निज बिद्यालय सञ्चालकहरु आन्दाेलित, माइतिघरमा प्रदर्शन

काठमाडौँ । विद्यालय शिक्षा विधेयकका केही प्रावधानहरूप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकका चार वटा संस्थाले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। निजी विद्यालयहरू क्रमशः गैरनाफामूलक बनाइने र विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्थामा सञ्चालकहरूले विमति जनाउँदै आएका छन् । प्याब्सन, नेसनल प्याब्सन, हिसान र अपेनले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकबाट उक्त दुई व्यवस्था हटाउन माग राख्दै बिहीबारदेखि […]

देश र संविधान जस्तै शिक्षा पनि समाजवाद उन्मुख हुनुपर्छ : संसाद राय

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले देश र संविधान जस्तै शिक्षा पनि समाजवाद उन्मुख हुनुपर्ने बताएका छन् । बिहीबार सिंहदरवारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले भने, ‘देश र संविधान समाजवाद उन्मुख हुनुपर्छ । शिक्षा पनि समाजवाद उन्मुखतिर जानुपर्ने हो ।’ ‘पुँजीवादी तिर, निजीतिर गएको देखिन्छ, पूर्ण छात्रवृत्ति, […]

पूरा गरेन शिक्षामन्त्रीले शिक्षककाे माग, ९ गत्तेबाट फेरि आन्लाेदन गर्ने

काठमाडौं । शिक्षा विधेयकको मस्यौदा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित हुन नपाउँदै किचलो शुरू भएको छ । निजी विद्यालयले भदौ ९ गते सोमबारबाट अनिश्चितकालीन निजी विद्यालय बन्द घोषणा गर्दैछन् । निजी विद्यालयको संस्था प्याब्सन र एन प्याब्सनले आज बुधबार पत्रकार सम्मेलन गरी बन्दलगायत कार्यक्रम घोषणा गर्दैछ । अभिभावक, प्याब्सन, हिसान, एनप्याब्सन, इस्टुलगायत, संघसंगठनको बैठकले […]

सरकार सकारात्मक तर शिक्षक महासंघले खलनायकी भूमिका खेल्यो, अब आन्दोलन हुन्छः अध्यक्ष विष्णु खत्री

काठमाडौं । आफ्ना मागहरुप्रति सरकार सकारात्मक भए पनि शिक्षक महासंघले खलनायकी भूमिका खेलेको विष्णु खत्री नेतृत्वको राहत शिक्षक राष्ट्रिय समितिले आरोप लगाएको छ । आईतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले आफूहरुलाई वेवास्ता गरी सरकारसँग सम्झौता गरे उसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु खत्रीले महासंघले […]

हिमाल कलेज अफ म्यानेजमेन्टमा दोस्रो चरणको छात्रवृत्ति परीक्षा आइतबारबाट सुरु

पोखरा । हिमाल कलेज अफ म्यानेजमेन्टले आगामी आइतबारदेखि दोस्रो चरणको छात्रवृत्ति परीक्षा सुरु गर्ने भएको छ। पहिलो चरणको छात्रवृत्ति परीक्षा सम्पन्न भइसकेको छ, जहाँ धेरै विद्यार्थीहरूले २० देखि १०० प्रतिशतसम्म छात्रवृत्ति प्राप्त गरिसकेका छन्। अब दोस्रो चरण अन्तर्गत हरेक दिन छात्रवृत्ति परीक्षा सञ्चालन गरिनेछ। उक्त छात्रवृत्तिमा सहभागी विद्यार्थीहरूले २०% देखि १००% सम्म छात्रवृत्ति प्राप्त गर्ने […]

चर्को शुल्क असुल्दै निजि स्कुल कलेजहरु, बाणिज्य विभागले थाल्याे अनुगमन

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएसँगै निजी विद्यालयहरू कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना प्रक्रियामा जुटेका छन्। निजी विद्यालयहरूले विदेशी पाठ्यक्रम र अन्तर्राष्ट्रिय शिक्षा उपलब्ध गराउने बहानामा चर्को शुल्क असुल्दै आएका छन्। निजी विद्यालयले मनोमानी रूपमा चर्को शुल्क असुल्न थालेको गुनासो आएपछि त्यस्तो हुन नदिन सरकार जागरुक बनेको छ। एकातिर निजी […]

एसईई २०८१ काे नतिजा सार्वजनिक

काठमाडौं। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४ जिपिए ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले शुक्रबार एसईईको नतिजा सार्वजनिक गर्दै उक्त जानकारी दिए। उनका अनुसार ३.२ देखि ३।६ जिपिए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना, २.४ जिपिए […]

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज सार्वजनिक गरिँदै

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार अहिले नतिजा तयारीको अन्तिम काम भइरहेको छ। उनले नतिजा सार्वजनिक गर्नका लागि आज परीक्षा बोर्डको बैठक बस्ने सम्भावना रहेको जानकारी दिए। “हामी नतिजाको अन्तिम तयारीमा छौं, तर प्रकाशित गर्ने निर्णय भने बोर्ड बैठकबाट […]

काष्ठमण्डप कलेज र KTM Minds को संयुक्त पहलमा ‘Beyond SEE: The Next Chapter 2025’ निःशुल्क उत्प्रेरणात्मक कार्यक्रम हुँदै

काठमाडौं।  एसईई (SEE) दिएपछि ‘अब के गर्ने?’ भन्ने यस्तै प्रश्नहरू धेरै विद्यार्थी र अभिभावकको मनमा घुमिरहेका हुन्छन्। शैक्षिक भविष्यबारे निर्णय लिँदा जानकारी, मार्गदर्शन र अवसरको खाँचो स्पष्ट देखिन्छ। यही आवश्यकता बुझ्दै, काष्ठमण्डप कलेज र KTM Minds को संयुक्त पहलमा ‘Beyond SEE: The Next Chapter 2025’ नामक एक विशेष निःशुल्क उत्प्रेरणात्मक कार्यक्रम असार २१ गते शनिबार […]

साउथवेष्टन र ग्रीन सिटी अस्पतालवीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । साउथवेष्टन स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी बसुन्धरा काठमाडौं र ग्रीन सिटी अस्पताल बसुन्धरा काठमाडौवीच मंगलबार आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ । एक समारोहकावीच भएको समझदारीपत्रमा कलेजकातर्फबाट क्याम्पस चिफ इन्जिनियर दीपकबहादुर धामी तथा अस्पतालकातर्फबाट अध्यक्ष लोकबहादुर टण्डनले हस्ताक्षर गरे । आपसी सहकार्य, छात्रबृति तथा अस्पतालमा उपलव्ध सेवाहरुमा छुट प्रदान गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको […]