बैशाख २४,रुपन्देही । रुपन्देहीको भीम अस्पतालले अक्सिजन अभाव भएपछि बिरामी भर्ना गर्न नसक्ने बताएको छ । आज एक सूचना जारी गरेर अस्पताल प्रशासनले कोभिड १९ का बिरामीको अत्याधिक चाप भएकोले अक्सिजन नपुग्ने भन्दै बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको जनाएको हो ।
‘हालको विद्यमान कोभिड १९ को महामारीमा कोभिड १९ का बिरामीहरुको अत्याधिक चापका कारणले अक्सिजन सप्लाइले नपुग्ने भएकाले हाललाई भर्ना भएका बिरामीलाई अक्सिजन पुर्याउन नसक्ने अवस्था रहेको छ,’ अस्पतालले भनेको छ, ‘सम्पूर्ण महानुभावहरुमा सोही अनुसार व्यवस्थापन गर्नु हुन सूचित गरिन्छ ।’ अस्पतालले केही दिनदेखि नै अस्पतालकाे बेड भरिएर बाहिर प्रांगणमा राखेरसमेत सेवा दिइरहेकाे छ ।



















