Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोरोनाविरुद्ध लड्दै खोटाङका स्थानीय तहःपिसिआर रिपोर्ट अनिवार्य, आइसोलेसन अस्पताल निमार्ण तयारी-भिडियो सहित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 14, 2021
297 shares

उमेश भुजेल –बैशाख३१, दिक्तेल । खोटाङका स्थानीय तह कोरोना महामारी नियन्त्रणका लागि जुट्न थालेका छन् । हरेक स्थानीय तह केन्द्रको मुख नताकि आफै जिम्मेवार भएर कोरोना संक्रमण नियन्त्रण र प्रतिकार्यमा जुटेका छन् । जिल्लाका स्थानीय तहहरु कतै सुविधायुक्त अस्पताल निमार्णमा जुटेका छन् । केहि स्थानीय तह निर्माण गर्ने प्रक्रियामा छन् । अधिकांश स्थानीय तहले आइसोलेसन सेन्टर निर्माण गर्ने, अन्यत्रबाट आएका व्यक्तिमाथि निगरानी गर्ने, बाहिरबाट भित्रिएका स्थानीयलाई होम आइसोलेसनमा राख्ने, सचेतनामूलक सन्देश प्रवाह गर्ने काम गरिरहेका छन् ।

जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३२ वेडको कोरोना अस्पताल निमार्ण गरिसकेको र सेवा प्रवहा गर्न थालि सकेको छ। कोरोना संक्रमण वढी भएका कारण लकडाउनलाई अझ कडाई गरिएको बताउनु हुन्छ नगर प्रमुख दिपनारायण रिजाल ।यस्तै दिप्रङचुइचुम्मा गाउँपालिकाले पनि जिल्ला बाहिरबाट आउने जोसुकैलाई अनिवार्य ७२ घन्टाभित्रको पिसिआर परीक्षण गरेको रिपोर्ट पेस गरेपछि मात्र पालिका प्रवेश गर्ने अनुमति दिने निर्णय गरेको छ ।

 

गाउँपालिकाले हालसम्म १२ वेडको आइसोलेसल अस्पताल निमार्ण गरेको छ भने अव १३ वेडको अस्पताल थाप्ने योजना रहेको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताउनु भयो । यता हलेसी तुवाचुङ नगरपालिकाले भने ३२ वेडको सुविधायुक्त अस्पताल निमार्ण गरेको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राईले बताउनु भयो । कोरोना संक्रमित नगरपालिकामा देखीएकाले नगरपालिकालाई शिल गरिएको उहाको भनाई छ । जन्तेढुंगा गाउँपालिकाले कोरोना संक्रमितको उचित उपचार प्रवन्धको लागि १० वेडको आइसोलेसन बनाएको छ । यता बराहापोखरी गाउँपालिकाले भने सम्बन्धित वडाको वडाध्यक्षको संयोजकत्वमा सक्रिय कोभिड वडा समन्वय समिति गठन गरेको छ ।

गाउँपालिकामा हालसम्म कोरोना संक्रमित नदेखीएकोले लक डाउनलाई अझ कडा गर्ने बताउनु हुन्छ गाउँपालिका अध्यक्ष शालिकराम बञ्जरा जिल्लाको केपीलासगढीले भने सतर्कता कडाई साथै तयारीलाई तिब्रता दिएको छ । खोटेहाङ गाउँपालिकाले संक्रमितको उपचारका लागि ५० आइसोलेसन बेड सहितको स्वास्थ्य सुविधाको व्यवस्था गरेको छ । यता ऐसेलु खर्क गाउँपालिकाले पनि पालिका बासीलाई सुरक्षित राख्नको लागि आइसोलेसन बेड निमार्ण गरिसकीएको र अन्य स्वास्थ्य सामाग्री ल्याउने प्रकृया भइरहेको उपाध्यक्ष पुष्पकला भुजेलको भनाई छ । जिल्लाको साकेला गाउँपालिकाले कोरोना संक्रमण रोकथामका लागि सचेतनाका कार्यक्रमसँगै आवस्यक तयारी गरिरहेको गाउँपालिका अध्यक्ष अर्जुन कुमार खड्काले बताउनुभयो ।

रावाबेसी गाउँपालिकाले कोरोना संक्रमण फैलन नदिन पालिका शिल गरेको छ । गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाका अनुसार गाउँपालिकाले १० वेडको क्वारेन्टाइन र २० वेडको आइसालेसन निर्माण गरिरहेको छ । संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न अनेक उपाय भइरहेको गाउँपालिका अध्यक्ष निरौलाको भनाई छ । कोरोना नियन्त्रणका लागि आवस्यक तयारी थाल्न बजेटको अभाव लगायतका समस्या देखाउने स्थानीय तहहरुलाई खोटाङका पालिकाहरुले इच्छा भए उपाय हुन्छ भन्ने कुरालाई चरितार्थ गरिदिएका छन् । महामारी र संकटको समयमा पर्याप्ततामा भन्दा पनि अभावमै भए पनि नारिकको सेवामा जुट्नु जनप्रतिनिधिको कर्तब्य हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved