसकको कुरा प्रमलाई जानकारी नहोला भनेर कसरी पत्याउने? पहिले पनि स्वास्थ्य मन्त्रालय मातहतका अन्य बेतिथी र बिसंगती बाहिरिदाँ पनि ओली यसैगरी थाहा छैन भन्दै पन्छिएका थिए।

देशबासीलाई सम्वोधन गर्दा प्रम ओलीले भनेका थिए, ‘वीर अस्पतालको नयाँ भवनलाई कोभिड अस्पताल बनाइन्छ। निजी मेडिकल कलेज र अस्पतालहरुमा कोभिड-१९ बिरामीको उपचार गरिनेछ। भारत बाहेकका मुलुकबाट समेत खोप आयात गर्न पहल गरिनेछ।अक्सिजनको अभाव हुने छैन।उपचार नपाएर नेपालीले मर्नपर्ने दिन देख्नु पर्ने छैन।

तर यतिका दिन भैसक्दा समेत न आजसम्म वीर अस्पताललाई सरकारले युनिफाइड कोभिड अस्पताल बनाउन सक्यो न त खोप आयातका लागि पहल गरेको सुन्न नै पाइयो। उल्टो स्वास्थ्य मन्त्रालय भनिरहेछ वीर अस्पतालले सरकारलाई टेरेन। के यो कुरा प्रधानमन्त्रीलाई पक्कै थाहा नहोला त?

“प्रधानमन्त्रीसँग नागरिकका थप प्रश्नहरु छन्, ‘रामबहादुर थापा ‘बादल’ का लागि भोट माग्नु पर्छ भन्ने थाहा हुने, भोट माग्न भ्याउने, नेता, कार्यकर्ता र आसेपासेलाई दर्शन दिन भ्याउने, पार्टीको बैठक बोलाउन भ्याउने तर कोरोना संक्रमितको चित्कार सुन्न र उनीहरुको घाउमा मल्हम लगाउन अघि नसर्ने पनि हुनसक्छ र? त्यो पनि प्रधानमन्त्रीबाट ?”

आफूले भने अनुसार काम नभएको, सरकारी अस्पतालले नै सरकारलाई नटेरेको, कुनै अस्पतालमा उपचार नपाएर गेटदेखि नै बिरामीको चिच्याहट, कुनै अस्पतालका शैया खालीखाली, सिसिएमसीको जिम्मा लिएपछि अक्सिजनको चरम अभाव, अक्सिजन नपाएर एकै दिन सयौं बिरामीको मृत्यु, पहिलो डोज खोप लगाउने नागरिकले दोश्रो डोज खोप लाउन नपाउने संभावना, कोरोनाको नयाँ भेरिएन्टको चर्को असर, उपचारको अभावमा संक्रमित मृत्युदर उकालो लागिरहेको। यी यावत कुराहरु प्रधामन्त्रीलाई थाहा छैनन् होला त?

यदि थाहा छ भने समस्या समाधानका लागि उनले के गरे? गरिरहेका छन् त? प्रधानमन्त्रीसँग नागरिकका थप प्रश्नहरु छन्, ‘रामबहादुर थापा ‘बादल’ का लागि भोट माग्नु पर्छ भन्ने थाहा हुने, भोट माग्न भ्याउने, नेता, कार्यकर्ता र आसेपासेलाई दर्शन दिन भ्याउने, पार्टीको बैठक बोलाउन भ्याउने तर कोरोना संक्रमितको चित्कार सुन्न र उनीहरुको घाउमा मल्हम लगाउन अघि नसर्ने पनि हुनसक्छ र? त्यो पनि प्रधानमन्त्रीबाट ?

कुर्सी हल्लिने संकेत मिल्यो कि तत्काल दल वा मन्त्रिपरिषदका बैठक बोलाउने भ्याउने, राष्ट्रपतिलाई भेट्न समय मिल्ने तर खोप आयातका लागि पहल गर्न समय नहुने भन्ने पनि हुन्छ र? प्रश्न अरु पनि थुप्रै छन्। तर व्यवहारमा जवाफ भेटिन्न।

यसबाट के बुझ्न सकिन्छ भने प्रधानमन्त्री ओलीले कोभिड-१९ महामारीलाई चुनौतीको रुपमा लिएका नै छैनन्। यदि लिन्थे भने चुनौती सामना गर्न तत्काल गर्नुपर्ने काम गर्ने थिए। त्यस्ता कामहरु जुन अहिले गरेन भने फेरी त्यस्तो मौका नै आउँदैन पछुताउनु सिवाय।

फेरि पनि दोहोर्याउँ बिगत तीनबर्षका असफलताबाट चोखिन ओलीलाई अहिले एतिहासिक मौका छ। अक्सिजन प्लान्ट खोल्ने, बिदेशबाट अक्सिजन सिलिण्डर आयात गर्ने र यहाँ यत्रतत्र कसैको नियन्त्रणमा रहेका सिलिण्डर खोज्न सरकारी संयन्त्र परिचालन गर्ने यस्तो अवसर उनको सरकारसँगमात्र छ। अहिले यतिगर्दा पनि केही बिरामीको ज्यान बच्छ। संक्रमित ज्यान बचाउनु सरकारको मुख्य काम हो।

सरकारले कोरोना नियन्त्रणका लागि विज्ञ, नीजि क्षेत्र र गैर सरकारी संघसंस्था तथा उनीहरुका सञ्जालसँग सहकार्य गर्नुपर्छ। यसको पहल प्रधानमन्त्रीले नै गर्नुपर्छ। अरु सबै काम छोडेर अहिलेको मुख्य ध्याउन्न कम्तिमा डेढ करोड जनतालाई कोभिड भ्याक्सिन लगाउने गरी खोपको जोहो गर्न पहल थालिहाल्ने हो। ओली सरकारका लागि यस्तो फेरि आउन्न।

नेपालीहरुलाई फुर्क्याउन कुनै ठुलो काम गर्नै पर्दैन भन्ने थाहा पाएका ओलीले खोप आयातको पहल र अक्सिजनको सहज उपलब्धतामा देखिएका अव्यवस्था र बिचलनलाई मात्रै व्यवस्थित बनाए भने जनताले उनको जयजयकार गर्छन्।

कोरोना संक्रमणको पहिलो लहरमा चिनको वुहानबाट नेपाली फिर्ता ल्याउन र उनीहरुलाई व्यवस्थित गर्न सरकारले जे गर्यो त्यसको त आजसम्म सबैले तारिफ नै गरेका छन्। मतलब जनताले बिनाकारण सरकारको आलोचना गर्दैनन्।

उसको आलोचना त्यतिबेला हुन्छ जतिबेला सरकारले आफ्नो दायित्व पुरा गर्न सक्दैन। राम्रो गर्दा तारिफ नै हुन्छ। अहिलेसम्म २५ लाख जति नागरिकलाई खोप जुटाउन सक्दा त कसैले खोप किन ल्याइस भनि आलोचना गरेको छैन।

प्रधानमन्त्री ओलीले अहिले यो पनि बुझ्नुपर्छ की बेसार खाँउ कोरोना भगाउँ भन्दा, अम्बाका पात चपाउँ कोरोना भाग्छ भन्दा, नेपालीको इम्युनिटी पावर धेरै छ उनीहरुले कोरोना भगाउँछन् भन्दा बिरोध गर्ने नागरिकले अहिले ‘मैले त्यतिबेला कोभिड-१९ संक्रमणलाई कमजोर ठानेछु, नेपालीको इम्युनिटी पावरले कोरोना भगाउँछ भनेर जे पायो त्यही बोलेछु’ भन्दा क्षमा दिइसके।

शासकबाट गल्ति हुन्छ र जनताले माफ पनि दिन्छन्। तर गल्ति स्वीकारेरमात्र पुग्दैन। जसरी हुन्छ खोप ल्याउनु पर्यो। जनता बचाउनु परो। अहिलेका लागि प्रधामन्त्री केपी ओलीका लागि चुनौती र अवसर दुबै यही हो।

skynepalnewes.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जलवायु संकटका कारण नेपालले असमान रूपमा ठूलो क्षति व्यहोर्दैछ :...

  • September 25, 2026

इन्द्रजात्राले राष्ट्रिय एकता, सद्भाव र सांस्कृतिक पहिचान अझ स...

  • September 25, 2026

बाढीपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग गर्न प्रधानमन्त...

  • September 25, 2026

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved